मुख्य

पूर्वसन्देशकर्मी लामिछानेसहित सम्मानित

दमक, १४ पुस। दमक उद्योग वाणिज्य संधले ३२ औं साधारण सभाको अवसर पारेर विभिन्न विधामा उद्योग वाणिज्य संघलाई योगदान पुर्याउँदै आएका ब्यक्तित्व र स्थापना कालका पदाधिकारीलाई सम्मान गरेको छ ।

संघले पत्रकारिता क्षेत्रबाट योगदान पुुुर्याएबापत नेपाल पत्रकार महासंघ कोशी प्रदेश समिति कोषाध्यक्ष तथा पूर्वसन्देशकर्मी विमल लामिछानेलाई सम्मान गरेको छ । यसैगरि संघको स्थापना कालमा समितिमा रहेका रामाशिष शाह, प्रकाश बुढाथोकी, मदन अधिकारी र दिननाथ शाहलाई सम्मान गरेको छ । यसैगरी व्यवसायीहरु दाहाल फार्मेसीका सञ्चालक विश्वनाथ दाहाल, रेमन टेडर्स सञ्चालक यसोदा भट्टराई, दमकबाट राष्ट्रिय स्तरमा पहिचान कमाएका खेलाडीहरु विशाल पौडेल र रोसन मगरलाई सम्मान गरिएको संघका बरिष्ठ उपाध्यक्ष राजु खड्काले जानकारी दिए ।

Author

You may also like