दमक, १० पुस।
स्वरोजगार हलुका समूह दमकको अध्यक्षमा बालकृष्ण श्रेष्ठ चुनिएका छन् । शिवसताक्षीस्थित दोमुखामा आयोजित समूहको प्रथम परिषद भेलाले श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
सर्वसम्मत निर्वाचित समितिको उपाध्यक्षमा गौतमकुमार लामा, सचिवमा गान्धीप्रसाद भण्डारी, सहसचिवमा दिनेश भट्टराई, कोषाध्यक्षमा प्रेम कुमार श्रेष्ठ र सहकोषाध्यक्षमा कमल राई चुनिएका छन् । समूहको प्रवक्तामा गणेशप्रसाद गौतम चुनिए । यसैगरि, सदस्यहरुमा बिन्द्रकुमार श्रेष्ठ,नवराज श्रेष्ठ ,रमेश श्रेष्ठ ,अर्कलाल दाहाल (सुरज),सदस्य भिम पौडेल चुनिएका छन् ।
भेलाले समूहको लेखा समिति संयोजकमा डिल्लीप्रसाद अधिकारी र प्रकाश प्रसाई प्रमुख सल्लाहकार रहेको सल्लाहकार समिति समेत गठन गरिएको प्रवक्ता गौतमले बताएका छन् । आगामी बैठकले लेखा समितिका दुई सदस्य, दुर्घटना समिति गठन गर्नुका साथै सल्लाहकार समितिलाई पूर्णता दिईने निर्णय भएको उनले जानकारी दिए ।
नेपाल यातायात मजदुर संघ हलुका सवारी चालक दमकका संस्थापक समेत रहेका सामाजिक व्यक्तित्व प्रकाश प्रसाईको प्रमुख आतिथ्यतामा भएको भेलामा अग्रज हलुका सवारी व्यवसायी कमल थापा, पत्रकार विष्णु सुब्बा लगायतले स्वरोजगार समूहका निर्वाचित समितिलाई बधाई शुभकामना राखेका थिए ।
गत वर्ष श्रेष्ठकै अध्यक्षतामा समितको तदर्थ समिति गठन भएको थियो । संस्थामा १०५ जना व्यवसायीहरु आवद्ध छन् ।