समाचार

कमलमा साढे ७१ करोडको बजेट पारित

केर्खा/झापाको कमल गाउँपालिकाको आगामी आर्थिक वर्ष २०७८÷०७९ का लागि प्रस्तुत गरिएको कुल ७१ करोड ५९ लाख ९३ हजार रुपैयाँको बजेट पारित भएको छ ।
गाउँपालिकाका उपाध्यक्ष बेनु सिकाकोटीले हालै नवौं गाउँसभामा प्रस्तुत गरेको बजेट अन्तर्गत चालु तथा प्रशासनिक तर्फ ३६ करोड ५३ लाख ९५ हजार रुपैयाँ र पुँजीगत तर्फ ३५ करोड ५ लाख ९८ हजार रुपैयाँको बजेट ं गाउँसभाले पारित गरेको हो ।
पारित गरिएको बजेट अन्तर्गत विकास तर्फ ७ करोड ८९ लाख १० दश हजार, सामाजिक विकास
कमलमा…..तर्फ ३२ करोड २० लाख १५ हजार, पूर्वाधार विकास तर्फ २१ करोड ४७ लाख १८ हजार, वातावरण तथा विपद व्यवस्थापन तर्फ ९१ लाख ५० हजार संस्थागत, सुशासन तथा अन्तर सम्बन्धित ९ करोड १२ लाख रुपैयाँ गरी जम्मा ७१ करोड ५९ लाख ९३ हजार रुपैयाँ रहेको छ । यसका साथै गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेले प्रस्तुत गरेको नीति तथा कार्यक्रम नवौं गाउँसभाबाट पारित भएको प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठले जानकारी दिए  ।

Author

You may also like