मुख्य

देउसीको पैसाबाट सीसी क्यामेरा जडान

दमक, ११ फागुन। दमक ५ स्थित गोर्खाली टोल विकास संस्थाले तीहारमा देउसी खेलेर उठेको रकम सीसी क्यामेरा जडानमा खर्च गरेको छ ।

२०८० सालको देउसी भैलोबाट उठेको १ लाख ५ हजार रुपैयाँ बराबरको ५ वटा र सोही टोलमा रहेको अक्टोपस प्राविधिक सेनटरबाट सौजन्य सहित ६ वटा सीसी क्यामेरा जडान गरिएको संस्थाको अध्यक्ष देउमान साम्राले जानकारी दिए ।

गोर्खाली मार्गमा क्यामेरा जडान गरिएको र थप क्यामरा आवश्यक परेकोले दमक नगरपालिकासँग समेत सहयोग मागिएको समितिका सचिव युवराज तिवारीले बताए । संस्थाले देउसी भैलो खेलेर उठाएको पैसा मनोरञ्जन गरेर खर्चिनु भन्दा सामाजिक कार्यमा खर्च गरेर उदाहरणीय कार्य गर्ने प्रयास गरिएको संस्थाका उपाध्यक्ष मोहन बेघाले जानकारी दिए ।

Author

You may also like