खेल

राष्ट्रपति रनिङशिल्डको तेक्वान्दोमा छनोट

दमक, १० माघ। राष्ट्रपति रनिङ शिल्ड अन्तर्गत दमक नगरपालिकाले सञ्चालन गरेको विभिन्न खेलमध्ये तेक्वान्दो प्रतियोगितामा विभिन्न तौलतर्फ खेलाडीहरु बिजेता भएका छन् । दमक नगरपालिका शिक्षा तथा खेलकुद शाखा कार्यालयले हरिओम कोलनीस्थित सर्वोदय अंग्रेजी विद्यालयमा आयोजना गरेको प्रतियोगितामा १२ जना खेलाडीहरु बिजेता भएका हुन् । बिजेता खेलाडीहरुले झापा जिल्लास्तरीय तेक्वान्दो प्रतियोगितामा सहभागिताका लागि छनौट भएका हुन् ।
नेपाल सगरमाथा तेक्वान्दो दोजाङका अध्यक्ष जितबहादुर
(जीतु) धिमालका अनुसार प्रतियोगितामा महिलातर्फ ६ र पुरुषतर्फ ६ गरी १२ जना खेलाडीहरु छनौट भएका छन् । उनीहरुले आगामी फागुनमा सम्पन्न हुने जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड अन्तर्गत तेक्वान्दो प्रतियोगितामा सहभागि हुने अवसर पाउने भएका अध्यक्ष धिमालले जानकारी दिए । छनौट भएका खेलाडीहरुमा महिलातर्फ ४२ केजीमा देन्सु योगी (सर्वोदय अंग्रेजी स्कुल) प्रथम, रेसु धिमाल (हिमालय माध्यमिक विद्यालय) द्वितीय र दीप्सा पौडेल (हिमज्योती अंग्रेजी स्कुल) तृतीय भएकी छन् ।
महिलाहरुको ४४ केजीतर्फ सुप्रिया नेम्बाङ (हिमालय माध्यमिक विद्यालय) प्रथम र गरिमा बस्नेत (सर्वोदय अंग्रेजी विद्यालय) द्वितीय भएका छन् । ४६ केजीतर्फ निकिता तामाङ (हिमालय माध्यमिक विद्यालय) प्रथम, लाजेमा लिम्बू (एकता एकाडेमी स्कुल) द्वितीय र युजिना पोख्रेल (हिमज्योती स्कुल) तृतीय भएका छन् । ४९ केजीतर्फ प्रतिमा बम्जन तामाङ (सर्वोदय अंग्रेजी स्कुल) प्रथम र रैना विक (एकता बोडिङ स्कुल) द्वितीय भएका छन् । महिलाहरुकै ५२ केजीतर्फ प्रकृती राई (सर्वोदय अंग्रेजी विद्यालय) प्रथम, सुमिना धिमाल (एकता एकाडेमी) द्वितीय र दीक्षा तिवारी (हिमज्योती स्कुल) तृतीय बन्न सफल भएकी छन् । यता, पुरुषतर्फ ४५ केजीतर्फ प्रिन्स भुजेल (सर्वोदय अंग्रेजी व्रिद्यालय) प्रथम, प्रनिष तामाङ (पर्ल एकाडेमी) द्वितीय र प्रिन्स राई (एकता एकाडेमी) तृतीय भएका छन् । ४८ केजीतर्फ इसाई राई (सर्वोदय अंग्रेजी स्कुल) प्रथम, प्रिन्स विक (अक्सफोर्ड अंग्रेजी स्कुल) द्वितीय र अंकित भट्टराई (हिमालय माध्यमिक विद्यालय) तृतीय बन्न सफल भएका छन् ।
त्यसैगरी, ५१ केजी पुरुषतर्फ सुप्रिम राई (सर्वोदय अंग्रेजी स्कुल) प्रथम, इन्दिप धिमाल (हिमालय माध्यमिक विद्यालय) द्वितीय , अर्पित धिमाल (हिमज्योती स्कुल) तृतीय र सुलभ श्रेष्ठ (हिमज्योती स्कुल) तृतीय भएका छन् । ५५ केजीतर्फ आयुस धिमाल (हिमालय माध्यमिक विद्यालय) प्रथम, राहुल धिमाल (पर्ल एकाडेमी) द्वितीय र आदेश गौतम (अक्सफोर्ड एकाडेमी) तृतीय भएका छन् । ५९ केजीतर्फ पुरुष खेलाडीमा रोहित गुरागाई स्वतः बिजेता बनेका छन् ।
प्रतियोगितामा पुम्से (काँता) तर्फ पुरुषहरुमा युनिक कार्की (हिमालय माध्यमिक विद्यालय) प्रथम र अंकित विक (एकता एकाडेमी) द्वितीय भएका छन् । त्यसैगरी, महिलाहरुतर्फ पुम्सेमा इक्सा मादेन लिम्बू (सर्वोदय अंग्रेजी विद्यालय) प्रथम, रञ्जिता तामाङ (हिमालय माध्यमिक विद्यालय) द्वितीय र पूजा लामिछाने (एकता एकाडेमी) तृतीय भएकी छन् ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी (फाइटर) तर्फ पूरुष खेलाडीमा प्रिन्स भुजेल र महिला खेलाडीमा निकिता तामाङ घोषित भएका छन् । प्रतियोगितामा संविधानसभाकी सदस्य तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेन्द्रकुमारी लिम्बू, दमक नगरपालिका शिक्षा तथा खेलकुद शाखा कार्यालयका अधिकृत प्रविण खड्का, बेलायत
(युके) स्थित नेपाल सगरमाथा तेक्वान्दो दोजाङका वरिष्ठ उपाध्यक्ष रन्दिप राई, एकता एकाडेमीका शिक्षक प्रतिनिधि अर्जुन रेग्मी लगायतको उपस्थिती थियो । प्रतियोगिता सम्पन्न गर्न झापा जिल्ला खेलकु्द संघबाट बसन्त धिमाल, जिल्ला तेक्वान्दो सघ झापाबाट प्राविधिक टोलीमा वरिष्ठ प्रशिक्षक हरि भुजेल, जीतेन मेचे, प्रशिक्षक बिबेक गिरी, लक्ष्मी राजवंशी, मिरा काफ्ले, मनु कटुवालले रेफ्रिको भूमिकामा सहभागिता जनाएका थिए ।

You may also like