बिगतमा संक्रमितको संख्या कति थियो भन्ने कुराको हेक्का राख्नु जरुरी छ । यतिमात्रै होइन किनमेलका निम्ति बजार निस्कँदा होस या दर्शनका लागि शक्तिपीठहरु पुग्दा लिङ्गेपीङ्ग, रोटेपिङ्ग जस्ता गाउँ–टोलमा जम्मा भएर खेलिने खेल खेल्दा होस् हरेकले स्वास्थ्य सुरक्षाका सम्पूर्ण उपायहरु अनिवार्य रूपमा अपनाउनु पर्छ । ताकि यिनै क्रियाकलापहरु भोली संक्रमण फैलाउने अवसर नबनून् ।
ओमप्रकाश गौतम
======================================
हामीलाई खुशी बाँड्न हरेक पर्वहरु आउँछन, जान्छन् । कसैलाई खुसी र कसैलाई दुःखी तुल्याएर, के गर्नु दुःख सुख जे भएपनि सबै नेपालीहरुले आ–आफ्नो पर्व मनाउनै पर्दो रहेछ, गच्छे अनुसार घाँटी हेरि हाड निल्नै पर्दो रहेछ । यो नै असली जीवन रहेछ । दुईदिने जिन्दगीमा मरेर लानु के छ र ? आँसुलाई अर्पण गरेरै भएपनि जीवन ज्यून सकेमात्र यो अमूल्य जीवन आहलादित बन्दो रहेछ । जिन्दगीलाई नजिकबाट चिन्न र ज्यून जान्न सक्नुपर्छ ।
सदभाव, सहिष्णुता, सहकार्य, मेलमिलापले मात्र जीवन सुखी रहन्छ । यिनै खुसी साटनका लागि अनेकन पर्वहरु आउने जाने गर्छन् । बिबिधतामा एकता भएको हाम्रो देश बिश्व मानचित्रमा सानो देश भएनी हाम्रो देशलाई बिश्व सामु चिनाउने अनेकन सम्पदाहरु, कलाकृति, मठमन्दिरहरु छन् । विभिन्न जाति–जनजातिहरुको बेग्लै पहिचान बोकेका कला र संस्कृति छन् । सबै जातजातिहरुले आफ्नो भाषाको संरक्षण गरेका छन । बिदेशबाट यही दृश्यावलोकन गर्नका निमित्त धेरै पर्यटकहरु नेपाल भित्रिन्छन । यसरीनै शुरु भएको हुनालेनै हाम्रो देश हामी नेपालीहरुलाई प्राणभन्दा प्यारो लाग्छ ।
हामीलाइ रमाइलो प्रदान गर्नका निमित्त विभिन्न पर्वहरु प्रत्येक बर्ष आउने गर्छन् यही आउने क्रममा हाम्रो शुभ दशैंपनि सकिसकेको छ । बिशेषत यो शरदको मौषमनै उसै उत्सवमय भएर हामीबाट टाढा भएको छ । मनसुनी वर्षा सकिएको छ, घामलागेर जीवन उज्यालो भएको छ । दिनहरु रमाइला र घमाइला बनेका छन् । घाम र शीतल दुबै प्यारो लाग्ने यो याममा प्रकृतिक वातावरण नै आनन्ददायक छ । त्यसमाथि थरीथरीका फूलहरु फूल्दैछन्, फलहरुमा दाना भरिदैछन् । खेतका फाँटहरुमा धानका बालाहरु झुल्दैछन् । देशकै प्रमुख पर्वहरु यही शरद ऋतुमा पर्नु हाम्रो प्रकृति, पर्यावरण, खेतीपाती र संस्कृतिको सुखद संयोग पनि हो । यो खुसीको मौसममा यति बेला हामीले बडादशंै पनि यो कहरकै बेलामा मनाइसकेका छौं । अब बाली भित्र्याउने तरखरमा छौ । मित्रता, भाइचारा, पुनर्मिलन र आपसी सम्मान (प्रेमको यस पर्वमा हामी बृहत पारिवारिक हर्षोल्लासमा निमग्न छौं ।
त्यसो त २०७६ पुसबाट सुरु भएको कोरोना भाइरसको महाब्याधीले यो पर्वको रौनकलाई पनि प्रभावित तुल्याइदिएको छ । बैशाखयता मात्र ८ हजार जनाभन्दा बढीको निधन यही महामारीका कारण भएको छ । तिनको परिवार तथा प्रियजनहरु यति बेला आफन्त गुमाएको वेदनामा छन् । अर्कोतर्फ संक्रमण फैलन सक्ने सम्भावनाका कारण सतर्कता अपनाउनुपर्ने आवस्यकता पनि उत्तिकै छ । ज्यान रहे अर्थात स्वस्थ्य भइराखे पर्वहरु फेरि–फेरि पनि मनाउन सकिन्छ । जीवनलाई नै जोखिममा धकेल्नेगरी चाड मान्नुको के अर्थ ? त्यसैले स्वास्थ्य सवालमा सावधान रहनुपर्ने खाँचो यतिबेला आएको छ । हिजोआज तपाईं प्रत्येक क्षेत्रमा जानुस् कहींकतैपनि स्वास्थ्य मापदण्ड अपनाएको देखिन्न ।
भीडभाड खचाखच छ । मेला, फनपार्क खुलमखुल्ला छन् । न अनुगमन छ, न नियमन । अखाद्य वस्तुको अनुगमन हुँदैछ भन्छ स्थानीय सरकार, त्योपनि प्रभावकारी छैन । अनुगमनमा के पाइयो सार्वजनिक गर्न सकेको र गलत देखिएकालाई कार्वाही गरेका प्रमाण पारदर्शी छैनन् । वार्ड अध्यक्ष र गाउँपालिकाका कर्मचारीले यसो अनुगमन गरिएको देखियो त्योपनि प्रभावकारी देखिएकै छैन । सार्वजनिक यातायातमा भीड बढ्दो छ । मास्कको प्रयोग विरलै देखिन्छ, त्यो पनि नियमपूर्वक छैन । कसैलेपनि प्रयोग गरेको देखिन्न । गतवर्ष त यो चाड यही महामारीकै कारणले झनै फिक्का– फिक्काजस्तै थियोे । २०७८ का यी पर्वहरुमा कोभिड –१९ विरुद्धको खोपका कारण मानिसहरुमा आत्मविश्वास बढेकोले हुन सक्छ रौनक भने सबैमा बढेको देखिन्छ । बजारको भीड र काठमाडांैबाट जिल्ला–जिल्लामा फर्कनेको ताती हेर्दा यही आभाष हुन्छ कि हिजो नि उस्तै भीड आज नि उस्तै भीड बढदो छ ।
निजी सवारी साधन र माइक्रो बस र नाइट तथा दिवा सेवामा दोब्बर दस्तुर तिरेरै भएपनि सिन्डिकेट प्रथामा जानै र पुग्नैपर्ने बाध्यता छ धेरैको यस्तै भीडभिडैमा बाँचेको र हाँसेको यो खुसी सबैमा बाढ्न सक्नुपर्छ । हामीले यो भुल्नुु हुन्न कि करिब २० प्रतिशत मात्र दुबै खोप लगाउन पाएका छन् । खोप लगाउनुपर्ने जनसङ्ख्या अझै ठूलो छ । फेरि खोप लगाएकैले पनि स्वास्थ्य सावधानीमा हेलचेक्र्याइ गर्नु घातक हुन सक्छ । खोप लगाइ नसकेकाहरु त अझ सतर्क रहनु अपरिहार्य छ । अर्कोतर्फ, अहिलेपनि दैनिक ५ सयदेखि हजारसम्म संक्रमित भइरहेको तथ्य पनि हामीले सम्झनै पर्छ ।
बिगतमा संक्रमितको संख्या कति थियो भन्ने कुराको हेक्का राख्नु जरुरी छ । यतिमात्रै होइन किनमेलका निम्ति बजार निस्कँदा होस या दर्शनका लागि शक्तिपीठहरु पुग्दा लिङ्गेपीङ्ग, रोटेपिङ्ग जस्ता गाउँ–टोलमा जम्मा भएर खेलिने खेल खेल्दा होस् हरेकले स्वास्थ्य सुरक्षाका सम्पूर्ण उपायहरु अनिवार्य रूपमा अपनाउनु पर्छ । ताकि यिनै क्रियाकलापहरु भोली संक्रमण फैलाउने अवसर नबनून् । स्वास्थ सावधानी अपनाउन सक्यौ र संक्रमणबाट जोगियौभने हाम्रा आगामी दिनहरु पक्कै अझ उत्सवमय बन्नेछन् । त्यही भएर यो दशंै तिहार र छठलाई पर्याप्त सावधानीका साथ सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुले मनाऔं ।
यही दशैं तिहार मनाउने क्रममा गत कार्तिक यता बर्षातका कारणले सयौंको मृत्यु हुनु र कैयौं बिगाहा पाक्न लागेको धान र काटीसकेको बालीनाली पूर्ण रूपमा नष्ट भयो । यस्तो प्रसव पीडामा आगामी दिनमा शुभ दीपावली पर्व लगायतका अन्य पर्व आउन लाग्दा तमाम नेपाली जनता राहतको पर्खाइमा छन् । राहत र क्षतिपूर्ति सरकारले देला या नदेला त्यो भने हेर्न बाँकिनै छ ।
प्रकृतिले यो मानवीय पीडा सबैलाई दिँदादिँदै आउँदै गरेका पर्वहरु दुःख भुलेर भएपनि मनाऔं । आ–आफ्नो गच्छे अनुसार आउँदै गरेको शुभ दीपावली, नयाँ सम्बत, छैठ पर्व हर्षोल्लासका साथ तमाम नेपालीहरुले मनाऔ । यो कलमीको हजुरहरु सबैलाइ शुभकामना ।