सिक्किम÷ सिक्किको पाक्किमस्थित याकतेन जिपियुको सभाहलमा सिक्किम गजल मञ्चको चौथो वार्षिक कार्यक्रम तथा १५७ औं मोतीराम भट्ट जयन्ती भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि चुनिलाल घिमिरेले वाचन गरिएका गजल लगायत सिक्किमेली गजलको सञ्चयन संग्रह तयार गरे आफूले प्रकाशन गरिदिने प्रतिबद्धता जाहेर गरेका छन् । साथै आगामी कार्यक्रममा गजल मञ्चले गजल गायनलाई पनि समावेश गरे राम्रो हुने विचार व्यक्त गरे भने गजल रेकर्ड गरेको खण्डमा कुनै दुइटा गजलको म्यूजिक भिडियो निर्माण गरिदिने पनि प्रतिबद्धता जाहेर गरेका छन् ।
भोला विद्रोहीले मोतीराम भट्टको जीवनी माथि प्रकाश पारेका थिए ।गजल मञ्चका अध्यक्ष होमनाथ मिश्रले संस्थाको गतिविधिका बारेमा प्रकाश पारे भने डिल्लिप्रसाद अधिकारीले सिक्किममा गजलको अवस्थाका बारेमा समालोचनात्मक मन्तव्य व्यक्त गरेका छन् ।
कार्यक्रममा सक्किम गजल मञ्चकी परिकल्पनाकार तथा संस्थापक अध्यक्ष जीविका अश्रुका साथै साहित्यकारहरु मोहन गौतम, नीलकमल दाहाल, जीवन छेत्री, बिष्णु केशी, प्रितम दुलाल, किरण मुखिया, भोला विद्रोही, प्रेम नेउपाने, ज्ञानेन्द्र अधिकारी, रुपनारायण तिम्सिना, आनन्द छेत्रीले आफ्ना आफ्ना गजल वाचन गरे। भने पवन बाहुन र रामप्रसाद अधिकारीले कविता वाचन गरेका थिए । पवन बाहुनको कार्यक्रम संयोजन रहेको थियो ।

Author

You may also like