दमक, ८ असोज –
भारतको असमस्थित लेखिका समाज गुवाहाटी र नवनासो साहित्य प्रतिष्ठान झापाको मैत्रीपूणर् बैठकबाट नेपाली र आसामी कविका कविता प्रकाशनको निणर्य भएको छ ।
नवनासोका अध्यक्ष दिलीप घिमिरेको अगुवाईमा गजलकार विवश बलिभद्र कोइराला सहितको टोली शनिबार गुवाहाटी पुगेको थियो ।
दुई संस्थाबीचको छलफलमा दुवैतर्फका कविताहरुको संयुक्त सङ्ग्रह एकै पुस्तकमा दुई भाषामा प्रकाशित गर्ने निणर्य भएको बैठकमा सहभागि विवश बलिभद्र कोइरालाले जनाए । लेखिका समाजकी अध्यक्ष स्मिती पदुमी गोगाई र नवनासोका अध्यक्ष घिमिरेबीच सम्झौता भएको छ ।
यसैबीच, दमकका गजलकार लोकेन्द्र बञ्जाराले भारतकै गुजरातमा मनका लहर साहित्य मञ्चले आयोजना गरेको ‘गुजरात महफिल’मा आइतबार आफ्नो प्रभावकारी गजल प्रस्तुत गरेका थिए ।