सचिता बुढाथोकी
सर्लाही लालवन्दी गाविस–१ की गीता दाहाल मागी विवाहको दोस्रो बर्षमै पतिले अर्को बिवाह गरेपछि मर्नु न बाँच्नुको अबस्थामा छिन् । पढाईमा रुचि भएकी गीता कान्छि छोरी भएकाले आमा वुवाकी प्यारी थिइन् । पढेर समाजका लागि केही गर्छु भन्ने सपना बोकेकी गीताको बिबाह भएपछि पतिले दुब्र्यबहार गर्दा बेसहारा जस्तो भइन् ।
सम्पन्न घरको केटा भेट्ने बित्तिकै हाम्रो समाजमा अभिभावकले छोरीलाई भार जस्तै ठानेर आखाँ चिम्लीएर सम्बन्ध स्वीकार्ने चलन छ । छोरीको विचार नबुझी केटाको हातमा भविष्य सुम्पने चलनले धेरै महिला हिंसाको शिकार हुन वाध्य भएका छन् ।
विवाहपछि सुन्दर सपना भाताभुंग भई पीडादायी वर्तमान सुरु भयो गीताको । २०७४ साल वैशाख २७ गते छिमेकी जिल्ला सिन्धुलीको केटा संग उनको मागी विवाह भएको थियो । विवाह पछि श्रीमानको माया, साथ पाईन्छ र आखाभरी सजिएको सपना पनि पुरा हुन्छ भन्ने सोच बुनेकी गीता पतिको ब्यबहारवाट छाँगावाट खसे जस्तो भइन् ।
उनको जीवन विवाहकै कारण अन्धकारमय वन्न पुग्यो । दाम्पत्य जिवन सुखमय तरिकाले विताउला भन्ने आशा वोकेकी गिताको विवाह भएको २ वर्ष नहुंदै पतिले उनीमाथि सौता हाले । संगै वाच्ने मर्ने कसम खाएको आफनै जिवन साथीवाट धोका पाएपछि उनी अहिले एक्लो भएकी छिन ।
दाइजो नल्याएको भनेर उनलाई पतिले दिनरात यातना दिएका थिए ।
दाइजोकै कारण श्रीमानले कान्छी श्रीमती ल्याएपछि उनीलाई चटक्कै छाडी माया मारेका छन । सौता भित्रिएपछि दैनिक पतिको हातको कुटपिट सहनु प¥यो । सौताको कुरा सुनेर पतिले मुखमा लुगा कोच्चाएर मार्ने प्रयास गर्दा समेत उनी सहन बाध्य भइन् । श्रीमानले सौता हालेपछि एउटी नारीले ब्यहोर्नुपर्ने सबै पीडा गिताले ब्यहोरीन ।
आशु पुछदै उनी भन्छिन, ‘हाम्रो समाजमा एउटी चेलीको विवाह भैसकेपछि उसको माईतीमा कुनै अधिकार हुदैन । उसले जति दुख पाएपनि घरमै बस्नुपर्छ । उल्टै समाजका ठुला भद्र भलादमीहरुले नराम्रो दृष्ट्रिकोणले हेर्न गर्छन् । महिलाहरुनै कुरा काटने गर्छन् । परिवारका सदस्य राम्रो संग नवोल्ने, साथीसंगीले माईतीमा कति वस्छेस भनेर वारम्मवार मनमा ठेस पु¥याउने गर्छन् ।
एकातिर श्रीमानले दिएको घात, अर्कातिर समाजको तिरस्कार । बिबाहपछि भोग्नु परेको व्यवहार सम्झीदै उनी छोरी भएर जन्मीएकोमा भाग्यलाई धिक्कारछिन । अर्को विवाह गर्दा समाजले नस्वीकार्ने, विवाह नगरी एक्लै वस्दा परिवार र समाजले शङका गर्ने हुदा झनै गाह्रो भएको उनले वताइन् ।
लोग्नेले धोका दिएर सौता ल्याएपछि यातना सहन नसकेर उनी माईतीको शरणमा आएकी छिन् । माईतीमा बस्न थालेपछि गैरसरकारी संस्थामा काम गरेर एक्लो ज्यान पाल्ने कमाई गर्दै आएकी उनले भनिन, ‘महिलाले स्वावलम्बी हुन सके अन्यायवाट बच्न सकिन्छ ।’ कमाउन थालेपछि माईतीलेपनि राम्रो हेरचाह गरेको उनले वताइन् । आफुसंग भएको सीपलाई सदुपयोग गर्दा जिवन जिउन सजिलो हुने हुदा सम्पुर्ण नेपाली महिलाहरुलाई स्वावलम्भी वन्न आग्रह गर्नुभएको छ ।
सर्लाहीमा तीन बर्षभित्र ४० भन्दा बढी महिला हिंसाका उजुरी प्रहरी कार्यालयमा दर्ता भएको छ । जसमा बहुविवाहको घट्ना ९ वटा छन् । दाइजो र छोरा नभएको भनेर बहुविवाह गर्ने क्रम बढेको हो । महिला अधिकारकर्मी भवानी कोइराला दाइजोका निहुंमा महिलामाथी हुने अत्याचारका सबै घट्ना प्रकाशमा नआएको बताउँछिन् । ‘महिलाले पतिलाई भगवान ठानेर हिंसाका घट्ना सहने गरेका छन,’ उनले भनिन, ‘सबै घट्ना बाहिर आएका छैनन् । महिला जागरुक भएर प्रतिकार गर्न सक्नुपर्छ ।
त्यस्तै सर्लाही लालवन्दी ६ की सरस्वती श्रेष्ठको पनि जिवनमा यस्तैे घटना घटेको छ । प्रेम विवाह गरेकी सरस्वतीको विवाह भएको १४ वर्ष पुरा भएको छ । उनको एउटा छोरा मात्र छ । छोरा ११ वर्षको पनि भैसकेको छ । उनका श्रीमान नारायाण वुढाथोकी मलेसीया वस्ने गर्छन । पहिलो चोटी मलेसीया पुगेका नारायणले आफनो परिवारलाई राम्रै हेरचाह गर्थे । मलेसीयाको ३ वर्षे वसाई पछि उनी स्वदेश फर्किए । त्यस पछि उनीमाथि नराम्रो व्यवहार हुन थाल्यो ।
परिवारका अन्य सदस्यको कुरा सुनेर वारम्वार अर्की ल्याउछु भन्ने नारायाणले दोस्रो विवाह गरेको ३ महिना मात्र भएको छ । परिवारको हेला र श्रीमानले अर्का ल्याएपछि सरस्वती न्यायको लागी गाउँसुधार विकास समीती लालवन्दीमा पुगिन । त्यस सस्थाले उनले पाउनु पर्ने जग्गा दिलाइृदिएको सरस्वती वताउनुहुन्छ । श्रीमानको माया , हेरविचार नपाउदा समाजले पनि हेप्ने गरेको उहा वताउनुहुन्छ ।त्यति मात्र कहाँ हो र सानो छोराले वावा खै भनेर सोध्दा उनी २ वर्ष पहिले धेरै पैसा कमाउन विदेश गएका छन भन्थिन ।
जव श्रीमान स्वदेश आए अनि छोरा र श्रीमती लाई देख्खी सहेनन । उल्टै म तिमीहरुसंग वस्दीन जे सुकै गर मलाई तिमीहरुको मतलव छैन भन्दै सीक्कीमको एक महिला संग विवाह गरे । प्रेम विवाह गरेकी सरस्वती यतिवेला दुखी छिन । उनी भन्छीन, ‘श्रीमानले साथ नदिदा छोरा पढाउन मुश्किल परेको छ । म एक्लैले कसरी पढाउनु ? माईतिको कति आश गर्नु । ’ चिन्तति हुदै सरस्वती भन्छीन ‘ पहिले मलाई तिमी विना वाच्न सक्दिन भनेर जे भन्छौ त्यही गर्छु भनेर मन पराएर विवाह गरे अहिले एउटा वच्चा हुने वित्तीकै अर्का ल्याई मलाई चटक्कै छाडी दिए ।’ पतिले के कारणले आफुलाइृ छोडेको हो उनलाई थाहा छैन । कुरा गर्न खोज्दा झर्की फर्की गर्ने गरेको हुदा किन मसंग श्रीमान रिसाए अतोपत्तो नभएको उनी बताउछिन् । कुनै पनि काममा नलागेकी सरस्वती छोरालार्इृ पढाउन समस्या भएकोले अव केहि गर्ने काम गर्ने सोचमा हुनुहुन्छ । आफु दुख गरेर भएपनि छोराको सपना साकार पार्ने सरस्वतीले अठोट लिनुभएको छ ।
आफुसंग भएको सिप सदुपयोग गरेर जिवनमा भएका ति तिता मिठा पललाई विर्सदै सुखद जिवन निर्माण गर्न स्वावलम्भी वन्ने उहाले वताउनुभयो । उहाले आफु जस्तै समस्यामा परेका महिलालाहरुलाई रोयर हैन हासेर आफनो हक अधिकार लिनको लागी वाहिर निस्कन अनुरोध समेत गर्नुभएको छ ।
सर्लाही सागरनाथकी सरीता भण्डारीको पनि श्रीमानले दोस्रो विवाह गरेर उनलाई जिवन भरी नविर्सने चोट दिएकाछन । विवाह गरेको ५ वर्ष नपुग्दै । उनका श्रीमानले दोस्रो विवाह गरेका हुन । मागी विवाह गरेकी सरीतालाई उनको श्रीमानले नराम्री भै भनेर अर्की ल्याएको वताएका छन । ५ वर्ष वितीसक्दा पनि उनको सन्तान भएको थिएन । श्रीमाने अर्की ल्याएपनि सहजै स्वीकारेकी सरीतालाई दिनरात ,कुटने पिटने, नराम्रो वचन गर्ने अनि घरको सवै काम उनले नै गर्नु पर्ने वाध्यता थियो ।
उनीहरको स्याहार सुसार गर्दा गर्दै एक दिन उनको मनमा ‘अव म यसरी वस्दीन म माथि भएको अत्याचार म आफु नै वोल्नु पर्छ ।’ भनी उनले आफुमाथि श्रीमानले गरेको हिंसा वाहिर ल्याइृन । हिंसा वाहिर आएकै केहि महिना पछि उनले श्रीमानवाट पाउने अंश पाईन ।
उनी भन्छिन् वुवा आमाले दुख सुख संगै साटनको लागी विश्वास गरी मलाइृ दिए । आखिर विवाह गरेकै केहि समयमा मेरो माईतिलाई दिएको वचन र मेरो जिवन माथि खेलवाड गरे । भन्दै विश्मात गर्छिन् । अहिले उन एक्लै वस्दै आएकी छिन । हाल माइृति सिन्धुलीमा छिन । माइृतिको सहारमा जिवन काटिरहेकी छिन । उनी भन्छीन्, ‘कुन पुरुषलाइृ विश्वास गरु ? समाजको अगाडि मागेर विवाह गर्दा त यसरी लात हान्छन ।’ वरु एकलै जिवन जिनु नै राम्रो उनको वुझाइृ छ । उनी पनि सिलाइृ वुनाइृ सिकेर आत्मनिर्भर वन्दै छिन ।
प्रतिकृया