दमक, १० पुस ।

आदिवासी जनजाति नेत्रहीन संघ झापाले शिवसताक्षीमा आयोजित एक कार्यक्रमकाबीच ३ स्रष्टाहरुलाई सम्मानित गरेको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठान प्राज्ञ परिषद सदस्य एवम् काव्य विभाग प्रमुख बाबा बस्नेतको प्रमुख आतिथ्यको कार्यक्रममा विशिष्ट लोक गायक एल. पी. जोशी, प्रसिद्ध गीतकार शिवशंकर थापा र कवि धनकुटे कान्छा सम्मानित भएका हुन् ।
शिवसताक्षी वडा नम्बर १० को प्राङ्गणमा आयोजित कार्यक्रममा मिना शाहीको एकल रचना वाचन र विभिन्न सांस्कृतिक झाँकीहरु प्रस्तुत गरिएको थियो । प्राज्ञसभा सदस्य सुमित्रा बाङ्देल चेली, विराट किरातीका साथै साहित्यकारहरु अभागी थेगुवा, विवशबलिभद्र कोइराला, डिल्लीराम परदेशी, डा. बालचन्द्र सुब्बा, राधिका ओझा लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रम संघका जिल्ला अध्यक्ष भोजकुमार तामाङको अध्यक्षतामा सम्पन्न भयो

Author

You may also like