देश–समाज समाचार स्थानीय स्वास्थ्य

दमक क्षेत्रका बालबालिकाको निःशुल्क उपचारका लागि कियोच बाल अस्पतालसँग सम्झौता

दमक । गरिव तथा विपन्न बालबालिकाहरुको स्वास्थ्य उपचारमा सघाउँ पुरयाँउन दमक नगरपालिकाले किओच दमक बाल अस्पतालबीच दुई पक्षीय सम्झौता भएको छ । दमकका १० वटै वडाका गरिब तथा विपन्न बालबालिकाहरुलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्न शुक्रवार त्यस सम्बन्धी दुईपक्षीय संझौता भएको प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीले बताए । उनका अनुसार त्यस कार्यक्रम सञ्चालनका लागि अस्पताललाई नगरपालिकाले रु २५ लाख उपलव्ध गराउने संझौता पत्रमा उल्लेख छ । दमक ७ स्थित रेडक्रस कप्लेक्समा मुटु रोग विशेषज्ञ डा. भगवान कोइरालाको अगुवाईमा किओच दमक बाल अस्पताल सञ्चालनमा छ ।
त्यस कार्यक्रमबाट दमकका गरिव तथा विपन्न परिवारका बालबालिकाहरुले निशुल्क स्वास्थ्य उपचार पाउने नगरपालिकाले जनाएको छ । संझौता २०८१ साउनदेखि शुरु भई २०८२ असार मसान्तसम्म लागू हुने छ ।
संझौता पत्रमा नगरपालिकाका तर्फबाट नगर प्रमुख रामकुमार थापा, उपप्रमुख रेगिना भटटराई, प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्की, स्वास्थ्य शाखा प्रमुख ब्रजेशकुमार मेहता र अस्पतालका तर्फबाट मेडिकल डाइरेक्टर डा. जयमणी श्रेष्ठ,सहायक प्रमुख प्रशासकीय अधिकृत सुनिल धिमालले हस्ताक्षार गरेका छन् ।

Author

You may also like