समाचार

उर्लाबारीको बजेट ८५ करोड ७४ लाख

उर्लाबारी/ मोरङको उर्लाबारी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८÷०७९ का लागि ८५ करोड ७४ लाख ३४ हजार ६ सय ८० रुपैयाँको बजेट प्रस्तुत गरेको छ । बिहीबार भएको सातौं नगरसभामा उपप्रमुख लक्ष्मी देवी भण्डारीले उक्त बजेट प्रस्तुत गरेकी हुन् ।
ागामी आर्थिक वर्ष २०७८÷०७९ का लागि प्रस्तावित बजेटका स्रोतहरुमा आन्तरिक आय ७ करोड ३ लाख ३४ हजार अनुमान गरिएको छ । त्यस्तै संघीय राजश्वबाट ९ करोड ३४ लाख ८६ हजार अनुमान गरिएको छ । त्यस्तै संघीय सरकारबाट वित्तीय समानिकरण मार्फत् १७ करोड ११ लाख, सशर्त अनुदान ३६ करोड ६८ लाख, विशेष अनुदान ८४ लाख र समपुरक अनुदान १ करोड हुने अनुमान गरिएको छ । यसैगरी प्रदेश सरकारबाट वित्तीय समानिकरणमा १ करोड ७५ हजार र सवारी कर बाँडफाँडबाट ९० लाख ८७ हजार ८ सय रुपैयाँ आउने अनुमान गरिएको छ । त्यसैगरी सडक बोर्डबाट ४० लाख, सामाजिक विकास मन्त्रालय र करुणा फाउन्डेसनबाट ४१ लाख ५१ हजार ८ सय ८० रुपैयाँ, नगरको सञ्चित रकम ७ करोड र अन्य रजिष्ट्रेसन बाँडफाँडबाट ४ करोड आय हुने अनुमान गरिएको छ ।
प्रस्तुत बजेटको विनियोजनतर्फ चालु खर्च र पूँजिगत खर्च ४६ करोड ४० लाख ८२ हजार ८ सय, सडकमा ४० लाख, अपांगता कार्यक्रममा ४१ लाख ५१ हजार ८ सय ८०, ६,७ र ८ नम्बर वडामा कार्यालय निर्माणमा १ करोड, संघको विशेष अनुदान ८४ लाख र सशर्त अनुदान ३६ करोड ६८ लाख रुपैयाँ रहेको जनाइएको छ । प्रस्तुत नीति तथा कार्यक्रममा कृषि तथा पशु कार्यक्रम, युवा उद्यमशीलता, कोभिड तथा स्वास्थ्य क्षेत्र, बिपन्न नागरिक केन्द्रित कार्यक्रम, संस्थागत विकासमा जोड, २ वर्ष भित्रमा सुविधासम्पन्न वडा कार्यालय बनाई कालोपत्रे सडक पु¥याउने लगायतका भौतिक पूर्वाधारका कामहरु गरिने , तटबन्ध ,खानेपानी ,सरसफाइ ,विपद ब्यवस्थापनका कार्यक्रम गरिने बताइएको छ । त्यस्तै विद्युत तथा वैकल्पिक
उर्लाबारी…..उर्जा, शिक्षा, वन तथा वातावरण, सिंचाई तथा नदी नियन्त्रण, पर्यटन विकास, बालमैत्री नगर, जाति र भाषा, पिछडिएका बर्ग, युवा तथा खेलकुद जस्ता विषयमा अझ जोड दिइएको छ । यसैगरी बस्ती विकास सामाजिक सुरक्षा, सूचना प्रविधि, सहकारी क्षेत्रको विकासमा जोड, रोजगार प्रबद्र्धन, राजश्व, सुशासन लगायत समेटिएको नीति कार्यक्रम आएको छ ।

Author

You may also like