लेख विचार/वहस

बहुधार्मिक पहिचान गुमाउँदै बङ्गलादेश

नोबेल पुरस्कारबाट सम्मानित कवि, विश्वगुरु रविन्द्रनाथ टैगोरको जन्म भूमि हालको बङ्गलादेशमा शुरु भएको सरकारको विरोधमा उेठेको उग्र आन्दोलनको राप र तापमा आज बङ्गलादेश जलिरहेको छ । बङ्गलादेशका सरकार प्रमुख प्रधानमन्त्री शेख हसिना वाजेदको निर्वाचित सरकार नै देशबाट अपदस्थ र निस्कासित भएपछि देशको शासन सञ्चालन गर्ने जिम्मेवारी बङ्गलादेशका सेना प्रमुखको काँधमा परेको छ । नागरिक सरकारको काम, कर्तव्य र अधिकार माथि सेनाको बूट र बन्दुकको रजाई स्थापित भए पछि लोकतन्त्रको मूल्य, मान्यता, परम्परा, रिति–थिति र सामाजिक सहिष्णुता तथा राष्ट्रिय एकता र सद्भाव कायम गराउने शाक्ति जनताका आवाज बन्न सकि रहेका छैनन् ।
“आमार–सोनार, बङ्गला” अर्थात ‘हाम्रो सुन जस्तो चम्किलो बङ्गला’ भनेर बङ्गलादेशको राष्ट्रिय गीतको पहिचान र महिमालाई गुणगान गर्ने कवि रविन्द्र नाथ टैगोरका आप्mनै देशका जनताहरुले गरेका अराजक गतिविधिहरुबाट अशान्त छ; आक्रान्त छ र आम जन–जीवन उद्भ्रान्त देखिएका छन् । एउटा सरकारको विरोधमा उठेको आन्दोलनका स्वरहरु आज बङ्गलादेशका अल्पसङ्ख्यक हिन्दु समुदाय माथि भारी पर्न थालेको छ । उग्रजातीय र धार्मिक उन्मादबाट ग्रस्त बङ्गलादेशी मुसलमानहरु आज त्यहीँका सनातनी हिन्दु धर्मावलम्बीहरुको लागि काल बन्न थालेका छन् ।
शेख हसिना वाजेदका सरकारलाई देश छाडेर विदेश पलायन गर्न उक्साउने र बाध्य पार्ने उन्मादी सडकका भीडहरुले बङ्गला–भूमिको सदियौँदेखिको धार्मिक सहिष्णुता र मेलमिलापलाई धुजा–धुजा पार्दै त्यहाँका हिन्दु समुदायलाई पनि देश छोड्न बाध्य पार्न थालेका छन् । बङ्गलादेशको सैनिक सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुस बङ्गलादेशका प्रसिद्ध अर्थशास्त्री र सहकारिता अभियानका कुशल सामाजिक नेतृत्वकर्ता भए पनि उनीहरुले अगुवाई गरेको सरकारले हिन्दुहरु माथि भई रहेको दमन आक्रमण र हिंसालाई रोक्न पूर्ण रुपमा असमर्थ भइरहेको देखिन्छ । संयुक्त राष्ट्र संघले पनि बङ्गलादेशमा हिन्दुहरु माथि भइरहेको जघन्य हिंसा रर अपराधलाई अविलम्ब रोक्न अनुरोध गरिरहेको छ । यही १५ अगस्तका दिन भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदीले बङ्गलादेश सरकारलाई अल्पसङ्ख्यक समुदायहरु माथि भइरहेको चौतर्फी प्रहारलाई रोक्न अनुरोध गरेका छन् । देशमा शान्ति वहालीको लागि अपिल गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बङ्गलादेशको वर्तमान अवस्था प्रति ठूलो चिन्ता जाहेर गरेका छन् । भारत देश भित्रै पनि भारतीय आम जनमानसमा बङ्गदेशी हिन्दुहरु प्रति भइरहेको आगजनी, हिसां र विध्वंशप्रति जनचासो बढ्न थालेको छ । बङ्गलादेशका अल्पसङ्ख्यक हिन्दु समुदायको सुरक्षाको लागि बङ्गलादेशका सरकारमाथि दबाब बनाउन भारत भित्रका कैयौं शहरहरुमा नागरिक ¥याली र जुलुसहरु पनि हुन थालेको देखिन्छ ।
बङ्गादेशमा शुरु भएको आन्दोलनको पछाडि कस्को हात होला भनेर अनेकौं किसिमको अड्कल बाजीहरु पनि भइरहेको छ । बङ्गलादेशका विपक्षी पार्टीहरुलाई नेतृत्व गर्दै ढाका विश्व विद्यालयका छात्राहरुले सरकारले लागू गरेको ‘आरक्षणलाई हटाउनु पर्दछ’ भनेर एक बुँदै माग सहित विरोध आन्दोलनमा परिणत हुँदै गएपछि आन्दोलन भित्र कट्टर इस्लामिक समूहहरुको घुसपैठ भएको अनुमान गर्न सकिन्छ । बङ्गलादेशलाई पनि पाकिस्तान, अफगानिस्तान र खाडी मुलुकहरुमा रहेको कट्टर इस्लामिक कानून जस्तै देशभित्र रहेका अन्य अल्पसङ्ख्यक जाति र धर्मका मानिसहरुको अस्तित्वसम्म बाँकी रहन न दिने गरी अन्ध राष्ट्रवादबाट उत्प्रेरित भई नरसंहार मच्चाउन खोज्दा यस्तो हविगत भोग्नु पर्दछ । बङ्गलादेशमा भएको तख्ता पलटको घटना श्रीलंकामा भएको सरकार विरोधी आन्दोलनको प्रतिरुप होइन, भन्ने कुराको पुष्टि गर्दछ । बङ्गलादेशमा हिन्दुहरुका ठूला ठूला विश्व प्रसिद्ध मन्दिरहरु जलाइएका छन् । मन्दिरमा रहेका देवी देवताहरुको प्रतिमालाई फुटाइएको छ । मन्दिरको सम्पत्ति लुटिएको छ । हिन्दुहरुका ठूला–ठूला व्यापारिक प्रतिष्ठानहरु जलाइएका छन्, दोकान, गोदाम र घरहरुको सम्पत्ति लुटिएको छ, जलाइएको छ, हिन्दु महिलाहरुको सामूहिक बलात्कार गरिएको छ । सरकार मौन छ । प्रशासन मौन छ, नगरिक समाज भौतारिएका छन्, हजारौ लाखौको सङ्ख्यामा बङ्गलादेशी हिन्दुहरु भारतीय सीमा क्षेत्र नजिक आएर भारतसँग शरण दिन माग गरिरहेका छन् । उनीहरुलाई खान, लाउन, बस्न, जिउ–धन र धर्मको सुरक्षा गर्न ठूलो आपत र सकस परेको छ । विश्व भरिका हिन्दु समुदाय मात्र होइन अन्य धार्मिक समुदायहरुले पनि बङ्गलादेशी हिन्दुहरु माथि भइरहेको हिंसाप्रति आक्रोश र निन्दा व्यक्त गरिरहेका छन् । बङ्गलादेश तख्ता पलटको एउटा अध्याय पूरा भइसकेको छ । तर इस्लामिक चरम पन्थीहरुको अर्को राजनीतिक वितण्डा छ । यस भारतीय महाद्वीप भित्र पैmलिँदो छ । त्यसप्रति सबै सचेत हुने बेला आइसकेको छ । बङ्गलादेशको अर्थतन्त्र ध्वस्त भइसकेको छ । राजनीतिक स्थिरताले डाँडो काटी सकेको अवस्था छ । बङ्गलादेशमा अब अर्को निर्वाचित सरकार कहिले आउछ भनेर कसैले पनि भन्न सकेका छैनन् । बङ्गलादेशको राजनीतिमा असंवेदनशील राजनीतिक प्राणीहरुको बोलबाला बढ्दै छ । लोकतन्त्र शान्ति, स्थिरता र विकासको मार्गचित्र हो भन्ने कुरा उनीहरुले बुभ्mदैनन् । आज बङ्गलादेशी रोहिंग्या शरणार्थीहरुले भारत र नेपाललाई आप्mनो गन्तब्य स्थानको रुपमा रोज्दै छ । हजारौ लाखौंको सङ्ख्यामा यिनीहरुले आप्mनो पहिचान छुपाउँदै विभिन्न बहानामा भारतका विभिन्न सीमाना नाकामा प्रहरी प्रशासनको पुरै सतर्कताका वावजुदपनि नेपाल रोहिंग्या शरणार्थीको स्वर्गभूमी बन्दैछ, बन्यो । त्यसरी नै भारतमा पनि बङ्गलादेशी रोहिंग्या शरणार्थीले भारतका कैयांैं क्षेत्रभित्र पनि आप्mनो जनसङ्ख्या पनि बढाइसकेका छन् । भारतका आसाम, त्रिपुरा, मणिपुर, पश्चिम बङ्गाल, बिहार आदि प्रदेशहरुमा बङ्गलादेशी रोहिंग्या शरणार्थीहरुले त्यहाँका स्थानीय समुदायहरुमा ठूलो–ठूलो साम्प्रदायिक दंगा पनि गर्ने गरेको खबरहरु सुनिन्छ । यस्तो अवस्थामा नेपालमा पनि जनसतर्कता जरुरी छ । सरकारले प्रहरी प्रशासनको सहयोगमा यस्ता अवाञ्छित गतिविधिहरु माथि नियमन र नियन्त्रण गर्नु जरुरी छ ।
नेपाल केही वर्ष अगाडि विश्वको एकमात्र हिन्दु राष्ट्रको रुपमा विश्व विख्यात थियो । २०७२ सालको संविधानले नेपाललाई धर्म–निरपेक्ष राष्ट्र भनी घोषणा ग¥यो । नेपालको धार्मिक र सामाजिक पहिचान आज धर्म–निरपेक्ष राष्ट्रको रुपमा रहेको छ । झण्डै नेपालकै हिन्दु जनसङ्ख्या जत्तिकै बङ्गलादेशमा सनातन हिन्दु धर्मावलम्बीहरुको संख्या करीब एक करोड पचास लाख जति छ । बङ्गलादेशको जनसङ्ख्यामा अल्पसङ्ख्यक हिन्दु धर्मावलम्बीहरुको जनसङ्ख्या सात प्रतिशत छ । तर सन १९७१ मा बङ्गलादेशको स्वतन्त्रता कालमा हिन्दुहरुको जनसङ्ख्या करीब २० प्रतिशत भन्दा बढि थियो । पाकिस्तान र बङ्गलादेशका हिन्दुहरु आज सुरक्षित छैनन् । अफगानिस्तानको बाभियान सहरमा इसापूर्व .तेस्रो शताब्दीमा बनेको बुद्धको विश्व प्रख्यात मूर्तिलाई त्यहाँको चरमपन्थीहरुले भत्काइदिएका थिए । बङ्गलादेशको ढाकामा विजया दशमी मनाइन्थ्यो । पाकिस्तानको सिन्ध र पञ्जाबमा होली र दिवाली मनाइन्थो । तर आज त्यहाँ सबै थोक हराइसकेको छ । भारतले हिजो अस्तिमात्र ‘भारत विभाजन विभिषिका दिवस’ मनाएको छ । भारतको स्वतन्त्रता दिवस कै सेरोफेरोमा भारत विभाजन विभिषिका दिवस मनाउनु पनि विभाजनको पीडालाई महसूस गर्नु र स्मरण गर्नु मात्र हो । भारतको विभाजनसँगै पाकिस्तान नामको स्वतन्त्र इस्लामिक राष्ट्र बन्यो । त्यहाँ रहेका हिन्दुहरु कालक्रमले विस्थापित हुँदै गए; धर्मान्तरित हुँदै गए । धर्मको आधारमा छुट्टिएको पाकिस्तान आज कंगाल छ । अफगानिस्तान कंगाल छ । बङ्गलादेशी मुसलमानहरु रोहिंग्या शरणार्थीको रुपमा हिन्दुहरुको लागि समस्या बन्दै छन् । बङ्गलादेश पनि शेख मुजीबुर रहमानको शासनकालमा नेपाल जस्तै धर्म निरपेक्ष राष्ट्र थियो । उनको परिवारसहित हत्या गरियो । इस्लामिक चरमपन्थी सैनिक शासनको शुरुवात हुन पुग्यो । आज बङ्गलादेशमा पनि उदारवादी राजनीतिक विचार धारा भएको नेतत्व वर्गमा आउनु जरुरी छ । बङ्गलादेश पाकिस्तानबाट धर्मको आधारमा होइन, भाषाको आधारमा छुट्टिएको देश हो । तर आज फेरि बङ्गलादेश धर्मान्धताको आगोमा जलिरहेको छ । लोकतन्त्रप्रति प्रतिबद्ध राष्ट्रहरुले लोकतन्त्रको शक्ति माथि पनि विश्वास राख्नु पर्दछ, आड भरोसा राख्नु पर्दछ, मानवीय, मूल्य र मान्यता माथि विश्वास नभएका राजनीतिक शक्तिहरुले देशलाई पतनको मार्गमा पु¥याउँछ । त्यसैले देशका नागरिकहरुले विवेक गुमाउनु हुँदैन र आप्mनो नागरिक कर्तव्य पनि बिर्सिनु हुँदैन भन्ने कुरामा जनचासो राख्नु जरुरी छ ।

Author

You may also like