विराटनगर ।जंगली हात्तीको आक्रमणबाट मोरङमा गएको वर्षको अवधिमा पाँच जनाको मृत्यु भएको छ । आर्थिक वर्ष २०८१/८२ मा जिल्लामा जङ्गली हात्तीको आक्रमणबाट तीन महिला र दुई पुरुषको मृत्युु भएको जिल्लास्थित डिभिजन वन कार्यालयले जनाएको छ ।
सुन्दरहरैचा नगरपालिका क्षेत्रका तीन, बेलबारी नगरपालिका र लेटाङ नगरपालिका क्षेत्रका एक/एक जनाको मृत्यु भएको कार्यालयका वन अधिकृत विमल केसीले जानकारी दिए ।
उनका अनुसार गत फागुन २५ गते लेटाङ नगरपालिका–९ जाँतेका ४३ वर्षीय मनबहादुर इवाहाङ लिम्बू, गत पुस ५ गते सुन्दरहरैचा–१० की गङ्गामाया श्रेष्ठ, पुस १५ गते सुन्दरहरैचा–५ की चन्द्रकुमारी लिम्बू र गत माघ ५ गते सुन्दरहरैचाका हरिप्रसाद घिमिरेको जङ्गली हात्तीको आक्रमणमा परी मृत्यु भएको छ ।
पछिल्लो समय वन फडानी, आगलागीलगायत कारणले जङ्गली हात्ती सुरक्षा तथा आहारको खोजीमा बस्ती पस्न थालेकाले गर्दा यस्ता आक्रमणका घट्ना बढ्न थालेको उनको भनाइ छ ।
जंगली हात्तीले पु¥यायो
छ घरमा क्षति
झापा । झापामा जंगली हात्तीले ६ वटा घरमा क्षति पु¥याएको छ । गएराति भद्रपुर नगरपालिका ६ नयाँ वस्तीमा आएको जंगली हात्तीले स्थानीयको घरमा क्षति पु¥याएको हो ।
भद्रपुर ६ नयाँवस्तीस्थित माता टोलका श्रीप्रसाद माझीको मूल घरको टाटी बेरी , वरण्डाको टिन, १५ मन धान सहितका सामग्रीमा क्षति पु¥याउँदा ५० हजार मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
सोही ठाउँ निवासी फडिन्द्र राजवंशी, मदन राजवंशी, फुटानी चोक निवासी तिली राजवंशी, ओम प्रकाश राजवंशी र रंगेडाँडा बस्ने शुक्रराज डंगोलको घरमा क्षति पु¥याएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक खगेन्द्रवहादुर खड्काले जानकारी दिए । उनीहरुको क्रमश, पाँच हजार, १० हजार, २० हजार, २० हजार , १५ हजार गरी जम्मा एक लाख २० हजार मूल्य बरावरको क्षति भएको बताइएको छ ।