दमक, १२ असोज-
भूटानी शरणार्थीका अगुवा डा. भम्पा राईको स्वदेश फिर्तीको अडान सहित उनको राजनीतिक, सामाजिक र स्वास्थ्य क्षेत्रको योगदानका बारेमा चर्चा परिचर्चा गरिएको छ ।
बिहीबार बेलडाँगीस्थित इन्ट्रा डे केयर सेन्टरमा आयोजित भम्पामाथि लेखिएको पुस्तक ‘भम्पाः एक अडान अनेक प्रश्न’को लोकार्पणपछिको परिचर्चा कार्यक्रमका वक्ताहरुले उनको योगदानका बारेमा बोलेका छन् ।
कार्यक्रममा प्रमुख अतिथि लेखक तथा भूटान पिपुल्स पार्टीका अध्यक्ष श्री बलराम पौडेलले भम्पाको दर्शन र व्यक्तिमाथि बोलेका थिए । भम्पाको अडानझैं अझैपनि आफुहरु स्वदेश फर्किने सपना साँचिरहेको उनले सुनाएका थिए ।

दमकमा रहेर भूटानी शरणार्थीको निःशुल्क स्वास्थ्य उपचार गरिरहेको अवस्थामा निधन भएका भम्पाको स्मृतिमा वीरेन मगरले तयार पारेको पुस्तकमाथि तिलक राई, सुमित्रा बाङ्देल चेली, देवेन्द्रराज भट्टराई र डा. गोविन्द रिजालले बोलका थिए । कार्यक्रममा, जीबीएलओ र स्वीकारोक्ति फाउन्डेसनले मुख्य प्रायोजन र प्रकाश अधिकारीले सहप्रायोजन गरेका थिए । रत्न पुस्तक भण्डारले पुस्तक प्रकाशन गरेको हो ।
सो कार्यक्रमकै सन्दर्भमा, तीस वर्ष भुटानी बन्दी जीवन बिताएर हालैमात्र छुटेका मधुकर मगरलाई सहयोग हस्तान्तरण गरिएको छ । नेदरल्याण्डमा बस्दैआएका भुटानीहरुले पठाएको २ लाख १२ हजार १८ रुपैयाँ रकम प्रमुख अतिथि पौडेलले हस्तान्तरण गरेका छन् ।

Author

You may also like