सिरियामा ८० जना नागरिकको ज्यान जाने गरी अमेरिकी सेनाले गरेको आक्रमणलाई सही ठहर गर्न उनीहरू आतंकवादी लडाकुहरू हुन सक्ने गरेको दाबी युद्ध अपराध लुकाउन गरेको प्रयास भएको न्युयोर्क टाइम्सले जनाएको छ ।
१८ मार्च २०१९मा युएस एफ फिफ्टीन इ लडाकु जेट विमानले बागुज शहर निकट महिला तथा बालबालिका बहुल्य क्षेत्र भएको एक नदी तटीय बस्तीमा बम खसाउँदा धेरैको ज्यान गएको थियो ।
न्युयोर्क टाइम्सले शनिबार छापेको समाचार अनुसार सो आक्रमण युद्ध अपराध हो । यो आक्रमणलाई ढाकछोप गर्न सेनाले प्रयास गरेको थियो । यसबारे कुनै अनुसन्धान गरिएको थिएन् ।
यो आक्रमणमा मर्नेहरूको संख्या लुकाइएको थियो ।
अमेरिकाको केन्द्रीय कमान्डले यो आक्रमणमा ८० जनाको ज्यान गएको स्वीकार गरेको सो आक्रमणमा इश्लामिक स्टेट आईएसआईएस नाम गरिएको आतंकवादी संगठनसँग संलग्न हुन सक्ने १६ मात्र रहेको आंशका गरिएको छ ।
केन्द्रीय कमान्डले बाँकी बालबालिका र महिला पनि आतंकवादी हुन सक्ने दाबी गर्दै यो आक्रमणको बचाउ गरेको थियो ।
६४ नागरिकको ज्यान गएको सो घटनालाई स्वीकार गरिएको भए यो आक्रमण अमेरिकी रक्षामन्त्रालयबाट नागरिकहरूको ज्यानजाने गरी भएका निकृष्टतम आक्रमणहरू मध्ये हुने थियो ।
अमेरिकी सेनाले हालै अफगानिस्तानको राजधानी काबुलमासात जना बालबालिकासमेतको मृत्यु हुने गरी गरिएको ड्रोन आक्रमणमा आईएसआईएसका एक जना पनि आतंकवादी नभएको पहिलो खुलासा न्युयोर्क टाइम्सले गरेको थियो ।