कला/साहित्य/संस्कृति खेल

वक्तृत्वकलामा जेम्स, हाजिरीजवाफमा हिमज्योति प्रथम

दमक, १४ माघ । दमक ५ स्थित वडा बाल सञ्जालले नगर स्तरीय बतृत्वकला र हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ ।

दीपिनी आधारभूत विद्यालयमा सम्पन्न प्रतियोगिताको वक्तृत्वकलातर्फ झापा मोडल अंग्रेजी माध्यमिक विद्यालय (जेम्स ) र हाजिरीजवाफ प्रतियोगितातर्फ हिमज्योति माध्यमिक विद्यालयले प्रथम स्थान हासिल गरेको छ ।

प्रतियोगिता अन्तर्गत हाजिरीजवाफ प्रतियोगितामा हिमालय माध्यमिक विद्यालय द्वितीय र झापा मोडल अग्रेजी माध्यमिक विद्यालय तृतिय भए ।

बक्तृत्वकला अन्तर्गत जेम्स कक्षा ९ का विद्यार्थी प्रतिक खनाल प्रथम, सूर्योदय अंग्रेजी माध्यमिक विद्यालयका इशान केरुङ द्वितीय र भृकुटी माध्यमिक विद्यालय दमककी भूमिका लाखे तेस्रो बनिन् ।

वडा कार्यालयको सहयोगमा भएको सो कार्यक्रम अन्तर्गत विद्यार्थीहरुको क्षमता अभिबृद्धि गर्न वडा बाल सञ्जालले यसकिसिमको कार्यक्रम गरेको वडा बाल सञ्जालका सचिव दिवस वाग्लेले बताए । बक्तृत्वकलामा विद्यार्थीहरुले उठाएका विषय र उनीहरुको प्रस्तुति निकै गहकिलो र वडाले बनाउने योजनामा समेट्न योग्य विषयहरुको समेत समावेश भएकाले आफुहरुको ध्यानाकर्षण भएको वडा नम्बर ५ का वडासदस्य गोपालकृष्ण संग्रौलाले बताए । प्रतियोगितामा दमकका विभिन्न २१ वटा विद्यालयको सहभागिता रहेको थियो ।

You may also like