कला/साहित्य/संस्कृति मुख्य

विवश बलिभद्र सुन्दरहरैंचामा सम्मानित

दमक, ६ असोज
गजलका अब्बल श्रष्टा इलाम चुलाचुलीका विवश बलिभद्र कोइराला मोरङको सुन्दरहरैंचामा सम्मानित भएका छन् ।
उनलाई सुन्दरहरैंचा साइकल राइडर्सको आयोजना विराटचोकमा आयोजित गजल महफिलको चौथो सृंखलामाझ सम्मानित गरिएको हो । कार्यक्रममा, कोशी प्रदेश सांसद ज्ञानेन्द्र सुवेदीले नगद र सम्मानपत्रले सम्मानित गरेका थिए ।
उनी ५० को दशकबाट पूर्वको गजल क्षेत्रको श्रीबृद्धिका लागि निरन्तर लागिरहेर राष्ट्रियस्तरको छवि वनाएका गजलकार हुन् । उनका प्रकाशित कृतिमा, विवशका विवशताहरु (गीत गजल संग्रह २०५७), लेक बेंशीका भाकाहरु (गीतगजल संग्रह २०५८), चुलाचुली गजल दर्पण भाग १, ( २०६३), काँचको मुटु (गजल संग्रह २०६६) रहेका छन् । शुरा, काँचको मुटु, कहरवा, शिव बकस जस्ता गीती एल्बममा उनका गीत गजल समावेश छन् । उनले देशका दर्जनौंस्थानमा एकल गजल वाचन समेत गरेर प्रभावकारिता प्रस्तुत गरेका छन् ।
कार्यक्रममा, विवशका साथै काठमाडौंका बाबु त्रिपाठी, मकवानपुरकी संगीता थापा, सुनसरीका किशोर कोइराला र मोरङका अनुप अनुपमले अतिथि गजलकारका रुपमा आफ्ना प्रस्तुति दिएका थिए ।

You may also like