विचार/वहस

पुख्र्यौली धर्म छाड्नेको हरिबिजोग

सारद तिम्सिना

पुख्र्यौली धर्म छाड्ने अफ्रिकाको हरिबिजोग हेर । पुख्र्यौली धर्म मान्ने मुस्लिम मुलुकको कमाल हेर । मौलिक धर्म छाड्ने १० करोड फिलिपिनिको बिजोग हेर । पुर्खौली धर्म नछाड्ने १ करोड यहुदिको शक्ति र चमत्कार हेर । पुख्र्यौली धर्म छाड्ने सुडानीको पीडा र ब्यथा हेर । पुख्र्यौली धर्म नछाड्ने मारवाडीको कमाल र सफलता हेर । पुख्र्यौली धर्म नछाड्ने तिब्बत बाहिर बस्ने तिब्बतीहरुको कमाल हेर । पुर्ख्यौली धर्म छाड्ने नागा र कुकीको बिजोक हेर । धेरै टाढा नजाऔं, पुख्र्यौली धर्म मान्ने काभ्रेका तामाङ र धर्म परिवर्तन गरेका धादिङका तामाङहरुबीचको भिन्नता हेर ।


धर्म केवल इश्वरमाथिको आस्था मात्रै होइन । धर्म आफैप्रतिको विश्वास हो । धर्म सामूहिक चेतनाको श्रोत हो । सामुहिक दर्शन हो । चिन्तन प्रणाली हो । मानव सभ्यताको अङ्कुरण नै धर्मबाट भएको हो । धर्मले मानिसलाई गुफादेखि डोर्‍याएर औद्योगिक युगसम्म ल्याइपुर्‍यायो । धर्म रेला होइन । जोक होइन । होमो स्यापिन्यसलाई ७० हजार वर्षसम्म भिबम गर्ने चेतना हो ।
मौलिक धर्मले मात्रै वास्तविक चेतको विकास गराउँछ । विवेक खोल्छ । मौलिक धर्मले स्वाभिमान जगाउँछ । आयातित धर्मले वास्तविक चेतको विकास गर्दैन । आयातित धर्मले गुलाम बनाउँछ ।
कन्काई, शरणामती

You may also like