समाचार

माछा पालक किसान संगठित

झगेन्द्र खड्का,गौरादह। गौरादह नगरपालिका भित्र रहेका माछा पालक किसानहरु संगठित भएका छन। माछा पालन गर्ने किसानहरुका समस्या सहज रुपमा समाधान गर्न माछा पालक किसानहरु संगठित भएका हुन।

गौरादह नगरपालिका भित्र रहेर माछा पालन गर्ने किसानहरुको ब्यबसायको बिकास तथा प्रबद्र्धन गर्न नगर स्तरिय गौरादह मत्स्य बिकास समिति गठन गरिएको छ ।

किसानहरुलाई ब्यवसायिक माछा पालनमा अग्रसर गराउन तथा माछा पालन ब्यबसायमा आईपर्ने समस्याहरुलाई सामुहिक रुपमा निकास दिन समितिको गठन भएको समितिका अध्यक्ष बेदेन्द्र ढकालले जानकारी गराए।

स्थानिय सरकारबाट माछा पालन ब्यबसायलाई प्रबद्र्धन तथा सहयोग गर्न आवस्यक बजेट बिनियोजन नभएकाले नगरपालिका संग सहकार्य गरी माछाको उत्पादन बृद्धी गर्ने साथै माछा पालन ब्यबसायबाट किसानलाई स्वरोजगार बनाई आर्थिक रुपमा समृद्ध गराउने उदेश्यले समिति गठन गरिएको जनाइएको छ।

माछा पालक किसानहरुको भेलाले बेदेन्द्र ढकालको अध्यक्षतामा १३ सदष्य समिति गठन गरेको छ।गौरादह नगरपालिका पशु सेवा शाखाको प्राड्डणमा सामजिक दुरी कायम गर्दै भएको भेलाले उपाध्यक्षमा देब कुमार उप्रेती, सचिव धर्मराज बिष्ट, स सचिवमा रेवत सिंह राजवंशी, कोषाध्यक्षमा उषा ताजपुरिया त्यसै गरी सदष्यहरुमा प्रकाश दाहाल, ज्ञान ब. राई, गंगामाया बस्नेत ,मदन दाहाल, रोहन कृष्ण प्रसाई , उपेन्द्र निरौला र नारायण कार्की रहेका छन।

समितिले गौरादह नगरपालिका भित्र रहेका माछा पालक कृषकहरुलाई संगठित गराई नगरपालिका संग समन्वय गरी योजना तर्जुमा गरी आगामी माछाका कार्यक्रम तथा योजना बनाउने र किसानको समस्याहरुको सामुहिक प्रयासमा निराकरण निकाल्न प्रयास गर्ने समितिका अध्यक्ष बेदेन्द्र ढकालले जानकारी गराए।

आम भेला गौरादह माछा पालक कृषकहरु मध्येका जेष्ठ सदष्य महेन्द्र बस्नेतको संयोजकत्वमा भएको थियो।कोरोनाले बिश्व आक्रान्त भई रहेको अवस्थामा कोरोना पछि हुन आउने खाध्य संकट, बैदेसिक रोजागारबाट फर्कीएर आउने यूवाहरुलाई कृषिमा स्वरोजगारको अवस्था श्रृजना गर्न र माछामा हुने आयात न्यूनीकरण गर्न समितिले मुख्य रुपमा काम गर्नेछ।किसानले समयमा माछाका भुरा नपाउने, गुणस्तरिय दाना समयमा उपलब्ध नहुने तथा बिभिन्न रोगका कारण किसानलाई हुने क्षतिको न्युनकरण गर्न पहल गर्ने जनाइएको छ।

Author

You may also like