धरान उपमहानगरपालिका प्रमुख र उपप्रमुखको छलफल चलिरहेको थियो । दुबैले दाबी गरिरहेका थिए ‘म ठूलो’ । त्यो दृष्य हेरेपछि मलाई भन्न मन लाग्यो साँच्चिनै ‘म ठूलो’ ठूलो हुँदोरहेछ । राम्रो हुँदोरहेछ । ओजश्वी हुँदोरहेछ । क्रान्तिकारी हुँदोरहेछ । परिवर्तनकारी हुँदोरहेछ । विकासशील हुँदोरहेछ । राप र तापले भरिएको हुँदोरहेछ ।
पढ्दा नै ‘राम्रो म’ भनेर पढेपछि कसले भन्छ त ‘राम्रो तँ’ ? त्यसैले पनि हामी अर्कालाई राम्रो भन्न मान्दैनौं । हामीलाई ‘नार्सिजम’ मन पर्छ, अर्थात नार्सिसस हुन मन पर्छ । त्यो नार्सिसस एउटा ग्रीसेली पूराणको पौराणिक पात्र हो, जो आपैmलाई अति सुन्दर देख्थ्यो । त्यो आप्mनो सुन्दरता हेरेर कहिल्यै अघाउँदैनथ्यो । त्यो आप्mनो सुन्दरता इनारमा गएर त्यहाँको पानीमा हेथ्र्यो आप्mनै बिम्ब । त्यसरी हेर्दा हेर्दा उसलाई त्यो इनार छोड्न मन लागेन । भात पानी, निन्द्रा सबै बिर्षियो । अन्ंत्यमा अति नै कमजोर भयो र त्यही इनारमा झरेर मर्यो ।
अर्थात,् ऊ एउटा ‘मपाईवादी’ पात्र थियो । आपैmंलाई घोषणा गरेर ‘म राम्रो’ भन्थ्यो । म अरुभन्दा राम्रो छु भनेको म ठूलो हुँ भनेकै त हो नि ! अर्थात् ऊ एउटा प्रतिनिधि पात्र थियो यो दुनियाँको । हजारौं हजार बर्षपछि पनि ऊ अमर छ । ऊ अजेय छ । ऊ जीवन्त छ ।
अनि यता आपैंmतिर फर्किन्छु । आप्mनै परिवेशतिर फर्किन्छु । आपैmलाई हेर्छु । आप्mनै दुनियाँका आयामहरु हेर्छु । अनि देख्छु नार्सिससहरु सडक सडकमा । एक खाले निर्सिससहरु कराइ रहेछन्, राजनीतिको पाठशालामा मेरोभन्दा सुन्दर र अब्बल चिन्तन अरुकोमा कहाँ छ ? लोकतन्त्रमा मेरोभन्दा सुन्दर बाटो र आदर्श अरुको कहाँ छ र ? नेपाली कांग्रेसभन्दा अब्बल विचार र सिद्धान्त भएको अरु कुनै दल छ ? यो दल भनेको लोकतन्त्रको मसिहा हो । सबैखाले निरंकुशवादीहरुलाई लोकतन्त्रको फ्र्ेमवर्कमा ल्याउने हामी हौं । लोकतन्त्रका लागि लड्ने र नेतृत्व गर्ने हामी कांग्रेस नै हौं । लाग्छ, यी भन्दा ठूला नार्सिसस कोही छैनन् । तीन दशक यिनले राज्य सञ्चालन गर्दा युवाहरुलाई यति निरास बनाए कि तिनले यो देशमा आप्mनो कुनै भविष्य देख्न छाडे ।
अर्का खाले नार्सिससहरु चिच्याइरहेछन् — समाजको व्याख्या गर्ने दुई सय वर्ष अगाडिको नि सही, हामीले अंगालेको विचार अरुको जस्तो कहाँ छ र ? हाम्रो विचार र आदर्शलाई अरुसँग तुलना गर्न मिल्दैन नि त । यो उत्कृष्ट व्याख्या हो समाजको, वर्गको, श्रमको, पूँजिको । माक्र्सले भन्नुभएको समाजको चरित्रको जीवन्त व्याख्या भएकोले गर्दा आज समाजको चरित्र बुभ्mन सजिलो भएको छ । त्यो जनवादको राप र तापमा मान्छेका टाउका काटेर समाजको उन्नती गर्ने लामो इतिहास बोकेका हामी कम्युनिष्टहरु यो देशको अग्रगमनका सारथीहरु हौं । देशको हर आन्दोलन र क्रान्तिमा हाम्रो सबैभन्दा ठूलो योगदान छ । बहुदलीय जनवादले यो देशमा संबृद्धि ल्याउने कुरामा कुनै बिमति छैन । यो यात्रामा यहाँहरुले एमालेको साथ र भरोसा खोजिरहनु भएको छ ।
लाग्छ, यी भन्दा ठूला नार्सिससहरु यो दुनियाँमा कोही पनि छैनन् । यिनको वर्ग विश्लेषण त ‘एक्सपायर’ भयो भयो, यिनको समाज पनि आउटडेटेड भइसक्यो । समाजका अनेकौं आयामहरु आइसके, तर यी त्यो एउटै आयामलाई समातेर रमाइरहेका छन् । यिनको समाज विश्लेषणले देशलाई परनिरर्भर मात्रै बनाएन, युवाहरुलाई देश छोड्न बाध्य पनि पा¥यो । यिनले पढेको बेदले सिर्पm समाजलाई बिभाजन गर्न सिकायो, समाजलाई एकीकृत गर्न सिकाएन । समाज ध्वस्त पार्नेहरुका मुस्कान देख्दा यी सबैभन्दा ठूला नार्सिसस सावित हुन्छन् ।
अर्का खाले नार्सिससहरु देश बदल्न, देशको विकास गर्ने, युवालाई रोजगारी दिने, औद्योगिकीकरण गर्ने भन्छन् । व्यवस्था भन्दा पनि अवस्था बदल्ने भन्छन् । अनि मुस्कुराउँछन् । रमाउँछन् तिनका प्mयानहरु देखेर । तिनका सामाजिक सञ्जाल देखेर । तिनका लाइक, कमेन्ट, सेयर र सब्स्क्राइबहरु देखेर । आज क्यान्सर लागेको छ, चौरासी साल आवस मात्रै भनिरहन्छन् । बिरामी नै म¥यो भने कसलाई उपचार गर्ने होला ? लाग्छ, ती पनि हमिलिन सहरको पाइडपाइपर हुन् । उसले पाइप (मसक बाजा) बजाउन थालेपछि सबै मुसाहरु उसको पछि कुदेर आउँथे । पातालमा भएका मुसा पनि कुदेर आउँथे । टाढा टाढाका मुसा पनि त्यहाँ आइपुग्थे । मुसाको जुलुश हुन्थ्यो हयामिलिन सहरमा । अनि ऊ जता गयो सबै मुसाहरु उतै जान्थे ।
आज म यिनीहरुलाई तिनै पाइपर देखिरहेको छु । अनि तिनका पछाडिको जमात । रवि लामिछानेलाई त्यो बिम्बमा हेरिरहेको छु । किनभने हिजो कांग्रेसका गगन थापाहरु पनि त्यस्तै पाइपर थिए । मदन भण्डारी पनि त्यस्तै पाइपर थिए । अहिलेका प्रधानमन्त्री त झन चार दशकदेखि निरन्तर पाइपरको भूमिकामा छन् । गरिवका छोराछोरीलाई हातमा बन्दुक थमाएर हिडाउन सक्ने यी ह्यामिलिनका पाइपरभन्दा नि अब्बल हुन् । चार दशकदेखि कमाण्डरको भूमिकामा छन्, दलभित्र पनि र तीन दशकदेखि यो मुलुकका दलहरु र नेतालाई पछिपछि हिंडाइराखेका छन् । उनको बिकल्प कसैले खोज्दैन । न दलले, न सरकार निर्माणले, न देशले, न बिदेशले । त्यही भएर उनी अरुलाई फुच्चे देख्छन्, गिरिजा र देउवाबाहेक । गिरिजाले कागलाई दरबारको कौसीमा राखिदिएर गरुढ बनाइदिए । देउवाले रेसमा तेस्रो भएकोलाई बिजेता घोषित गरिदिए । त्यही भएर उनी बारबार नार्सिसस बन्छन् र भन्छन्, ‘यो मैले ल्याएको महान परिवर्तन धरापमा पर्दै छ । तर त्यसो हुन दिन्न ।’ यिनको मपाई ठूलै छ । मधेस आन्दोलनमा ७६ जनाले ज्यान गुमाए । तर केही पाएनन् । दश लाख पाए होला, सहिद नाम रह्यो होला । तर मधेस त अहिले नि उस्तै छ । तर राजा ज्ञानेन्द्रले १९ जना मान्छे मर्दा देशको पहिचान नै मेटाउनेहरुलाई देश जिम्मा लगाए ।
यो देशमा आज यिनै पाइपरको तीन दशक लामो हालीमुहाली भएको कारणले यो देश रित्तिदै छ । अनि नागरिकता विधेयकहरु ल्याएर भर्दैछन् ती खाडलहरु । बिचौलियाको निर्णयमा चल्ने देशमा कुनै युवाले आप्mनो भविष्य यहाँ देखेनन् । विश्वविद्यालयहरु किन खाली हुँदैछन् ? कारण यिनी पाइपरहरु हुन् । यिनै नार्सिससहरु हुन् । अहिले पनि यी ‘केही बिग्रेको छैन’ भनिरहेका छन् लाज पचाएर । तर देश डीभी लगाएर हिंडदैछ । यिनै पाइपरहरुका कारणले ।
अनि धरानका नगर प्रमुख र उपप्रमुखलाई किन गाली गर्नु ? नार्सिससहरुले यो देश चलाएको साढे तीन दशक भयो । यिनले बाटा र पुल बनाउनबाहेक केही बनाएनन् । किनभने त्यसमा कमिसन आउँछ । ठेक्का लाउने नि तिनै । ठेक्का पार्ने नि तिनै । काम गर्ने नि तिनै । जेसीबी र ट्रिपर किन्ने नि तिनै । कामको बिल पेश गर्ने नि तिनै । बिल पास गर्ने नि तिनै । भुक्तानी लिने नि तिनै ।
यसरी देशको संबृद्धि हुन्छ र गर्छौं भनेर कराउने नार्सिससहरुले ‘म सानो छु’ भन्छन् त ?