खेल

यू–१८ साफ च्याम्पियनसिपमा नेपाल आज भुटान खेल्दै

यू–१८ साफ च्याम्पियनसिप फुटबलको समूह चरणको खेलमा नेपाल आज भुटानसँग भिड्दैछ । डिफेन्डिङ च्याम्पियन नेपाल आज जसरी पनि भुटानलाई हराउने लक्ष्यका साथ मैदानमा उत्रदैछ । माल्दिभ्ससँग अंक बाँडेको नेपाल स्पष्ट जित निकाल्दै सेमिफाइनको यात्रा तय गर्ने तयारीमा छ ।

उद्घाटन खेलमा नेपालले माल्दिभ्ससँग एक–एक गोलको बराबरी खेल्दै अंक बाँडेको थियो । सन् २०१५ र ०१७ को च्याम्पियन नेपाल यस पटक पनि जित्दै उपाधिमा ह्याट्रिक गर्न चाहन्छ ।

You may also like