गौरादह। झापाको गौरादह नगरपालिका वडा नंम्बर-८ का एक युवाको पौडीखेल्ने क्रममा डुबेर मृत्यु भएको छ । बैरातीटोलका १९ वर्षीय सागर कोईरालाको मृत्यु भएको हो ।
गौरादह नगरपालिका वडा नंम्बर-८ भुँडेसिमल स्थित किस्नी बाँधमा पौडी खेल्ने क्रममा उनी दिउँसो २ बजे डुबेको बताइएको छ । घटनाको बारेमा जानकारी पाएपछि खोजी गर्न गएको प्रहरी टोलीले उनको शब ४ बजे मात्र भेटेको थियो ।