अभिभावक बालबालिकाका आदर्श नमूना हुन । अभिभावक जस्ता छन् उनको रचना पनि उस्तै हुने भएकोले प्रथमतः अभिभावकहरु उनीहरूका लागि आदर्श पात्र बन्न सक्नुपर्छ । जन्म र कर्ममात्र दिएर हुन्न उनीहरूको सानैदेखि रेखदेख पनि गर्नुपर्दछ । बालबालिका भनेका गिला माटाहरु हुन् त्यसलाई जस्तो आकारको बनायो त्यस्तै आकारको बनाउन सकिन्छ । हो त्यस्तै आकार अनुसारको बानी ब्यहोरा बनाउनका निम्ति बाबुआमाको हात हुन्छ । उसले सानो उमेरमा अरुले भनेको अरुले बोलेको जे सिक्यो जे सुन्यो त्यही नक्कल गर्छ । उनीहरूलाई सानैमा डर देखाउन, नराम्रो भन्न, नराम्रा गतिविधि गर्न सिकाउनु हुन्न् भन्ने बोध घरकै मुलीबाट हुन जरुरी छ । सानै उमेरमा बाबाआमाको माया पाएको बच्चाले जीवनभरी नराम्रो काम गर्दैन, कुन राम्रो, कुन नराम्रो उसले छुट्ट्याउँदैन । उसलाई असल संस्कार घरबाटै दिनुपर्छ । घरमा सिकेका गुणहरु अझै राम्रो बनाउन उ विद्यालयमा गएर बाबाआमाका असल बचन उसैका साथीहरूलाई सुनाउँछ । उसले घरबाट प्राप्त गरेको कुरा स्कुलमा साथीहरूलाई सुनाएपछि उनीहरूको दिमागमा कुन राम्रो, कुन नराम्रो, बोली ठम्याइबाटै उसले सिक्छ । बालक अवस्थामा जसले नराम्रो कुराको ज्ञान भरिदिन्छ नि उसले सबैका सामु नराम्रा कुराहरु सबैमाझ भनिदिन्छ, यसले नकारात्मक कुराको बिकास हुन्छ । बालबालिकालाई जस्तो सिकायो उस्तै मात्र सिक्छ । जसरी एउटा बालकले आमाको गर्भबाट बाहिर निस्कदै च्या च्या गरेर कराउँछ त्यही आवाजको ध्वनिनै शिक्षा हो । आमाको कोखबाट पाएको शिक्षा पहिलो पाठशाला हो भने दोस्रो पाठशाला विद्यालय हो । विद्यालय समय सीमा अवधिभर उसले विद्यालयबाट शिक्षा ग्रहण गर्छ भने घरमा घरका अभिभावकले छोराछोरी पढदैछन कि के मा व्यस्त छन् त्यो हेरचाह गर्नु अभिभावकको कर्तव्य हो । बालबालिकाको इशारा बिना अभिभावकले सोच्न सम्म सक्दैनन् । कुनैपनि ब्यक्तिहरुको घरमा बालबालिकालाई हुर्काउने क्रममा अनुशासन र प्रेमबिच सन्तुलन कायम गर्न नसक्दा बालबालिका बिग्रेर, अटेरी भएर, प्याउलिएर अभिभावकलाई आप्mनो नियन्त्रणमा लिने गरेको तीतो यथार्थ हामीले गाउँ र सहरमा देखेकै कुरा हो । आजको आधुनिक जमानामा हाम्रा बालबालिका लगामबिनाको घोडामा एकोहोरो सवारीमा यात्रा गरिरहेका छन । प्रविधिको चरम दुरुपयोगले गर्दा न स्कुलमा शिक्षकहरुको कुरा सुन्छ न घरमा अभिभावकको ? आप्mनो घरमा छोराछोरी के गर्दैछन ? प्रविधिको सदुपयोग कि दुरुपयोग गर्दैछन ? त्योसम्म अभिभावकले हेरेको देखिन्न । अनि दोषजति सबै शिक्षकहरुलाइ दिँदा हुन्छ त ? निरन्तर अनुगमन र नियमन गर्ने क्रममा अभिभावकहरु चुकेको देखिन्छ । अनि माध्यमिक तह उत्तीर्ण गर्ने बेलामा मात्र विद्यालयको प्रशासन अनि शिक्षकहरुलाई दोष थुपार्ने परिपाटीको अब अन्त्य हुनैपर्छ । अहिलेका बालबालिका दुव्र्यसनीको शिकार, सामाजिक संजालको दुरुपयोग, लागुऔषध सेवन तथा बेचबिखनका कारण आधारभूत तह पढ्ने विद्यार्थीहरु समेत दिनप्रतिदिन बिग्रदै गएको देखिन्छ । नेपालका धेरै सामुदायिक तथा निजी विद्यालयहरु बालमैत्री घोषणा त भए तरपनि विद्यार्थीहरु शिक्षकसँग मैत्रीपूर्ण भने छैनन् । यसरी ब्रेकबिनाको सवारीमा सवार गर्नेहरूको यात्रा कति लामोसमयसम्म सुरक्षित होला हामी अनुमान गर्न सक्दैनौं । किनकि आप्mना बालबालिकालाई अनुशासन, लगनशीलता र गतिशीलता अनि समयको मूल्य र मान्यता हामीले उनीहरूलाई दिन सकेनौ भने निश्चित विन्दुमा पुगेर उनीहरू अवतरण हुनै सक्दैनन् र कर्तव्यपथको खाल्डोमा पुरिन पुग्दछन । अनि उनीहरूको भविष्य नै अन्धकार हुन्छ । तपाईं हामीले गाउँघरमा देखेको यथार्थ पनि यही हो कि आप्mना अभिभावकहरुले बालबालिकाको मनोबिज्ञान नबुझिदिएकै कारणले गर्दा आज धेरै बालबालिकाहरु दुव्र्यसनीको शिकार भएका छन । पढाईमा एकोहोरो टहलिने, निन्द्रा प्यारो लाग्ने, एकान्तप्रेमी हुने, झर्को लाग्ने आदि हुने गरेका छन । यो सबै सामाजिक संजालको दुरुपयोगले गर्दा हो । उनीहरूलाई असल बाटोमा हिडाउने कर्तव्यको जिम्मेवारी बोध घरमा अभिभावक र समयवधिभर पाठशालामा हो । आजसम्मको अनुभव तथा बिज्ञहरुको अनुसन्धानले घरपरिवार भनेको बालबालिकाको व्यबहार बनाउने तथा बिगार्ने आधारभूत मार्ग हो भन्ने नै हो भने बालबालिकाको पहिलो पाठशालानै घर हो । सत्यसाई मानव अभ्यूदय शिक्षाले कवितामा यसरी बालबालिकाको असल व्यबहारलाई तलको कविताबाट बोध गराइदिएको छ । आलोचनाबिच हुर्केको बालकले भत्र्सना गर्न सिक्दछ, तनावबिच हुर्केको बालकले झैझगडा गर्न सिक्दछ, अमर्यादाबिच हुर्केको बालकले निर्लज्ज हुन सिक्दछ, दुव्र्यबहारमा हुर्केको बालकले कुण्ठित हुन सिक्दछ । सदभावमा हुर्केको बालकले धैर्यवान् हुन सिक्दछ । प्रोत्साहनबिच हुर्केको बालकले आत्मनिर्भर हुन सिक्दछ । प्रसंशामा हुर्केको बालकले अरुको कदर गर्न सिक्दछ । समानतामा हुर्केको बालकले न्याय गर्न सिक्दछ । सुरक्षित रुपमा हुर्केको बालकले आत्मबिश्वासका साथ अधि बढन सिक्दछ । सहमतिमा हुर्केको बालकले सहभागिताको संस्कार सिक्दछ । मित्रतामा हुर्केको बालकले संसारमा स्नेह बाढ्न सिक्दछ जस्तो घर व्यबहारको भोगाइ त्यस्तै बालकको सिकाइ । यसरी बालबालिकाको मनोवृत्ति अभिभावकले बुझिदिएर उसको दैनिकरूपमा देखिएको बानी, व्यबहार र प्रवृत्ति बुझेर अभिभावक अधि बढ्न सक्नुपर्दछ । प्रेम एक शक्ति हो, प्रेम एकमात्र मार्ग हो भन्ने कुरालाई मनन अभिभावक वर्गहरुले गर्न सक्नुपर्दछ । आज तपाईं हामीले देखेको यथार्थ घटना गाउँघरमै देख्न सकिन्छ । परिवारका सम्पूर्ण सदस्यहरुले उचित रूपमा रेखदेख नभएकै कारणले गर्दा बालबालिकाहरु हिजोआज अनियन्त्रित भएका छन । कुलत्मा लागेर चोरी, डकैती, लुटपाटमा संलग्न भइरहेका छन । बिहान विद्यालय पढ्न गएको छोराछोरी बेलुकी घरमा कति बजे आयो र किन ढिलो आयो ? यसको लेखाजोखा सम्म नबुझ्ने अभिभावक भएका कारण आज दिनप्रतिदिन आप्mना छोराछोरीहरुको शैक्षिक अवस्था चिन्ताजनक बनेको छ । अभिभावक उदाहरण बन्न सकेमात्र बालबालिका त्यसैबाट पुरस्कृत हुनेछन । जस्तै ः ट्यांकीमा शुद्ध पानी भए धाराबाट त्यही पानी आउँछ तर ट्यांकी फोहोर पानीले भरिएको छ भने धाराबाट शुद्ध पानी कदापि आउन सक्दैन । त्यसैले बालबालिकाहरुलाई गालीगलौज गरेर होइन उचित मायादया गरेर प्रेमभावले पठनसंस्कृतिका लागि सम्पूर्ण अभिभावकहरुले आप्mनो दायित्वबोध गरौं ।