काठमाडौँ, फिल्म ‘घामड शेरे’को ‘साली मन पर्यो’ बोलको गीत सार्वजनिक भएको छ । कालिप्रसाद बाँस्कोटाको शब्द, संगीत तया स्वर रहेको गीतमा अस्मिता अधिकारीको स्वर रहेको छ । गीतमा निश्चल बस्नेत र स्वस्तिमा खड्कालाई फिचरिङ गरिएको छ ।
हेमराज वीसीको निर्देशनमा रहेको फिल्म कात्तिकको ८ गतेबाट सार्वजनिक हुँदैछ । फिल्ममा सुष्मा निरौला, बादल भट्ट, लोकेन्द्र लेखकको साथमा अतिथी भूमिकामा नायिका गौरी मल्लको मुख्य भूमिका रहेको छ ।