गायक शेखर लामाको सोल्मारी सार्वजनिक

गायक शेखर लामाको सोल्मारी गीतको भिडियो सार्वजनिक भएको छ । सोल्मारी र मैच्याङ्गसँगको सम्बन्धले ल्याएको गुरुङ युवा र तामाङ्ग युवतीको प्रेमकथामा आधारित यस म्युजिक भिडियोलाई नबिन बाबु गुरुङले निर्देशन र छायाँकन गरेका हुन् । जनक थोकरले लेखेको सोल्मारीलाई धन दोङ्ग तामाङ्गले संगीत गरेका हुन् भने बालकृष्ण स्वेचार्यको संगीत संयोजन रहेको छ।

आनन्द गुरुङ र हिस्सी साम्तेन लामाको अभिनय भिडियोमा रहेको छ ।नृत्य निर्देशन जस्मिन मगरले गरेकी छिन् । यसै गरि म्युजिक भिडियोलाई बिकाश धमलाले सम्पादन गरेका हुन् ।

Leave a Reply

Your email address will not be published.