:— दुर्गा लामिछाने —: आधुनिक नयाँ परिर्वतनको युग चलिरहेको छ । हरेक मानवजातिले आफ्नोधर्म, कर्म, संस्कार, संस्कृति जुन छ जे छ त्यसैमा आवद्ध वा संगठित हुनु जरुरी छ । कसैले कसैलाई होच्याउने, यो धर्म ठूलो यो धर्म सानो, यो राम्रो यो नराम्रो भन्नुभन्दा आफ्नोधर्म, संस्कार, संस्कृति मान्नु नै ठिक होला । उही परमपिता परमात्माका छत्रछायाँमा रहने विश्वको सम्पुर्ण मानव आत्मा उहाँ कै सन्तान हौ । सम्पूर्ण मानव आत्माको कल्याण गर्न रक्षा गर्न शिव परमात्मा धर्तिमा आएर आफ्नोकार्य सुरु गर्दै हुनुहुन्छ । पतित दुनियाँलाई पावन बनाउने जिम्मेवारी वहाँको नै हो । हामी कोई पनि मानव आत्मा कुनै न कुनै दिन शरीर छोडेर जानुपर्दछ । हाम्रो यो धर्ति नाट्यशाला हो । खेल खेल्न आफ्नोपार्ट प्ले गर्न यहाँ आएका छौ । ५ तत्वले बनेको शरीर यही प्रकृतिया मिल्नेछ अनि अविनाशी आत्मा आफ्नोघर परमधाम जानेछ त्यसकारण सज्जन बृन्द !! हामीमा भएका ५ विकारहरु काम, क्रोध, लोभ, मोह, अंहकारलाई त्याग गरेर परमपिता परमात्माही यादमा आफ्ना विकर्महरुलाई भष्य गर्नुपर्छ ।
परमपिता परमात्माले जुन कार्य गर्नुहुन्छ त्यो कार्य कुनै पनि धर्मगुरु, महानगुरु, धमात्माले गर्नसक्नुहुन्न । त्यसैले शास्त्रत हामीले धेरै पढ्यो, सुन्यौ तर जिवन परिर्वतन भएन जहाँको त्यही रह्यौ । स्वयम् परिर्वतन भएनौ, सुनेर पढेको कुरा जिवनमा धारणा गर्न सकेनौ यही हाम्रो कमजोरी हो । अहिले आधुनिक साइन्सको युग भएकोले हामी मानवजाति बस्तु, वैवभ, भोगविलाशा, साधनहरूमा लिप्त भयो कसैले कसैको महत्व राख्दैनौ । धर्म, जप, तप, पुजा, पाठ साधनाहरूलाई भुल्दै गयौ । नकरात्मक कुरा व्यर्थको चित्तत भय, डर, त्रासले गर्दा मनमा अशान्ति ल्याउँछौ । खैत हाम्रो साधना गर्ने समय ? जति धनदौलत भएपनि मनमा शान्ती छैन, मन बेचैन छ, निद्रा लाग्दैन । हामीले स्वयम्लाई वुझ्न सकेनौ त्यसैले सज्जन वृन्द !! परमपिता परमात्माको यादमा आफ्नो तन, मनलाई शुद्ध बनाउनु पर्छ । मनमा व्यर्थ संकल्प ल्याउनुहुँदैन । मन शुद्ध भएपछि बुद्धिले यथार्थ र सत्यकुरा स्वीकार गर्दछ र कर्म संस्कारमा परिर्वतन हुन्छ । यो समय भनेको श्रेष्ठ भाग्य बनाउने समय हो । हामीले आफुले बनाएको कर्म आँफै भोग्दछौ त्यसमा चिन्ता लने होइन । परमात्माबाट केवल सुख, शान्ती, प्रेम, खुशी आनन्द लिन सकिन्छ । हामीले संकल्प, बोली, कर्म, सम्वन्ध सम्र्पकमा पनि पवित्रता ल्याउनुपर्दछ । पवित्रताको आधारमा संस्कार पनि परिर्वतन हुन्छ । त्यसले परमात्माले देखाएको बाटोमा चलौ, सत्य कर्म गरौं तब मात्र मुक्ति, जिवन मुक्ति त्या परमात्मा प्राप्ति सम्भव छ ।
दमक–७, निलकण्ठ टोल

Author

You may also like