कला क्रान्ति अभियान, पोखराद्वारा, ललितकला क्षेत्रको विविध विधामा रहेर योगदान पु¥याउने सक्रिय सर्जक छनौट जनमतका आधारमा गरेको छ । देश र विदेशबाट सामाजिक सञ्जालको माध्ययबाट मतदान गरिने व्यवस्था मिलाई सम्पन्न गरिएको चुनावको परिणाम अनुसार पूर्व घोषित “कला क्रान्ति अवार्ड“ (ललितकला हिरक वर्ष व्यक्तिसहित ६ विधाबाट इटहरीको साहित्यिक घर म्याट्रिक्सका सञ्चालक तथा चर्तित कलाकार विक्रमश्री सम्मानित भएका छन् ललित कला प्रज्ञा प्रतिष्ठान अरनिको कक्षमा आयोजना भाएको यस कार्यक्रममा सहभागी हुन विभिन्न प्रदेश र क्षेत्रबाट स्रष्टाहरु भेला भएका थिए । कला अनुरागी सकारात्मक कोषका संस्थापक श्रद्धेय कर्ण शाक्यको प्रमूख आतिथ्यमा पूर्व कुलपति किरण मानन्धर एवं कुलपति नारदमनी हार्तम्छालीलगायत विशिष्ट व्यक्ति हरुको उपस्थिति सो कार्यक्रममा रहेको थियो ।
अन्तत धेरै संख्याको जनमतले साथीहरु सहितबाट आफुलाई जिम्वेवारी सहितको यो अवार्ड (सम्मान) प्राप्त भएको विक्रमश्रीले बताएका छन् । उनले थप जिम्वेवारीहरु महसुस गरेर अघि बढ्ने हौसला मिलेको छ । मतदानको रुपमा मतदाताहरुको प्रेम, प्रेरणा, हौसला र विश्वास प्राप्त भएको अनुभूति गरेको भन्दै सबैप्रति आभार व्यक्त गरेका छन् ।
उनको यो अभियानमा देश विदेशबाट मतदान गर्ने आत्मियजन मान्यजनहरु, इटहरीबासी आमाबुबा दाजूभाई दिदीबहिनीहरु, कलाकार साथीहरू, रंगकर्मी, साहित्यकार विशेष गरी दिदी ममता मृदुल, चलचित्रकर्मी भान्जा प्रतिश श्रेष्ठ, भतिज रचु लुइँटेल, बहिनी यशोदा सिंह ठकुरी, भाई आईपी भट्टराई, कमर्सियल आर्टिस्ट संघ, खेलाडी साथीहरू, बाल मैत्री नेपालका भाई बहिनीहरु लगायत विभिन्न क्षेत्रबाट मतदान गर्नु भइ “ललितकला हिरक व्यक्ति २०८० (डायमण्ड अवार्ड)बाट सम्मानित गराएको उनले बताएका छन् ।
उनीसँगै सम्मानित’ ललितकला हिरक वर्ष पुरुष राजु पिठाकोटे, “ ललितकला हिरक वर्ष नारी– शुष्मा राजभण्डारी सहित डायमण्ड वर्ष पुरुष २०७९ डिल्ली आले लगायत धेरै सर्जकहरु सम्मानित भएको उनले बताए । ललितकला क्षेत्रको विकासका निम्ति थप जिम्मेवार बनाउने संस्था नगेन कला प्रतिष्ठान पोखरा रहेको छ ।
यो सम्मानका लागि आफुले केही महिना अगाडि गरेको कलाका क्षेत्रमा गरेको साहित्यिक कार्यक्रम प्रादेशिक ललितकला प्रदर्शनीलाई जोडेर सफलताको कडीका रुपमा ग्रहण गरेका छन् । अन्तिम छनौटमा परेका विभिन्न विधाका ९० जनाभित्र उनी अटाएका थिए ।
तीन चरणमा सामाजिक सञ्जालबाट भोटिङ गर्ने पर्ने यो अभियानबाट पहिलो चरणमा आफूलाई अस्वभाविक रुपमा मत खसेर उत्साहित बनाएको बताए । पहिलो चरणको विजयपछि दोश्रो चरणको चुनावमा विश्वास बढ्यो तर मूर्तिकार स्रष्टा राजु पिठाकोटे, दीपेन्द्र बनेपाली, एनबि गुरुङ्ग सुनिल पौडेल, शुष्मा राजभण्डारी अगाडि आएको र अन्तिम अघिल्लो दिन भने २१०० को संख्याले राजु पिठाकोटेले लीड गर्दै गर्दा दोश्रो मत शुष्मा राजभण्डारी र तेश्रो स्थानमा आफु आएको पनि विक्रमश्रीले बताए ।
गूगल र फेसबुकबाट मात्र मत खसाई रहेकोमा इन्स्टाग्राम, ह्वाट्स एप, एक्स, यु ट्युबसँगै अरु सञ्जालबाट पनि भोट हाल्नु पाउने जानकारी आए पछि मतदाता हरुमा सोही जानकारी पु¥याउँदा छोटो अवधिमा पनि २१०० नपुग मत पुरा गरेर १६०० मत बढी प्रदान गरेर ललितकला अनुरागी मतदाताहरुले अग्रणी स्थानमा आफुलाई पु¥याएको उनले बताए । त्यो भोटिङप्रतिको विश्वासलाई उनले भने– बेला बेलामा भोट काउन्टको नतिजा प्रकाशित हुनुले चुनाव पारदर्शी भएको बुझाइ उनको छ । भोट हाल्नुलाई पैसा खर्च गर्नु नपर्ने (निःशुल्क मतदान )हुँदा आफूले इच्छाएको व्यक्तिलाई मत दिन सजिलो भएको उनको प्रतिक्रिया छ । आयोजकले करिव ६ लाख व्यक्तिसम्म सूचना पुग्ने गरी ७ वटा सञ्जाल प्रयोग गरेको थियो । समस्या भने सजिलै भोट गर्न नजान्नु नै रहेको र आगामी कार्यक्रममा भने अझ मतदाता बढाउने र स्रष्टा र कला अनुरागी पारखी कला प्रेमीहरु बिचको सम्बन्ध बढेर जाने उनको ठम्याईरहेको छ ।