मुख्य शिक्षा

सिंहदेवीको ५६ औं वार्षिकोत्सव

दमक, १४ पुस। झापाको दमक १० मा रहेको श्रीसिंहदेवी माध्यामिक विद्यालयले आफ्नो ५६ औ वार्षिक उत्सव विभिन्न कार्यक्रम गरि शुक्रबार सम्पन्न गरेको छ ।

बिधालयले यहि पुस ११ गते देखि १३ गतेसम्म विभिन्न कार्यक्रम गरि आफ्नो वार्षिक उत्सव सम्पन्न गरेको हो ।

समापन कार्यक्रमको संविधानसभा सदस्य महेन्द्रा कुमारी लिम्बूले पानसमा बत्ती बालेर उद्धघाटन गरेकी थिइन् । तीन दिनसम्म सञ्चालन गरिएको कार्यक्रममा विद्यार्थीहरुकाबीच प्रतियोगितात्मक साहित्यिक रचना वाचन तथा नृत्य प्रस्तुत गरिएको थियो ।

यसै गरि सोही कार्यक्रममा अभिभावकहरुकाबीच मनोरञ्जनात्मक खेलहरु पनि सञ्चालन गरिएको थियो ।

सो अवसरमा दमक नगरभरिका माध्यामिक विद्यालयस्तरीय प्रतियोगितात्मक नृत्य समेत प्रस्तुत गरिएको थियो । प्रतियोगितामा सिंहदेवी प्रथम, कृष्ण मावि द्वितीय र ढुकुरपानी मावि तृतीय भएको थियो । प्रतियोगिताका बिजेतालाई कार्यक्रमकका प्रमुख अतिथि सांसद लिम्बूले नगद पुरस्कार वितरण गरेकी थिइन् । अक्षयकोषदाता ४ जना लगायत एक दर्जन बढी विद्यालय व्यवस्थापन समितिका पूर्वसदस्य लगायतलाई समेत सम्मान गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमप्रसाद न्यौपानेले जानकारी दिए ।

यसैगरी विद्यालयले यसै वर्षबाट वर्ष उत्कृष्ट शिक्षक छनौट गरि दुई जना शिक्षकलाई पनि सम्मान गरेको न्यौपानेले जानकारी दिए । सम्मानित हुने शिक्षकहरुमा घनश्याम अधिकारी र जमुना खरेल छन् । सोही अवसरमा विद्यालयले बर्षभरी सञ्चालन गरेका विभिन्न कार्यक्रमाका विजेता विद्यार्थीहरुलाई पनि पुरस्कृत गरिएको थियो ।

२०२५ सालमा स्थापना भएको सो विद्यालयमा ५ सय २९ जना विद्यार्थी अध्यायनरत रहेको प्रधानाध्यापक हरिनारायण अधिकारीले जनाए ।

Author

You may also like