अर्थ देश–समाज मुख्य समाचार

चाडपर्वमा कालोबजारी गर्नेलाई तत्काल कारवाही

दमक/ नेपालको साझा पर्व तीज सकिएसँगै चाडपर्वले घेरेको छ । चाडपर्वको मौका छोपेर व्यापारीहरुले लुट मच्चाउने गरेका छन् । व्यापारिकले चाडपर्वको मौका छोपेर आर्थिक मन्दीमा परेका नेपालीलाई लुट्न नपाउन भनेर पूर्वसन्देश दैनिकले खबरदारी गरिरहेको सन्दर्भमा कालोबजारी हुन नदिने र भएमा कारवाही हुने मुख्य सचिव एकनारायण अर्यालले बताएका छन् ।
चाडपर्वको समयमा वस्तुको मूल्यवृद्धि र अभाव गराउने व्यवसायीहरुलाई सरकारले छुट नदिने उनको भनाइ थियो । कालोबजारी सम्बन्धी ऐनलाई समसामयिक बनाउने, तर सजाय कम गर्न नसकिने स्पष्ट पारे । सरकारले निजी क्षेत्रलाई प्रोत्साहन र सरलीकरण गर्ने तर कुनै व्यक्ति, समूह र संस्थालाई फाइदा हुनेगरी नीतिगत सुधार हुन नसक्ने बताए ।
उनले भने,‘विशेष गरी चाडपर्वमा बजारमा सामान अभाव तथा मूल्य वृद्धि हुने गरेको छ । त्यो विषयमा चेम्बरले आफ्ना सदस्यहरुलाई त्यस्तो गर्न हुँदैन भनेर भन्नुपर्छ । बजारलाई सरकारले सहजीकरण गर्नुपर्ने अवस्था छ । कालोबजारी सम्बन्धी ऐनलाई समसामहिक बनाउनुपर्ने हुन्छ । सजाय कम गर्ने भन्ने हुँदैन । अव्यवहारिक प्रावधानलाई सुधार गरेर लैजान्छौँ। सरकारले निजी क्षेत्रलाई प्रोत्साहन र सरलीकरण गर्ने सन्दर्भमा मेरो भुमिका रहन्छ ।’ उनले चाडपर्वको समयमा कालोबजारी गर्ने व्यवसायीहरुलाई तत्काल कारबाही गर्ने समेत जानकारी गराए ।

Author

You may also like