विज्ञान/प्रविधि

चन्द्रमाको वायुमण्डलमा एक लाख वर्षका लागि मानिसलाई पुग्ने अक्सिजन

चन्द्रमाको वायुमण्डलमा मानिसका लागि चाहिने प्राणवायु(अक्सिजन) ग्यास प्रयाप्त मात्रामा छैन् तर यसको उपल्लो चट्टानी तहमा अक्सिजनको पर्याप्त मात्रा रहेको एक प्रभावशाली वैज्ञानिकले जनाएका छन् ।
यसको उपल्लो चट्टानी तहमा प्रचुरमात्रामा ग्यास छ । यो ग्यासमा आठ अर्ब मानिसका लागि चाहिने ग्यासमा एक लाख वर्षसम्म पुग्ने अक्सिजन ग्यास रहेको छ ।
अस्ट्रेलियाको साउदर्न क्रस युनिभर्सिटीमा माटो विज्ञानका एक लेक्चरर जोन ग्रान्टले यस्तो व्याख्या गरेका हुन् ।
द कन्भरसेसनमा एक आलेख लेखेर उनले भारी मात्रामा चन्द्रमाका खनिजहरू अक्सिजनसँग कसिलोगरी बाँधिएको अवस्थमा रहेको उल्लेख गरेका छन् ।
ग्रान्टले कडा चट्टानको गहिरो तहमा बाँधिएर रहेको अक्सिजनलाई बेवास्ता गरिएपनि उपल्लो तहमा सजिलै प्राप्त गर्न सकिने अक्सिजन एक लाख वर्षका लागि ८ अर्ब मानिसलाई पुग्ने रहेको दाबी गरेका छन् ।
वैज्ञानिकले एक दिनमा मानिसलाई चाहिने अक्सिजन ८सय ग्राम वा २८ ओज चाहिने आधारमा हिसाब निकालेका छन् । यो ग्यासको मात्रा १० मिटर वा ३३ फिट गहिरो चट्टानी तहमा अक्सिजनको ग्यास गरेहो छ ।
चन्द्रमाको यस प्रकारको चट्टानी तहको ४५ प्रतिशत अक्सिजनबाट बनेको उनले जनाएका छन् । सिलिका, अल्मुनियम, आइरन र म्याग्नेसियम अक्साइड जस्ता खनिज पदार्थबाट यी चट्टान बनेका छन् ।
यी चट्टानमा श्वास लिन सकिने अवस्था छैन तर अक्सिजनको टुक्रा गर्ने प्रक्रियाबाट यसमा बाँधिएर रहेको अक्सिजनलाई श्वास लिन सक्ने अवस्थामा ल्याउन सकिने छ ।
यो धेरै ऊर्जा खोज्छ । दिगो बनाउन सौर्य ऊर्जा वा चन्द्रमा रहेका ऊर्जाका स्रोतको आवश्यकता हुन्छ ।
अस्ट्रेलियाको अन्तरिक्ष नियोग र अमेरिकी अन्तरिक्ष नियोग नासासँग गत अक्टोबरमा चन्द्रमाको चट्टान र त्यसलाई श्वास लिन सकिने गरी टुक्र्याउने विधिको अध्ययन गर्ने सम्झौतामा हस्ताक्षर भएपछि ग्रान्टको यो आलेख सार्वजनिक भएको हो ।
ग्रान्टले यी अक्सिजनलाई इलेक्ट्रोलाइसिस विधिबाट टुक्राउन सकिने र यसका लागि तयार गरिने प्रविधि सन् २०२५सम्म चन्द्रमा पठाउन सकिने गरी कार्य सुरु गरिएको छ ।

Author

You may also like