एजेन्सी÷ युगान्डाको एक क्रिस्चियन संस्थाको नवौं वर्षगाँठको अवसरमा संस्थाका ९२६ जना सदस्यहरुले एकसाथ सबैभन्दा लामो समयसम्म ताली बजाएर विश्व रेकर्ड बनाएका छन् ।
राजधानी कम्पालाको एएमए मल्टीपर्पोज हलमा यशुका लागि ताली बजाउने सो कार्यक्रममा थियो । त्यहाँ उनीहरुले लगातार ३ सय १६ मिनेटसम्म ताली बजाएका थिए । सयौं जनाले एकसाथ ताली बजाउँदा आवाजको तीव्रता ८८.५ डेसिबल पुगेको थियो किनकि कीर्तिमान कायम गर्नका लागि आवाजलाई पनि केही चर्को बनाउनुपर्ने थियो । गिनिज बुक अफ वल्र्ड रेकर्डसे आफ्नो इन्स्टाग्राम पेजमा सो कार्यक्रमको भिडियो राखेको छ ।
यसअघि सबैभन्दा पहिले सन् १९९१ मा यस्तो रेकर्ड बनेको थियो । स्पेनी ओपेरा गायक प्लासिडो डोमिंगोको प्रस्तुतिका क्रममा दर्शकहरु खुसी भएर लगातार एक घण्टा २० मिनेटसम्म ताली बजाएका थिए । सन् २०१९ मा दुई घण्टा ५ मिनेट ताली बजाएर कीर्तिमान कायम गरिएको थियो ।