मामिला अर्काको । आफू भौतिकवादी । तथापि, भारतले पछिल्ला दिनमा जे–जति प्रगति गरेको छ, सम्मान जाहेर गर्ने मन छ । राम मन्दिर बनाएसँगै भारतले अयोध्यामा धार्मिक पर्यटनको गतिलो प्रर्वधन गरेको छ । धार्मिक पर्यटन प्रवद्र्धनको यो कार्यारम्भले आफ्ना नागरिकलाई स्थानीय स्तरमै रोजगारी र स्थानीय उत्पादनको बिक्री–वितरणसँगै प्रशस्तै आम्दानीको स्रोत जगेडा गरेको छ । स्वदेशी उत्पादनका रूपम अन्नपातदेखि मूर्तिस्वरुप प्रतिस्थापित भगवानलाई चढाउने फूलसम्म बजारमा चर्को मागसहित ह्वात्तै आउने छ । विदेशी रकम साटिएर घरघरमै आउने छ । आन्तरिक मामिलामा भाजपाको नेतृत्व सफल हुँदै गएको छ । राम मन्दिरसँगै अयोध्याले महर्षि वाल्मीकि अन्तर्राष्ट्रिय विमानस्थल पाएको छ । स्थानीय जनअपेक्षा र भावनासँग विकास र राजनीतिलाई जोड्न भाजपाको रणनीतिक कार्यकौशलता सफल भएको छ ।
एमाले अध्यक्ष श्रद्धेय केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला राम जन्मभूमि र जन्मस्थानको उत्खनन सँगसँगै यसलाई पर्यटन प्रवद्र्धनको योजना सहित अग्रसरता लिँदा उधुम विरोध गरियो । विडम्बना ! भारतले गर्न सक्दो रहेछ, गर्दा अब हामी सबै ट्वाँ परियो । धार्मिक आस्था मात्र होइन, पर्यटन प्रवद्र्धनको गर्विलो र गतिलो आधार हो । हाम्रो हकमा यसतर्फ प्रशस्तै ध्यान दिन ढिला भइसकेको छ । अब मर्यादा पुरुषोत्तम रामको ससुराली तीर्थाटन रहेको जनकपुरलाई परस्पर स्थापित जनमैत्रीय सम्बन्धका आधारमा यहिं उचाइँका साथ प्रवद्र्धन गर्न सकियो भने यो पर्यटन प्रवद्र्धनको अभियानमा स्वघोषित साझेदारी हुनेछ । यसबाट प्रशस्तै लाभ लिन सकिने छ ।