मुख्य

पर्यटन प्रवद्धनमा मेची महोत्सव

इलाम, १० पुस।

कोशी प्रदेशका चार जिल्लाको पर्यटन प्रवद्र्धन गर्न स्थापना भएको केचना कञ्चनजंघा पर्यटन विकास समितिले पाँचथरको माझीटारमा मेची महोत्सव गर्ने भएको छ ।
अध्यक्ष हरिचरण वानियाँको अध्यक्षतामा इलाममा सम्पन्न समितिको पछिल्लो बैठकले झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लाको पर्यटन प्रवद्र्धन गर्ने भन्दै पाँचथरको माझीटारमा मेची महोत्सवको आयोजना गर्ने निर्णय गरेको हो । मेची क्षेत्री पर्यटन महोत्सवका सन्दर्भमा यो वर्ष पाँचथरको तमोर माझीटारमा आयोजना गर्ने गरिको प्रस्ताव पेश गर्ने तथा त्यसको आवश्यक व्यवस्थापनका लागि पाँचथर घर भएका सदस्य दिपेन्द्र तुम्वापोलाई व्यवस्थापन गर्ने जिम्मेवारी दिने निर्णय गरिएको कार्यकारी निर्देशक केशवकुमार द्यौरालीले बताए ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मन्त्रीस्तरीय निर्णयबाट सदस्यमा मनोनित भएका सुजन तिमसिना (इलाम), वीरेन्द्र वाँस्कोटा (पाँचथर), र सुमित्रा लिम्बू (ताप्लेजुङ) लाई बैठकले स्वागत गरेको थियो । बोर्ड सदस्यलाई स्वागत गर्दै समितिका अध्यक्ष हरिचरण बानियाँले समितिले पूर्णता पाएसँगै संस्था चलायमान गर्न सहज हुने बताएका थिए । बैठकले समितिका पूर्व बोर्ड सदस्यहरु टईन्द्र चापागाई, नवराज भट्टराई र कल्पना दर्जीको योगदानको कदर गर्दै आभार प्रकट गरिएको थियो ।
बैठकले समितिको संगठन संरचना अध्ययन वारेमा ५ सदस्य समिति गठन गरेको छ । समितिले पुस महिनाभित्र संगठन संरचना निर्माण गरि मन्त्रालयमा पेश गर्ने निर्णय गरेको छ । समितिमा अध्यक्ष हरिचरण वानियाँ, कार्यकारी निर्देशक केशवकुमार धौराली सदस्य अनिता कन्दङ्वा, सुजन तिमसिना र विरेन्द्र वाँस्कोटा रहेका छन् । संघीय मन्त्रालय र प्रदेश सरकारसँग वजेट, कार्यक्रम सहित आवश्यक परामर्श तथा समन्वय सम्वन्धमा पनि काम गर्ने समितिलाई जिम्मेबारी दिइएको छ । बैठकले नेपाल पर्यटन वोर्डसँग प्रवद्र्धनात्मक कार्यक्रम माग गर्ने पनि निर्णय भएको छ ।
चार जिल्लाको पर्यटनसँग सम्वद्ध संस्थाको आवश्यक प्रोफाईल तथार गर्ने, पर्यटकीय गन्तव्यहरुलाई पुनरावलोकन गरि सूचिकरण गर्न आव्हान गर्ने सहितका निर्णय भएको समिति सदस्य सुजन तिमसिनाले जनाए ।
बैठकमा अध्यक्ष बानियाँका साथै कार्यकारी निर्देशक केशवकुमार धौराली र सल्लाहकार सदस्य प्रकाश अधिकारी, सदस्यहरु अनिता कन्दङ्वा, दिपेन्द्र तुम्वापो र नवनियुक्त ४ सदस्यहरुको उपस्थिती रहेको थियो ।

Author

You may also like