===== मान्छे बिक्रयको माल भइरहेको बेलामा, मान्छेकै भाउ हराएका बेलामा मैले चाहिं जावो ढुङ्गाको महानता लेख्न खोज्दै छु । ढुङ्गाको भाउ पल्टाइरहको छु । ढुङ्गाको माहात्म्य पढिरहको छु ।==== 

 

बाँस्कोटा धनञ्जय

काठमाण्डूको खाडलमा कालो कोट लगाउनेहरुको आन्दोलन भइरहेको थियो । त्यही बेला एउटा कालोकोटे (वकिल) ले हातमा गतिलो ढुङ्गो बोकेर एउटा मान्छेलाई हान्न खोज्दै गरेको फोटो सामाजिक सञ्जालमा भाइरल भयो । अरुलाई अन्याय हुन नदिने भनेर न्याय दिलाउने कसम खाएका वकिलहरुको न्याय दिने र लिने तरिकामा उही ढुङ्गो आइपुगेपछि ढुङ्गाको माहात्म्य नलेखी रहन सकिएन ।

आज मान्छेको मोल हराउँदै गएको छ भनेर कलाकार कराइरहेका छन् । लेखक बर्बराइरहका छन् । अनि मानवतावादी भनिनेहरु सञ्चारमा रङ्गीन छाइरहेका छन् । अर्थात्, मान्छेको मोल हराएको छ । मान्छेकै मोल हराए पछि उसले गरेका त्यागको मोल हुने पनि भएन । उसले गरेका महान भनिएका कार्यहरुको अर्थ हुने पनि भएन । मान्छे कतै राजनीतिको मोलमा बिक्री भएका छन् । कतै व्यापारको मोलमा होटल र बेश्यालयहरुमा बिक्री भएका छन् । अलिक जान्ने हौं भन्नेहरु पनि लोभ र लालचमा बिकेका छन् ।

अर्थात मान्छे बिक्रयको माल भइरहेको बेलामा, मान्छेकै भाउ हराएका बेलामा मैले चाहिं जावो ढुङ्गाको महानता लेख्न खोज्दै छु । ढुङ्गाको भाउ पल्टाइरहको छु । ढुङ्गाको माहात्म्य पढिरहको छु ।

‘तिम्रो मन त ढुङ्गो रहेछ’ भनेर मनलाई ढुङ्गाको उपमा दिनेहरुको कमी छैन । मन ढुङ्गो भएपछि कठोर मान्छेको पगरी लागि हाल्छ । कसैलाई भाउ दिनु पनि परेन । कसैको मन बुझेनु पनि परेन । कसैलाई दयाभाव राख्नु पनि परेन । कसैको दुखमा मन खिन्न पार्नु पनि परेन । कसैको सुखमा उन्मादित हुनु पनि परेन । अनि छेपाराले जस्तो पटक पटक रंग फेनु पनि परेन ।

र सबैभन्दा ठूलो कुरा म मर्छु भन्ने कुराको महसुस हुन पनि परेन । यो संसार मेरो हो, यो सबै मेरो बपौती हो, म भन्दा शक्तिशाली यो दुनियाँमा कोही छैन भन्ने भ्रम टुट्नु पनि परेन । अर्कालाई दुख दिएर आनन्द लिन कसैले छेक्न पनि सकेन । यो दुनियाँको कुरा त के अर्को दनियाँको चिन्ता गर्नु पनि परेन । अर्को जन्मको टन्टा लिनु पनि परेन । यही जन्ममा सबै सोरिसक्न पनि पाइयो । सबै खोसिसक्न पनि पाइयो । सबै खाइसक्न पनि पाइयो । सबै लाइसक्न पनि पाइयो । सबै मोज मस्ती गरिसक्न पनि पाइयो । सबैका काँधमा डण्डा मारिसक्न कसैले छेक्दै छेकेन । रोक्दै रोकेन । सिर्फ दरो मन बनाएर भेटेजति सबै सोर्ने लाइसेन्स पाएको हुन्छ ढुङ्गाले ।

‘ढुङ्गाको मन भइदिएको भए या दुनियाँको लफडामा पर्नु पर्ने थिएन’, एउटा निरास प्रेमीले लेख्यो । उसमा पे्रमील भाव जाग्ने नै थिएन । त्यो भाव नभएको भए यो निराशा आउने पनि थिएन । त्यसैले उसको चाहना ढुङ्गो बन्ने रह्यो । समयको हुरीले छुन नसक्ने, आत्मा बिलिन भएको बस्तु बन्न पाउने थियो । अथवा, कुनै देवस्थलमा दर्शकहरुबाट टीका लगाइदिन्थे । माला लगाइदिन्थे । प्रसाद, अन्न, पैसा टनाटन राखेर जान्थे । निधारै छ्वाएर ढोग्थे । यो सौभाग्य पनि प्राप्त हुन्थ्यो । त्यसैले त मान्छेहरु मान्छे हुनु भन्दा बढी ढुङ्गो हुनुमा रुची राख्छन् । गौरव गर्छन् ।

ढुङ्गो हुनुमा भन्दा बढी आनन्द केहीमा छैन । मान्छेका पीडमा भोज लगाउन जाँगर चल्छ । रक्सी पार्टी गर्न उत्साह हुन्छ । कसैका गाँस काट्न पाउँदा आपूm महान भएको महसुस हुन्छ । कसैलाई रुवाउन पाउँदा आफ्नो ठूलो जीत भएको भान पर्छ । कसैका जीवनका आयामहरुलाई कलंकीत बनाउँदा आफूलाई देवता सवार भएको भ्रम पर्छ । हरपल घृणाका बचनहरु, नकारात्मक सोच र व्यवहार जीवन्त बनाउँदा संसारै बुद्धिजीवी भएको महसुस हुन्छ ।

यसर्थ पनि ढुङ्गो बन्ने होडमा छ यो समय । अनि किनभने ढुङ्गो भाग्मानी छ । उसलाई सबैले प्रेम गर्छन् । किनभने उसले कुनै पनि काम सहजै तमाम गर्छ । म संझन्छु, जति जति आन्दोलनहरु ह्ुन्छन्, त्यति त्यति मान्छेका हातमा ढुङ्गा हुन्छन् । र ती हुईंकिन्छन् मान्छेका टाउका फुटाउन । निधार ढुट्याउन । नाक भत्काउन । तिनले पुलिसका पनि टाउका फुटाउँछन् । अनि बेला बेला ढुङ्गाको भूमिका परिवर्तन भएर पुलिसका हातमा पनि पुग्छन् । पुलिसका हातमा पुगेका ढुङ्गा भाग्मानी । अनि आन्दोलनकारीका हातका अभागी ।

ढुङ्गाको बिम्ब पनि गतिलै छ । तिनका तैतिस कोटी नाम छन् । ठाउँपिच्चछे तिनका नाम छन् । हैसियत छन् । रछ्यानमा थुकेको र मुतेको ढुङ्गालाई पूजा कोठामा राखिदियो, वा मन्दिरमा राखिदियो भने त्यो देवता बन्छ । पाइताला मुनिको ढुङ्गो निधारमा चुम्बन गर्न पुग्छन् । त्यही भएर मान्छे ढुङ्गो बन्न चाहँदो रहेछ । नालीमा फालिएको ढुङ्गो पनि देवता बन्ने अवसर पाउने रहेछ । अर्काको निधार फुटाउने, टाउको फुटाउने, नात्रीबाट रगतको भल बगाउने पनि देवता हुने मौका मिल्दो रहेछ उसलाई । भारतमा बसेर आप्mनै देशको बिरुद्धमा आन्दोलन गर्नेहरुलाई कविवर क्षेत्र प्रताप अधिकारीले ‘पारि बसेर वारि ढुङ्गा हान्नेहरु हो, यो तिम्रै घर हो । तर यो घर निकै कमजोर भइसकेको छ । कुनै पनि बेला फुट्न सक्छ’ भनेका थिए । आज म सम्झिरहेको छु उनलाई । साँच्चिनै यो हामीले आपैm कसैले वारिवाट, कसैले पारिबाट ढुङ्गा हानेर छियाछिया पारिसके छौं । यो ढुङ्गो हान्ने कर्म आज पनि रोकिएको छैन । झन् ढुङ्गाको पदोन्नती भइरहेको छ । सामान्य नागरिकका हातमा हुने ढुङ्गो अव सर्वोच्च अदालतमा बहस गर्ने ‘बरिष्ठ’ अधिवक्ताहरुको हातमा पुगेको छ । हुन सक्छ, त्यो भोलि सांसद, मन्त्रीसम्म पनि आइपुग्ला । उसबेला त्यो ढुङ्गो झनै उन्मादित होला । खुसी होला । अभैm उसको देवत्वकरण होला । आजको भन्दा भोलि उसको हैसियत झनै प्राप्त होला । ऊ आज बन्द कोठामा मात्रै मुस्कुराइरहेको, माटाका चपरीमुनि मात्रै मुस्कुराइरहेको भोलि खुल्ला सडकमा दलबल लिएर जुलुशका साथमा निस्किएला । त्यसबेला कसैले पनि आश्चार्य मान्नु पर्दैन, त्यो उसको जीत हो । अर्थात आजको सच्चा मान्छेको जीत हो । देवताको जीत हो । समयको जीत हो । अर्थात्, ढुङ्गाको जीत हो । अनि हामी पनि ‘ढुङ्गोउत्सव’ को एउटा रंगीन दुनियाँमा प्रवेश गर्ने छौं र आपैmले आपैmलाई ‘महान’ भन्ने छौं । गौरवशाली भन्ने छौं । र अर्काको टाउको, नाक, निधार र खोपडी फुटाउन सगौरव प्रस्तुत हुने छौं । त्यो एउटा अकल्पनीय समय हुनेछ । तर हामीलाई ढुङ्गोत्सवको जुलुसमा बाहेक अन्त कतै जान मनै छैन । यो बाहेक कसैको पनि मोल अहिले छैन ।

धेरै पछि इन्धनको मूल्यले नेपाली बजारमा तरंग ल्यायो । विगतमा केही रुपैयाँ वृद्धि हुँदासमेत चक्काजाम गर्ने विद्यार्थी संगठनको मौनताले होला, इन्धनमा भएको पटक–पटकको मूल्यवृद्धि ठूलो विषय बनेको थिएन । थोरै–थोरै रकम गरेर वृद्धि भएको उक्त मूल्य विगत एक वर्षमा २० प्रतिशतभन्दा बढी वृद्धि भइसकेको छ । ओपेक आबद्ध मुलुकले आपूर्तिमा नियन्त्रण गर्ने नीति लिएपछि बजारमा इन्धनको मूल्य स्वाभाविक रूपमै वृद्धि भएको बुझ्न सकिन्छ । त्यसमाथि अमेरिकाले समेत हालको अवस्थामा कच्चा तेल आपूर्तिमा नियन्त्रण गरेको बुझिन्छ । इन्धनमा भएको मूल्यवृद्धि अहिले नेपालको मात्र नभएर समग्र विश्वबजारको समस्या भएको छ । भारतीय विश्लेषक विवेकानन्द सुब्बर्मानले भनेअनुसार कच्चा तेल उत्पादकहरूले हाल तेल उत्पादन बन्द गरेर, मूल्यवृद्धिको प्रतीक्षामा रहेको र उच्च मूल्यमा भोलि खरिद हुने अपेक्षा राखेको भनी बुझाउँदै गर्दा नेपालमा समेत यसको प्रत्यक्ष प्रभाव परेको देख्न सकिन्छ ।

सुनको मूल्य केही समयअगाडि एक लाखमाथि पुगेको थियो, तर त्यसमा त्यस्तो विरोध कतै भएन । सुन विलासी वस्तु थियो, सक्नेले खरिद गर्थे, नसक्नेले गर्दैनन् वा कम खरिद गर्थे, तर हाल इन्धनलाई विलासी वस्तुअन्तर्गत समावेश गर्न पाइँदैन । नेपालमा मध्यम वर्गका निमित्त अपरिहार्य वस्तु हो इन्धन । मोटरसाइकल तबमात्र विलासी वस्तुअन्तर्गत पथ्र्यो, यदि यहाँ सार्वजनिक यातायात व्यवस्थित र सहज हुन्थ्यो । आफ्नो कार्यक्षेत्र जानका निमित्त मोटरसाइकल मध्यम वर्गका निमित्त आवश्यक वस्तु हो । त्यसैगरी खाना पकाउन होस् या सावर्जनिक यातायातका निमित्त होस्, चाहिने ग्यास र डिजेल पनि आवश्यक वस्तुअन्तर्गत पर्छ । हिजो विश्वबजारमा सुनको मूल्य वृद्धि भइरहँदा नेपालमा पनि सोही अनुपातमा वृद्धि भएकै थियो, तर त्यसलाई सबैले स्विकारेका थिए । तर, विश्वबजारमै वृद्धि भइरहेको इन्धनको मूल्य नेपाली समाजलाई चिन्ताको विषय भएझैँ देखिन्छ ।

विश्वभर खाद्यवस्तुको मूल्य अहिले १० वर्षकै उच्च रहेको संयुक्त राष्ट्र संघले जनाइसकेको छ । त्यसमाथि पनि नेपालीहरू यति बेला चरम महँगीको सिकार भइरहेको अवस्था छ । चाडपर्वको समयमा यसै पनि नेपाली बजार महँगीको एउटा हदसम्म पुग्ने गर्छ र सोही प्रक्रियाअन्तर्गत यतिबेला तरकारी, फलफूलदेखि हरेक वस्तुको मूल्य अकासिएको छ । खाने तेलको मूल्यले यस वर्ष आफ्नो नयाँ कीर्तिमान बनाएको छ । बढ्दो महँगीको समयमा भएको इन्धनको मूल्यवृद्धि नेपाल आयल निगमको बाध्यता थियो भन्नेबारे सबैले बुझ्न नसकेको हुन सक्छ । आखिर कोठामा डेरा गरेर बस्ने ती विद्यार्थीलाई ग्यासको मूल्यवृद्धिले सताएको हुन्छ, भित्री तथ्यले हैन । हो, नेपालमा इन्धनको मूल्य अहिले पनि भारतसँग तुलना गरेर हेर्दा महँगो भन्न मिल्दैन । अझै पनि नेपालबाट इन्धन खरिद गरी भारतमा कालो बजारी गर्नेहरूको समाचार पनि बेलाबखत सुनिने गरिएकै हो, यद्यपि नेपालको आयस्रोतलाई तुलना गर्ने हो भने हालको तीव्र गतिको मूल्यवृद्धि नेपाली सर्वसाधारणलाई पीडादायी नै छ— कर्मचारीलाई होस्, विद्यार्थीलाई होस्, यातायात व्यवसायीलाई होस् या पठाओ राइडरलाई !

विरोध गरिरहँदा इन्धनको मूल्यवृद्धि तत्काल सम्बोधन गर्न वास्तवमै कठिन छ । रातारात नेपाली जनता विद्युतीय ऊर्जामा रूपान्तरित हुन सक्दैनन् । होला, केही सीमितले माइक्रोवेभ र इन्डक्सन प्रयोग गर्ने होलान्, तर अहिले नेपालको दुर्गम भेगमा समेत ग्यासकै प्रयोग हुन्छ । होला, अहिले केही सीमितले विद्युतीय गाडी प्रयोग गर्लान्, तर समग्र मुलुक पेट्रोल र डिजेलकै सहारामा चलिरहेको छ । थोरै–थोरै रकम गरेर मूल्यवृद्धि भएको इन्धनले समग्र क्षेत्र— होटल, यातायातदेखि पर्यटन र उद्योग–कलकारखानालाई समेत प्रभाव पार्ने गरेको भेटिन्छ ।

इन्धनमा भएको मूल्यवृद्धिको समस्या तत्काल समाधान गरी नेपालीलाई सुपथ मूल्यमा उपलब्ध गराउन सक्ने अवस्था नेपाल आयल निगमको छैन । आफंै पेट्रोलमा १७।५८, डिजेलमा १३।१४ र ग्यासमा ६५७।८४ घाटामा रहेको यस संस्थानबाट सर्वसाधारणले मूल्य घटाउने अपेक्षा राख्नु हँुदैन । विक्रेताले छुट्याएको नाफा पनि सामान्य रहेको हुँदा त्यसबाट समेत कुनै रकम कटौती गर्न मिल्दैन । यहाँ ढुवानी भाडा र निगमको खर्च शुल्क सामान्य छ । उच्च मूल्य भनेको राजस्व तथा करमा रहेको देख्न सकिन्छ । इन्धनको मूल्यभन्दा आधाभन्दा बढी रकम राजस्वमा थुप्रिएको देखिन्छ, जसमा सरकारले तत्कालीन वा दीर्घकालीन नीति लिएर जनतालाई यस मूल्यवृद्धिको सिकार हुनबाट जोगाउन सक्छ ।

बजारशास्त्रमा एउटा सिद्धान्त छ, ‘प्राइस डिफ्रेन्सिएसन’ अर्थात् मूल्य भिन्नता, सोही वस्तु वा सेवाको निमित्त विभिन्न ग्राहकलाई विभिन्न मूल्य तोक्ने प्रक्रियालाई मूल्य भिन्नता भनिन्छ । भारतीय रेलवेमा विभिन्न प्रकारको सिट हुने गर्छ । गन्तव्य एकै भएता पनि प्रथम श्रेणीको एसीमा बस्ने, द्वितीय श्रेणीमा बस्ने, स्लिपर श्रेणीमा बस्ने र लोकलतिर बस्नेको मूल्यमा आकाश जमिनको भिन्नता रहेको हुन्छ । सायद यसैले गर्दा होला, भारत अधिराज्यभरि रेल्वे सहज र सबै जमातमा लोकप्रिय छ । नेपालमा यदि इन्धनलाई आवश्यक वस्तुअन्तर्गत सूचीकृत गरिने हो भने सोही प्रकृतिको विभाजनले सायद धेरै सन्तुलन ल्याउन सक्नेछ । नीलो ग्यास र रातो ग्यासको अवधारणा, यथार्थमा चित्रण हुन नसकेको पाठलाई थप अध्ययन गरेर सोहीअनुरूपको वर्गीकरण गर्न सकिन्छ । सवारी साधनको राजस्व यदि सोही नियमअनुरूप निर्धारण गर्न सकिएको छ भने इन्धनमा पनि सम्भाव्यता अध्ययन गरी निचोड अवश्य निकाल्न सकिनेछ ।

दिगो रूपमा नेपालीले इन्धनको विकल्प सौर्य ऊर्जा र विद्युत्लाई आधार बनाउन आवश्यक छ र सोहीअनुरूपको नीति अवलम्बन गर्नसमेत आवश्यक छ । तर, हाललाई, मूल्यवृद्धिको सिकारबाट नेपालीलाई सुरक्षित राख्ने सायद राज्यकै अभिभारा पनि हो ।

You may also like