सत्येन्द्रलाल कर्ण-
विश्वका सर्वाधिक धनी देशहरुले विश्वका शक्तिशाली देशहरुको .साझा सङ्गठनको रुपमा जी–२० को स्थापना गरेका थिए । जी–२० को शिखर सम्मेलन भारतको अध्यक्षतामा सुसम्पन्न हुने हुँदा भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदीको कांधमा संस्थाको सफलताको जिम्मेवारी रहेको थियो, जसलाई ठूलो परिश्रम, लगनशीलता, राजनीतिक सूझबूझ र अनुभवको बलमा सफल बनाउन भरमग्दुर कोशिश गरिएको थियो । जसको परिणाम स्वरुप यही वितेको शनिबारका दिन भारतकाृ नयाँ दिल्ली स्थत “भारत मण्डपम” नाम गरेको नवनिर्मित भव्य र विशाल सभाघरमा जी–२० देशका करीब दश हजार जति सहभागीहरुको समुपस्थितिमा “जी–२०” को घोषणापत्रमा सर्वानुमतिपूर्वक सर्वसहमतिले संयुक्त घोषणापत्र जारी गरेको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्व र कार्यहरुले व्यापक सफलता प्राप्त गरिरहेको परिप्रेक्ष्यमा भारतीय राजनीतिको परिवर्तित लक्ष्य र आयामहरु अनुकूल नै विश्वस्ंतरमा भारतको बढ्दै गएको विश्वसनीयता र सहयोगको परिणाम स्वरुप भारत गुटनिरपेक्ष देशहरुको संगठनको संस्थापक सदस्य राष्ट्र हुँदा हुँदै पनि पूँजीवादी देशहरुको नेतृत्व पाउन सफल भएको छ । भारत अहिले ‘विश्वगुरु’ को पद र प्रतिष्ठा हासिल गर्न हरेक किसिमले प्रयासरत रहेको छ । विश्वका हरेक साना–ठूला देशहरुसंग नजिकिन खोजेको ‘जी–२०’ को बहुप्रतिक्षित सम्मेलनमा विश्वमा देखिएका चुनौतीहरु युद्ध र अतिवादबाट पीडित मानवहरु गरीबी र कुपोषणबाट ग्रस्त देशहरु, जलवायु संकटले निम्त्याउने खतराहरु र विश्वको भावी र दीर्घकालीन योजनाहरु र भविश्यको बारेमा व्यापक, बहस, छलफल र अन्तक्र्रिया हुने अनुमान र अपेक्षा गरिएको थियो ।
अहिले ‘जी–२०’ भित्रका सदस्य देशहरुमा अमेरिका, बेलायत, रुस, चीन, भारत, फ्रान्स, जर्मनी, इटाली, जापान, साउदी अरबिया, अर्जेन्टिना, अस्टे«लिया, ब्राजिल, क्यानाडा, युरोपियन, युनियन, इन्डोनेसिया, मेक्सिको, दक्षिण अफ्रिका, दक्षिण कोरिया, टर्की लगायतका देशहरु रहेका छन् भने यसपाली जी–२० को नयाँ दिल्लीस्थित भारत मण्डपममा बसेको पहिलो मस्मेलनमा नै भारतले गरेको प्रस्तावमा अफ्रिकन युनियनलाई सदस्यता प्रदान गरिएको थियो ।
विश्यको ठूलो अर्थव्यवस्था भएको देशहरुको सङ्गठन जी–२० ले सहभागी सदस्य देशहरुबीच परस्पर सहयोग, व्यापार, विस्तार र सुरक्षाको प्रत्याभूति गराउने जस्ता कुराहरुमा व्यापक सहभागि र खुला बहसहरु आयोजना गरिएको परिप्रेक्षयमा विश्वमा देखापर्न सक्ने युद्ध, त्रासदी र मानवीय संकटहरु पर्दा त्यसलाई सबै देशहरुले मिलेर हातेमालो गरेर समाधान गर्ने कुराहरुमा जोड दिइएको थियो ।
भारतले ‘बसुधैव कुटुम्बकम’ को लक्ष्य राखी वैश्विक राष्ट्र र समुदायसंग सम्बन्धहरु नाराको रुपमा एक ‘पृथ्वी, एक परिवार र एक भविष्य’ भनेर निर्धारण गरेको थियो । विश्वका सबै मानव जाति बस्ने घर भनेको पृथ्वी नै हो । धर्तीका सबै मानव जाति एउटै परिवार हुनु र समस्त मानव जातिको भविष्य पनि एउटै रहेको छ । सबै प्राणी धर्तीमा बाँच्न चाहन्छन्, जीवन यापन गर्न चाहन्छन् विकास गर्न चाहन्छन् । उनीहरुको सुरक्षित भविष्य निर्माणबाट नै विश्वको कल्याण हुन्छ । सबैको कल्याणमा मानव जातिको अस्तित्व र भविष्य सुरक्षित छ । तसर्थ युद्ध होइन, शान्तिको कुरा गरांै । विनाश होइन निर्माणको कुराहरु गरौं । नीजी स्वार्थ होइन सबैको हितको कुरा गरौ भन्ने आधारमा नै भारत सरकारले सवैका साथ, सवैको विकास र सवैको विश्वास भन्ने नारा निर्माण गरेको छ । जो सफल भयो भने भारत विश्वगुरु बन्नेमा कुनै दुईमत छैन । जी–२० सम्मेलनमा १४ वटा अन्तराष्ट्रिय संगठनका नेता तथा प्रतिनिधिहरुलाई आमन्त्रण गरिएको थियो । अमेरिकी राष्ट्रपति जो वाइडेन, वेलायती प्रधानमन्त्री ऋषि सुनक, जापानी प्रधानमन्त्री फुमियो किसिदा, जर्मन चान्सलर ओलाफ स्कोल्ज, फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रो, क्यानाडाका प्रधानमन्त्री जस्टिन टुडो, नेदरल्याण्डका प्रधानमन्त्री मार्क रुटे, इटालीका प्रधानमन्त्री जियोर्जिया मेलोनी, यु.ए.ई. का प्रेसिडेन्ट शेख मुहम्मद बिन जयीद अल नहान, साउदी अरिबियाका क्राउन प्रिन्स मोहम्मद बिन सलमान, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेद कार्यक्रमको हिस्सा बनेकी थिइन् । जी–२० सम्मेलनले विश्वको दीर्घकालीन, सन्तुलित र समावेशी विकासमा जोड दिएको छ । कुनै पनि देशले कसैको पनि भूमि जबरजस्ती हडप्न पाउदैन । युद्ध नै सबै विकल्पको अन्तिम समाधान होइन । वार्ता र छलफल तथा परस्पर विश्वासबाट समस्याहरु समाधान गर्न सकिन्छ । जी–२० सम्मेलनका अध्यक्ष भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वमा युद्धरत रहेका देशहरुलाई तत्काल युद्ध रोक्न अनुरोध गर्नु भयो । मानवताका संहारक अस्त्र–शस्त्रहरुको विस्तारबाट दुनियाँमा शान्ति स्थापना हुन सकदैन भन्ने कुरामा जोड दिनु भयो । जलवायु परिवर्तनले निम्त्याउन सक्ने आसमा संकटहरुको बारेमा विश्वलाई सतर्क गराउनु भयो । खास गरी वर्तमान समयमा रुस र युक्रेनबीच एक अर्कालाई समाप्त पार्ने जुन होडबाजी युद्ध चलेको छ, त्यसलाई विचार गरेर शान्तिको बाटोमा लाग्न आहान गर्नु भयो । स्मरणीय कुरो के छ भने युक्रेन र रुसबीचको द्धन्द्धलाई समाप्त पार्नका लागि मध्यस्थता गरिदिनका लागि भारतसँंग रुस, युक्रेन, अमेरिका जस्ता देशहरुले पनि अनुरोध गरिसकेको छ । तर युद्ध समापन हुने कुनै संकेतसम्म देखा पर्न सकेको छैन । कोरोना महामारीले निम्त्याएको आर्थिक मन्दी र मानवीय समस्याहरुले गर्दा विश्वका विभिन्न देशहरु वीच संवादहीनताको अवस्था सृजना भएको छ, जसलाई हटाउनु जरुरी छ । भारतले संयुक्त राष्ट्र संघको स्थायी सदस्यताको लागि पनि आफ्नो दावेदारी हुने कुरालाई उठाएको छ र त्यसकार्यमा सबै देशहरुबाट सहयोग प्राप्त हुने अपेक्षा गरेको छ ।
भारत तीब्र रुपमा औद्योगिक विकास र आर्थिक विकास गर्दै लागिरहेको देशको रुपमा आफूलाई चिनाउन थालेको छ । विश्वका महाशक्ति राष्ट्रहरुको ध्यान भारतको विस्तृत बजार र स्थानीय संसाधनहरु माथि रहेको छ । ती देशहरु भारतमा लगानी गर्नका लागि आतुर पनि देखिएका छन् । यस्तो अवस्थामा भारतले आफ्नो आन्तरिक समस्याहरु समाधान गर्दै लग्यो भने भारतका अत्यन्त धनिष्ट र नजिक रहेका देशहरुको अर्थ व्यवस्थामा सकारात्मक सुधारहरु आउन सक्ने कुरा बारे सहज अनुमान लगाउन सकिन्छ ।
तर विश्वको शक्ति सन्तुलनलाई प्रभावित बनाउन सक्ने देशको रुपमा रहेको चीनले भने यसपालिको जी–२० सम्मेलनमा राष्ट्रप्रमुखलाई पठाउन सकेनन् र रुसले पनि राष्ट्रपतिलाई पठाउन आवश्यक ठानेन । यसले गर्दा भविश्यमा शक्ति राष्ट्र सम्पन्न देशहरुबीच टकरावहरु बढ्न सक्ने संकेतहरु पनि देखा पर्न सक्छ । क्षेत्रीय सन्तुलन र स्थायी शान्तिका लागि विश्वको मूल बोकेर बनाइएको जी–२० शिखर सम्मेलनमा भारतले अपेक्षित रुपमा अन्तराष्ट्रिय समर्थन जुटाउन सक्नुमा पनि भारतीय प्रधानमन्त्रीले नरेन्द्र मोदीलाई श्रेय दिन सकिन्छ । भारतलाई अहिले पनि विकसित राष्ट्रको हाराहारीमा पु्ग्न दशकौं लाग्न सक्छ । तर विकसित राष्ट्रका प्रमुखहरुलाई नेतृत्व गर्न सक्नु पनि ठूलो कार्य हो यसलाई कमस्तर आक्न भनें सकिदैन ।