मानिस या पशुप्राणीको शरीरले कुनै विशेष प्रकारको बाहिरी तत्वलाई सहन गर्न नसक्नु एलर्जी हो । अर्थात ती विशेष प्रकारका तत्वप्रति शरीरले प्रतिक्रिया (हाइपर सेन्सिटिभिटी) देखाउनु हो । उदाहरणका लागि धुलो या धुँवा अथवा चिसो अनि कुनै वासना या गन्ध अथवा खानाको सम्पर्कमा आउँदा तुरुन्तै रुघामर्की लाग्नु, नाकबाट पानी बग्नु, धेरै पटक हाच्छिउँ आउनु, नाक बन्द हुनु, आँखा राता हुनु, आँशु धेरै बग्नु आदि । यसरी नै छाला चिलाउने, शरीरमा डाबर आउने, अचानक एकोहोरो खोकी लाग्ने, दम फुलेजस्तो हुने, केही कुरा खाने वितिक्कै पखाला लाग्ने या वान्ता हुने जस्ता लक्षणहरु एलर्जी हुन् । यस्ता लक्षण भएका समस्याहरु कसैलाई खानेकुराबाट त कसैलाई कुनै कुराको सम्पर्कबाट, ढुँडी, ढुसी, पुराना थन्काएर राखेका कपडा, कागजात, गन्ध, चिसो, चकलेट, दूध या यसका परिकार, जनावरका भुत्ला, राग, मौसममा आएको अचानक परिवर्तन, घाम या ठाउँ फेरिने वितिक्कै देखा पर्न सक्छ ।

आखिर एलर्जी के हो र किन कसै कसैलाई मात्र आउछ ? आजसम्मको अध्ययन र अनुसन्धानले एलर्जी के कारणबाट हुन्छ र यसको उपचार के भन्ने कुरा पूर्णरुपमा पत्ता लाग्न सकेको छैन् । मात्र के कुराको एलर्जी हो सोबाट बच्न सुझाव दिइने र केही रोकथामका औषधी दिइने गरिन्छ । जसका कारण बिरामीलाई केही राहत हुनेगर्छ । हाम्रो शरीरमा उत्पन्न हुने ‘हिस्टामिन’ नामक तत्वका कारण एलर्जी हुने कुरा पत्ता लागेको छ र एण्टी एलर्जी औषधीले यसैलाई नियन्त्रणमा राख्छ । आजको आधुनिक एक्काइसौ शताव्दीमा मानिसहरु धेरै व्यस्त छन् । आप्mनो शरीरको ख्याल गर्न र बाहिरी वातावरणसँग बच्न सक्ने अवस्था छैन । धेरैलाई जीवन निर्वाह गर्न निक्कै असहज छ र धेरै संघर्ष पनि गरिरहनु परेको छ । यति गर्दा पनि विश्वको आधा जनसख्याले हुँदामात्र खान पाउने अवस्था छ । भोकमरीको यो भयावह अवस्थामा मानिसले यो र त्यो भनेर जोगिन सक्ने छुट पनि छैन । जहा जे भेट्यो त्यही खाने र लगाउने अनि ठाउँ र मौसमको प्रतिकलतालाई पनि मिच्नु पर्ने अवस्था छ । यसका साथसाथै केही मानिसहरु भने धेरै खाएर र अनावश्यक सोखका कारण अनेक प्रकारका एलर्जीबाट ग्रसित रहँदै आएका छन् । र, यो क्रम तीब्र रुपमा वढेका कारण एलर्जी सम्बन्धी समस्या लिएर चिकित्सक कहाँ धाउनेको संख्या पनि वढेको पाइन्छ ।

कारण :

हाम्रो शरीर प्रकृतिको सबै भन्दा ठूलो उपहार हो । प्रकृतिले हामी स्वयंलाई हरेकखाले रोग र असहज अवस्थाबाट बच्न शरीरमै विभिन्न रोग प्रतिरोधात्मक क्षमताको विकास गरिदिएको छ । शरीरलाई बाहिरी या भित्री विभिन्न रोगहरुबाट बचाउने शक्ति शरीरले आफैं उत्पादन गर्दछ । यो शक्तिलाई इम्युनिटी भनिन्छ । शरीरमा इम्युनिटि विभिन्न रोग र बाहिरी प्रभावबाट बचाउन विभिन्न रुपमा विकास भएको हुन्छ । यो मध्येको एउटा हो इम्युनोग्लोविन । इम्युनोग्लोविन विभिन्न प्रकारका हुन्छन् । जस्तै आइजी ए, आइजी इ, आइजी एम आदी । जब शरीरमा कुनै प्रकारको बाहिरी तत्वले लगातार प्रभाव या असर देखाउन थाल्छ, माथी भनिएका मध्ये कुनै एक प्रकारको इम्युनोग्लोविन वढ्न सक्छ त्यो तत्वको प्रभावलाई कम गर्न । तर शरीर आफैं सक्षम हुँदैन । जसका कारण शरीरले विभिन्न लक्षणहरु देखाउन थाल्छ । यो भनेको शरीरले सहयोग माग्नु हो गुहार, मलाई बचाउ भनेको हो । जस्तै लगातार धेरै पटक हाच्छिउँ आउनु, नाकबाट पातलो पानी बग्नु, अचानक एकोहोरो खोकी लाग्नु, केही खानेवितिक्कै पखाला लाग्नु, असैह्य पेट दुख्नु, जिउ चिलाउनु, डावर आउनु, खोकी लाग्नु दम फुल्नु आदि लक्षणहरु शरीरका प्रतिकृया हुन् ।

किन शरीर आफै यस्ता एलर्जी उत्पादन गर्ने तत्वलाई नियन्त्रण गर्न सक्तैन त ? कारण हो, हाम्रो शरीरले विभिन्न यस्ता रोगलाई प्रवेश गर्नबाट रोक्ने क्षमता गुमाउदै जानु । हामीले प्राकृतिक नियमको विपरीत जीवनशैली अपनाउनु, अप्राकृतिक खानेकुरा खानु, हामीले सेवन गर्ने सागसब्जी र अन्नबालीमा विभिन्न प्रकारका खाद र विषादीको प्रयोग गरिनु, विभिन्न प्रकारका बजारमा बनेका फास्टफुड खानामा ध्यान दिनु, योग अभ्यासको या शारीरिक व्यायामको कमी, दिनभर कुर्सीमा बसेर चिया या अन्य पेय पदार्थको सेवन, शरीरलाई आवश्यक भिटामिन र खनिज तत्वको कमी, निद्राको कमी, अनावश्यक चिन्ता, जीवनशैलीमा आएको परिवर्तन, धेरै मात्रामा अनावश्यक औषधीको सेवन वा गलत औषधीको प्रयोग आदि मुख्य कारण हुन् । यस्ता विभिन्न कारणबाट शरीरले आफै उत्पादन गर्ने रोग प्रतिरोधात्मक शक्तिको कमी भएमा माथी भनिएका विभिन्नखाले तत्व शरीरमा रोगको रुपमा देखा पर्छन । र, यस्ता एलर्जी उत्पन्न गर्ने तत्वको प्रयोगशालामा परीक्षण पनि हुने गरेको छ ।

उपचार :

आजको दिनसम्म आइपुग्दा विश्वमा विभिन्न औषधी र उपचार प्रणालीको विकास भएको छ । एलर्जी जस्ता शरीरको रोग प्रतिरोधात्मक क्षमता कम भएर शरीरमा रहिरहने रोगका लागि धेरै महंगा टेष्टहरु हुने गरेका छन् । कति त गलत र कडा औषधीका कारण अन्य रोग निम्त्याएको भेटिन्छ । तर पनि पूर्ण उपचार हुन नसकेका धेरै उदाहरणहरु देख्न पाइन्छ । रोगीले पहिला त आफनो जीवनशैलीमा परिवर्वन ल्याउनु अत्यन्तै जरुरी छ । अप्राकृतिक रुपमा खाने या प्रयोग गरिएका सामानबाट पनि एलर्जी भएको हुनसक्छ । दैनिक प्रयोगमा ल्याइने परप्mयुम, बडी लोसन, साबुन, सनस्क्रिन या कपडाबाट पनि एलर्जी भएको हुनसक्छ । पहिला त के कारणबाट भएको हो आफुले पत्ता लगाउने । शरीरको सामान्य जाँच गराउने । अन्य कुनै रोग भए उपचार गराउने । अनावश्यक औषधीको सेवन नगर्ने । शरीरलाई सोखी र भोगी नबनाउने । थोरै खाने, स्वस्थ खाने तर पानी धेरै पिउँने । कम्तिमा ६ घण्टा राम्रोसँग निधाउँने । आजको दिनसम्म आईपुग्दा पनि कुनै पनि चिकित्सा प्रणाली पूर्ण रुपमा सफल भएको छैन ।

होमियोप्याथिक या आयुर्वेदिक चिकित्सा पद्धतीमा शरीरमा रोग प्रतिरोधात्मक क्षमता वढाउने औषधीहरु हुन्छन् । त्यसमा पनि होमियोप्याथिक औषधीले त रोगी व्यक्तिलाई रोग प्रतिरोधात्मक क्षमता वढाउने सँगै रोग जरैदेखि निको पार्ने क्षमता पनि राख्छ । त्यसैले विरामी वर्गले समयमा नै सचेत भएर आफुलाई भएको समस्या बारे राम्रो जानकारी र उपचार लिन र सधंै सचेत रहन आवश्यक छ । आजका दिनसम्ममा धेरै मानिसलाई सताएको एलर्जीमा, छिनछिनमा नै रुघा मर्की लाग्नु, हाच्छिउँ आउनु, सुख्खा खोकी लाग्नु अनि शरीरमा डाबर आउनु र चिलाउनु, दम जस्तो देखा पर्नु आदि । यस्ता रोगबाट धेरै मानिसहरु पीडित भए पनि विरामीले सही उपचार पद्धती नपाउँदा र सही सल्लाह नपाउँदा रोग सहेर बस्न वाध्य छन् । त्यसैले विरामी आफैंले पनि पत्रपत्रिका पढ्ने, अन्य चिकित्सा प्रणालीका चिकित्सकसँग पनि सरसल्लाह लिनु उचित हुन्छ । आजकल त धेरै विरामीहरु गुगल या युट्यूबको अध्ययनबाट सही उपचार पद्धती छान्न थालेका छन् । त्यसैले यसको पनि उपयोग गर्नुपर्छ । केही होमियोप्याथिक औषधीहरु जस्तै सोरिनम, थुजा, कल्केरिया कार्व, पल्सेटिला, नेट्रमम्यूर, हिपरसल्फर, सल्फर आदि । माथिका मध्ये या अरु कुनै पनि औषधी चिकित्सकको सल्लाहमा मात्र लिनुपर्छ ।

(डा. नेउपाने रीता होमियो क्लिनिक दमकका संचालक हुन्)

Author

You may also like