लेख विचार/वहस

बांग्लादेशबाट हिन्दुहरुको पलायन

 ===== भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हिन्दु शरणार्थीहरुलाई भारतको नागरिकता प्रदान गर्ने घोषणाले उनीहरुको आहत मनलाई पक्कै पनि केही शाान्ति प्रदान गर्ला तर आफ्नो ‘जननी र जन्मभूमि स्वर्ग भन्दा प्यारो हुन्छ’ भन्ने कुराले उनीहरुको अन्तर चेतनालाई सँधै पिरोलिरहने छ । बांग्लादेश मात्र होइन, कुनै पनि इस्लामिक देशहरुमा आज हिन्दुहरुको भविष्य सुरक्षित छैन । हिन्दु बहुल देश भएको नाताले नेपालले पनि विश्वका सबै हिन्दुहरु हाम्रा सहोदर हुन् भन्ने वेद वाक्यलाई विचार गरेर हिन्दुहरुको संरक्षण, संवद्र्धन र एकताका लागि कम्मर कसेर लाग्ने र विश्वमा नेतृत्वदायी भूमिका खेल्नुपर्ने आवश्यकता रहेको छ ।======

सत्येन्द्रलाल कर्ण

आमार सोनार बांग्लाको भूमि बांग्लादेश बांग्लाभाषी मुसलमान बहुल देशको रुपमा सन् १९७१ को भारत पाकिस्तान युद्धमा भारतले विजय प्राप्त गरेसंगै पाकिस्तानको क्षेत्र रहेको पूर्वी पाकिस्तान, पाकिस्तानको तानाशाही शासनबाट स्वतन्त्र भइ बांग्लादेशको रुपमा नयाँ देशको रुपमा मान्यता पाएको देश हो । सन् १९४७ पूर्व भारतको अभिन्न अंग रहेको पाकिस्तान १९४७ मा भारतबाट छुट्टिएर पूर्वी पाकिस्तान र पश्चिमी पाकिस्तान गरी पाकिस्तान भन्ने देश बनेको थियो । पूर्र्वी पाकिस्तानमाथि पाकिस्तानको सेना, कर्मचारी र तानाशाह शासकहरुको चरम अत्याचारले गर्दा त्राहिमाम थियो । पाकिस्तानी बांग्ला देशका नागरिकहरुमा आफ्नो भाषा र संस्कृतिप्रतिको अत्यधिक लगावको कारणले गर्दा उर्दुभाषालाई विरोध गरेका थिए, जसको परिणामस्वरुप पश्चिमी पाकिस्तानीहरुका आँखाका कसिंगर बनेका थिए र धर्मको आधारमा भारतबाट छुट्टिएको पाकिस्तान पुनः टुक्रिएर नयाँ देशको रुपमा मान्यता पाएको थियो । मुसलमान बहुल बांग्ला देशमा हिन्दु र सिखहरुको पुख्र्योैली भूमि रहेको हुनाले बांग्लादेशको कुल जनसंख्यामध्ये २० प्रतिशत जति जनसंख्या हिन्दुहरुको थियो ,तर सन् १९४७ पछिको निरन्तर साम्प्रदायिक हिंसा, लूटपाट, कत्लेआम ,बलात्कार र धर्मपरिवर्तन गराउने लगायतका घटनाहरुल गर्दा हिन्दुहरु विस्थापित हुने र भारतीय भूमिमा शरणार्थी बन्ने प्रक्रियाको शुरुवात भएको थियो ।

बांग्लादेशमा आज हिन्दुहरु सुरक्षित छैनन् ।हिन्दु देवी देवताका मन्दिरहरु अपवित्र बनाउने, भत्काउने, हिन्दुहरुका छोरी चेलीलाई बलजपm्ती मुसलमानहरुसंग विवाह गराइदिने, धर्म परिवर्तन गराइदिने, भौतिक सम्पत्तिहरु ल्ुाट्ने लगायतका घटनाहरुमा सरकार, प्रहरी प्रशासन र स्थानीय बहुसंख्यक मुसलमान जनता मौन बसेका हुन्छन् । आतंकवाद, धर्मान्धता र नश्लवादलाई त्यहाँका सरकारले नियन्त्रण गर्न नसक्दा इस्लामिक बांग्लादेशबाट हिन्दुहरुलाई निकाल्ने र उनीहरुले छोडेका घरखेत र सम्पत्ति कब्जा गर्ने दाउ र निहुँ त्यहाँका ठूलावडाहरुले खोजिरहेका हुन्छन् । इस्लामिक राष्ट्रवादको नाउँमा मुसलमान बहुलदेशहरुमा हिन्दु धर्मावलम्बीहरु सुरक्षित छैनन् । अफगानिस्तान होस् वा पाकिस्तान, बांग्लादेश होस् वा अरब देशहरु सबैतिर हिन्दु धर्म र संस्कृति माथि संकट निम्त्याउने कार्यहरु भइ रहेका छन् ।

बांग्लादेशकी प्रसिद्ध लेखिका तसलीमा नसरीनले बांग्लादेशमा हिन्दु धर्म मान्ने नागरिकहरुमाथि भइरहेको हिंसा, अत्याचार र विभेद तथा धर्मान्तरणका घटनाहरुलाई लिएर ‘लज्जा’ नाम गरेको पुस्तक लेख्नुभएको छ, जुन पुस्तकमा पुस्तौं पुस्तादेखि बसोबास गर्दै आएका हिन्दु समुदाय आफ्नो घरजग्गा जमीन ,ब्यवसाय, जागिर, पूजास्थल संगै आफ्नो जन्मभूमि परित्याग गरी मुसलमानहरुको अत्याचार सहन गर्न नसकेर ज्यान बचाउन भारतमा शरण लिइ बसेका छन् र शरणार्थी जीवन बिताइ रहेका छन् । मुसलमान लेखिका तसलीमा नसरीनलाई सरकारले देशबाट निकालेका छन् भने धर्मान्ध मुसलमानहरुको अतिवादी संस्थाहरुले उक्त पुस्तक लेखे वापत लेखिकाको हत्या गरिदिने घोषणा गरेका छन् ।

बांग्लादेशबाट अहिलेसम्म करीब दुई करोड चालिस लाख जति हिन्दुहरु पलायन भएर गइसकेका छन् । सन् १९६४ देखि सन् २०१३ सम्मको अवस्था हेर्ने हो भने दैनिकरुपमा ६०० भन्दा बढी हिन्दुहरु देश छाडेर भारतमा शरणार्थी जीवन बिताइ रहेका छन् । यो क्रम अहिलेसम्म जारी छ । बांग्लादेशमा हिन्दुुहरु देश छाडेर जाने क्रम यसरी रोकिएन भने आगामी ३० वर्ष भित्रमा बांग्लादेशमा एउटा पनि हिन्दु परिवार बाँकी रहने छैनन् ।

ढाका विश्वविद्यालयका प्रोफेसर डा. अबुल बरकतले आप्mनो ३० वर्ष लामो अनुसन्धानपछि प्रकाशित पुुस्तक ‘पोलिटिकल इकनोमी अफ रिफर्मिङ एग्रीकल्चर ल्याण्ड वाटर बडिज इन बांग्लादेश’ मा हिन्दुहरुको अवस्था बारे चर्चा गरेका छन् तथा हिन्दुहरु माथि भइरहेको यस्तो अत्याचारको निन्दा गरेका छन् ।

नेपाल लगायत भारत र बांग्लादेश बीच रीति, नीति र धर्मको फरकले कुनै पनि नागरिकहरु माथि बाधा अड्चन पुु¥याउँदैन भन्ने मान्यता र कानुनहरु रहेका छन् । नेपाल र भारत धर्म निरपेक्ष राष्ट्र हुन् र बांग्लादेश इस्लामिक राष्ट्र हो भन्दैमा बांग्लादेशमा प्रत्येक दशकमा हिन्दु आवादी लगातार घट्दै जानु र विस्थापित हँुदै जानु चिन्ताको विषय हो र यो दुर्भाग्यपूर्ण अवस्था हो ।

बांग्लादेश ब्यूरो अफ स्टेटिस्टिकका आधारमा विश्लेषण गर्ने हो भने बांग्लादेशमा सन् १९३० को दशकमा ३० प्रतिशत हिन्दु जनसंख्या पलायन गरिसकेको थियो भने सन् १९४० को दशकमा हिन्दुहरुको पलायन गरेको प्रतिशत २८, सन् १९५० मा २ं२.०५, १९६० मा २८.५०, सन् १९७० मा १३.५०, १९८० मा १२.१३ ,१९९० मा १०.५१, सन् २००० मा ९.२०, सन् २०१० मा ८.५५ र सन् २०२० को दशकमा ८.२० प्रतिशत हिन्दु आवादी परिस्थितिबस पलायन भइसकेका छन् ।

ढाका विश्वविद्यालयका अर्थशास्त्रका प्रोफेसर डा. अबुलबरकतको विचारमा १०० वर्षको अन्तरालमा बांग्लादेशको मूल प्रवृत्ति पूरै परिवर्तन हुने संघारमा पुगिसकेको छ । बांग्लादेशबाट ४७ वटा हिन्दु आदिवासी समूहहरु विलुप्त भइसकेका छन् । हिन्दुहरु पलायन गर्दै देश छोडेर जाने कारणले गर्दा त्यसको असर सामाजिक आर्थिक स्थितिमा पर्न थालेको छ ।

बांग्लादेश जातीय हिन्दु महाजाटका महासचिवका अनुसार बांग्लादेशमा दुर्गा पूजाको समयमा हिन्दुहरुको पूजा पाण्डाल माथि आक्रमण हुने घटनाले विश्वव्यापी रुपमा चर्चा पाइरहेको छ, त्यस्तो घृणित कार्यको घोर निन्दा पनि भइरहेको छ । तर यस्ता थुप्रै घटनाहरु बारे दुनियाँले थाहा पाउँदैनन्, जुन दुःख र पीडा त्यहाँका अल्पसंख्यक हिन्दु समुदायले भोगिरहेका छन् । प्रायः जसो दैनिक रुपमा कुनै न कुनै हिन्दुहरुको घरमा आगो लगाइन्छ, मन्दिरहरु भत्काइन्छ, हिन्दुहरु भय र आतंकका बीच बाँच्न विवश छन् । बांग्लादेशबाट हिन्दुहरु पलायन गर्ने अवस्था चिन्ताजनक छ । डा. बरकतको विचारमा बांग्लादेशबाट करीब ३÷४ करोडको हाराहारीमा हिन्दु जनसंख्या हराइरहेको छ । जति हिन्दुहरु पलायन भैसकेका छन् ती मध्ये १५ देखि ४९ वर्षका महिला र पुरुषहरु छन् । ती समूहभित्रका महिलाहरुबाट भविष्यमा जन्म लिने हिन्दुका सन्तानहरुको आवादी पनि विस्थापित भइरहेको छ । बांग्लादेशमा हिन्दुहरुको पलायन नभएको भए हिन्दुहरुको जनसंख्या पनि अन्य समुदायको जनसंख्या जत्तिकै हुने थियो । हिन्दुहरुको दैनिक प्रवास गर्ने दरलाई विचार गर्ने हो भने दैनिक रुपमा करीब ६०० हिन्दुहरु देश छाडेर जाने घटनाहरु भइरहेका छन्, जुन चिन्ताको विषय हो ।

बांग्लादेशमा हिन्दुहरुमाथि भइरहेका आक्रमणको विरोधमा विश्व हिन्दु परिषद्, शिव सेना, बजरंग दल तथा अन्य सामाजिक संघ संस्थाहरुले आपत्ति जनाएका छन् । बांग्लादेशमा धार्मिक कट्टरतालाई राजनैतिक दलहरुले प्रश्रय दिइरहँदा चरमपन्थी इस्लामिक समूहहरुले मुसलमान बाहेकका धार्मिक समूहहरुलाई समाप्त पारेर उनीहरुको इतिहास समाप्त पार्ने योजनामा कार्य गरिरहेका छन् र त्यसलाई सरकारले पनि मौन समर्थन दिइरहेका छन् । यस्तो अवस्थामा सर्वत्र हिन्दुहरुमाथि भइरहेको आक्रमणको विरोध भइरहँदा पनि सरकार मूकदर्शक बन्ने अवस्था रहेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हिन्दु शरणार्थीहरुलाई भारतको नागरिकता प्रदान गर्ने घोषणाले उनीहरुको आहत मनलाई पक्कै पनि केही शाान्ति प्रदान गर्ला तर आफ्नो ‘जननी र जन्मभूमि स्वर्ग भन्दा प्यारो हुन्छ’ भन्ने कुराले उनीहरुको अन्तर चेतनालाई सँधै पिरोलिरहने छ । बांग्लादेश मात्र होइन, कुनै पनि इस्लामिक देशहरुमा आज हिन्दुहरुको भविष्य सुरक्षित छैन । हिन्दु बहुल देश भएको नाताले नेपालले पनि विश्वका सबै हिन्दुहरु हाम्रा सहोदर हुन् भन्ने वेद वाक्यलाई विचार गरेर हिन्दुहरुको संरक्षण, संवद्र्धन र एकताका लागि कम्मर कसेर लाग्ने र विश्वमा नेतृत्वदायी भूमिका खेल्नुपर्ने आवश्यकता रहेको छ ।

 

You may also like