अन्तर्राष्ट्रिय स्वास्थ्य

विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४ लाख १ हजार ९६४ पुग्यो

काठमाण्डौं। विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४ लाख नाघेको छ । वर्ल्डो मिटर्स डट इन्फोका अनुसार आइतबार बिहानसम्म कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या ४ लाख १ हजार ९६४ पुगेको छ ।

विश्वमा कोरोनाबाट संक्रमित हुनेको संख्या ६९ लाख ७० हजार ६३० पुगेको वर्ल्डो मिटर्सले जनाएको छ । कुल सङ्क्रमितमध्ये ३४ लाख १० हजार ९९४ जना उपचारपछि घर फर्किएका छन् ।

पछिल्लो २४ घण्टामा मात्रै विश्वभर १ लाख २६ हजार बढी नयाँ संक्रमित भेटिएका छन् । ४ हजार १ सय ७७ जनाको मृत्यु भएको छ । शनिबार बिहानसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ लाख ९८ हजार १२५ थियो । त्यस्तै संक्रमित हुनेको संख्या भने ६८ लाख ४३ हजार ९१५ थियो ।

Author

You may also like