कला/साहित्य/संस्कृति मुख्य

लिम्बू साँस्कृतिक परिषदमा नयाँ समिति

दमक, २३ माघ। किरात याक्थुङ चुम्लुङ अन्तर्गतको लिम्बू साँस्कृतिक परिषद झापाको बिर्तामोडमा सम्पन्न प्रथम जिल्ला अधिवेशनले शर्ण लोवाको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति चयन गरेको छ ।

सर्वसम्मत निर्वाचित समितिको उपाध्यक्षमा गंगादेवी कन्दङ्वा ,सचिवमा चन्द्र सम्बाहाङ्फे, सहसचिवमा रिपना लिम्बू र कोषाध्यक्षमा चन्द्रकला साँवा चुनिएका छन् । समितिको सदस्यहरुमा दुर्गादेवी इङनाम, संगीत आङ्खेवा, सुरेश काङ्बा, मीना नेम्बाङ, आकाश लावती, रामकुमार सम्बाहाङ्फे, दुरेश योङ्हाङ, अमृत मादेन, रिया कन्दङ्वा, अप्सरा बोखिम, बालकुमारी लक्सम, चोलुङ्हाङ केदेम, दिलमाया पन्धाक, पारस साँवा, धनराज यक्सो चुनिएका छन् । अधिवेशनको बन्दसत्रले खेलराज योङ्हाङ, चन्द्र थेबे, बबिता फोम्बो, देशकुमारी पन्धाक र लिम्बू सास्कृतिक परिषदका संघीय सदस्य बबिन आङदेम्बे रहेको एक सल्लाहकार समिति समेत गठन गरिएको नवनिर्वाचित सदस्य मीना नेम्बाङले जानकारी दिइन् ।

परिषदका केन्द्रीय अध्यक्ष सागर केरुङको अध्यक्षतामा भएको अधिवेशनमा चुम्लुङ झापाका अधयक्ष शेसेहाङ फियाक लगायतका चुम्लुङका अगुवाहरु, कलाकर्मीहरुको उपस्थिति रहेको थियो ।

Author

You may also like