देश–समाज विचार/वहस

दशैं, सभ्यता र राजनीति

         भारतमा सभा अर्व हिन्दु छन्, तर ती न त दशैंमा चामलको रातो टीका लगाउँछन्, न त तिहारमा भाइ टीका लगाउँछन् । तर ती हिन्दु हुन् । अनि नेपालीहरुले टीका लगाउँदा ‘हिन्दुहरुको’ भनेर बिरोध गर्नेहरुलाई यति कुरा थाहा हुनु पर्दैन ?

====================

बाँस्कोटा धनञ्जय

कोरोना भाइरसको कुरुप आक्रमणपछि थिलथिलिएको हाम्रो सामाजिक मनोविज्ञान र अर्थतन्त्र खेपिरहेको यो समय पनि अहिले दशैंको रंगीन र संगीन कोलाजले पुरै पोतिएको छ । यसपालीको दशैं घरभित्र छिरिरहंदा ती अतितका दिनका दशैंका परिदृष्यहरु मनभभरी रंगिएर आइरहेका छन् अहिले ।
उसबेला म आठ बर्षको थिएं । हामी दशैंको खैलाबैला सुरु भएपछि मनले, उत्तेजनाले, भावनाले र उद्दिग्नताले भरिन्थ्यौं । घटस्थापनापछि दशैंको छुट्टी भएपछि हाम्रो दिनचर्या परिवर्तन हुन्थ्यो । घटस्थापनादेखि कोजाग्रत पूर्णिमासंम हामी यो दुनिंयाँको सबैभन्दा रंगिन र संगीन घडीमा हुन्थ्यौं । हजुरआमाले जमरा राखेको ठाउँसबैभन्दा पवित्र र कोमल लाग्थ्यो । त्यही पवित्रतामा हाम्रो सांस्कृतिक विरासत झल्कन्थ्यो । त्यो अँध्यारो कोठामा हजुरआमाले उज्यालोको कामना गर्नुहुन्थ्यो र त्यो उदेक लाग्दो थियो । हामी त्यो निश्पट्ट अँध्यारोमा उज्यालो देखेर रमाइरहन्थ्यौं । हामीले अँध्यारोमा उज्यालो देख्न त्यही दिनबाट सिकेका हौं । कालो अन्धमुष्टिमा उज्यालो देख्ने चक्षुकहरुको निर्माण भएको समय हुन्थ्यो दशैंको दुर्गा पूजा । उज्यालोमा उज्यालो नदेख्नेमान्छेहरु बिहानदेखि बेलुकासंम अर्काको सुन्दरता नङ्याउन नपाउँदा टोलटोलमा बिहानदेखि बेलुकासम्म रोएर बाँचेका हुन्छन् । तिनले उज्यालोमा पनि उज्यालो देख्न सक्दैनन् ।
चिउरा कुटनलाई खडकुँडामा धान भिजाउन लागेको दृष्य उत्तेजक लाग्थ्यो । चिउरा अरुबेलामा पनि कुटेर खाइन्थ्यो, तर यसैबेलाको चाँहि किन बिशेष हुन्थ्यो, थाहा थिएन । हुन सक्छ, तयो माहौल बनेर होला । सबैका घरमा त्यो दशैं भित्रिने भएर होला । हामी कहिल्यै नआएको, कहिल्यै नफुटेको मुस्कान छोडथ्यौं । धान भिजिसकेपछि चिउरा कुटनेको भीड हुन्थ्यो । गाउँका सारा ढिकीहरुबाट निस्किएकोे आवाजले वारीपारीको सम्वाद गरिरहेको हुन्थ्यो । कसका घरमा धेरै ढिकी चल्ने भनेर अघोषित प्रतिश्पर्धा हुन्थ्यो । आमाले चिउरा भिजाउन थालेपछि हामी नाच्थ्यौं आँगनमा । केही दिनमा घरमा लुगा सिउने वालीघरे दमाई कल बोकेर आउँदा हाम्रा खुट्टा भुईँमा हुदैनथे । हामी ठूलो युद्ध जितेर आएको सिपाहीको जस्तो मोहीत हुन्थ्यौं ।
अझ हाम्रो उत्तेजना पाथीभराको चुचुरो जस्तै उचालिएर आउँथ्यो । हामी एउटा भब्य रंगीन दुनियाँमा हुन्थ्यौं जव वारीपारी गीतको भाकामा सुसेली हाल्दै, सुइ पार्दै, ढाकर बोक्नेहरुको ताँती देखिन्थ्यो । ती मुन्धुम अनुसार ढाकर भरेर जिन्दगीको यात्रामा निस्किन्थे । ती दशैंदेखि गाइतिहारे औंशीसंम त्यसरी यात्रामा निस्किन्थे । खोलाघारीका मंगला दाई पनि यसरी निस्किन्थे यात्रामा । त्यो यात्रा कुनै टाढा र नौलो ठाउँको थिएन । कुनै अन्वेषणको लागि थिएन । ती रविन्सन क्रुशो पनि थिएनन् । ती भास्को डी गामा पनि थिएनन् । ती कोलम्बस पनि थिएनन् । अनि ती लाखौंको संख्याका मंगलाहरु थिए । धान नाचको गीतको धुनमा उन्मूक्त भएर गाएको तिनको त्यो ऊर्जाशिल आवाजले पहरो गुञ्जयमा हुन्थ्यो । डाँडाकाँडा प्रतिध्वनित हुन्थ्यो । ती सुईकककपारेर सुसेल्थे । वारिपारी सबै सुनिन्थ्यो । अनि बर पीपलको चौतारीमा थकाइ मार्न ढाकर बिसाएर बस्थे ।
तिनको ताँतीले बोकेर ल्याएको उत्साहपूर्ण दशैंको ग्ल्यामर हामी विश्वको उच्चतम रंगीन दुनियाँ ठानेर हेथ्र्यौं । तिनका ढाडमा ढाकर हुन्थ्यो । ढाकरमा भित्र अन्य खानेकुराहरु हुन्थ्यो । अनि माथिवाट सुँगुरका खुट्टा ठाडा पारिएका हुन्थे । ती सुँगुर मारेर, तिनको रौं, भूँडी निकालेर सफा पारेर नफोरी सिङ्गै उत्तानो पारेर खुट्टा चाहिं ढाकरको बिटमाथि देखिनेगरी राखेर ती मंगला दाई ससुराली जान्थे । उनी त्यो भारी आपैंm नबोक्ने र उनका साथीले बोक्ने गर्थे । उनी श्रीमतीसंग जिस्किँदै हिंडथे, गीत गाउँदै र सुसेल्दै हिंडथे, राम्रा राम्रा लुगा लगाएर हिँडथे ।
तिनले गाएका गीतहरु अहिले पनि गुञ्जिन छाडेका छैनन् । तिनले ठाडा पारेर बोकेका सुँगुरका खुट्टाहरु अहिले पनि म देखिरहेको छु । मंगलादाईले छोडेको मुस्कान म अहिले पनि देखिरहेको छु । उनले सुसेलेको आवाज हराएको छैन अभैm मवाट । तिनले ढाड गले पछि वर पीपलको चौतारामा ढाकर विसाएर घण्टौं भलाकुसारी गरेको दृष्य यत्तिछिटो डिलिट कसरी हुन्थ्यो ? तिनले ढाकरवाट खानेकुरा झिकेर खान्थे । अनि रमाउन थाल्थे । तिनका जीवनका फूलहरु फुल्न थालेका हुँदारहेछन् ।

सारा तिक्तताहरु बिर्षिएर तिनले गमलामा फूल रोप्थे । तल सुसाइरहेको फेमे खोलाको जस्तै तिनको प्रेम निश्कलंक र पवित्र भएर बगिरहन्थ्यो । हामी हेरिरहन्थ्यौं । पारी भुस्पाते डाँडामाथि देखिएको क्षितिज जस्तै अनन्त र अमर तिनको नाता र संबन्ध त्यो यात्रावाट गाँठो परेर आउँथ्यो । त्यो दुनियाँको कुनै पनि ताकतले फुकाउन सक्दैनथ्यो । अनि ती देउरालीका मूर्ति र ढुंगा जस्तै अजर र अमर भएर बस्थे । हरियो चौरमा पल्टिएर आराम गर्दा तिनको मन कति आनन्दित हुन्थ्यो होला ? त्यो पल्टाई आजका महंगा तारे, र डिलक्स होटलका एयरकन्डिशन र फ्री वाइफाई इन्टरनेट सुविधा पाएका अंध्यारा कुना भन्दा कति आनन्दमय थियो होला ? टी.भी. र इन्टरनेटका कृतिम संसारले मान्छेका प्राकृतिक मनलाई पर खोलामा लगेर बगाइदिएको छ । अनि हामी सभ्य भएको ढोंग पिटछौं ।
ती मंगला दाइहरुकोे त्यो दशैं कोलाज रंगहरुले भरिएको हुन्थ्यो ।
हाम्रो दशैंको रंग सदभावले भरिएको हुन्थयो । मायाँ र स्नेहले भरिएको हुन्थ्यो । भावनाले भरिएको हुन्थ्यो । दशैंका बजारहरु रंगिएका हुन्थे । टाढा रहेका परिवारजनहरु सरकारी विदा भएपछि झोला र ब्रिफकेश बोकेर घरघरमा आगमन हुन्थ्यो । बर्षदिनसंम पराइ भएका आफन्तहरुको आगमनले घरका पेटीहरु म्ुासकुराउन थाल्थे । घरका मूल ढोका तिनलाई पर्खिएर बसेको बर्षौं भएको हुन्थ्यो । तिनका विस्तारामा माकुराले जालो लगाएर राज गरेको पनि बर्षौं भएको हुन्थ्यो । तिनका परिवारले आँखा त्यतैतिर तेस्र्याएको पनि लामै समय भएको हुन्थ्यो । ती आज घरका सारा उडेका रंगहरुलाई रंग भर्न घरघरमा आइपुग्थे । तिनले आफ्ना मान्यजनहरुबाट आशिर्वाद लिएर जीन्दगीको लामा यात्रा तय गर्ने विशाल उत्कण्ठा बोकेर घरमा आउँथे । तिनले सोच्थे, दशैंमा आशिर्वाद लियो भने चन्द्रमाकोपनि यात्रा गर्न सकिन्छ ।
यो दशैंले सिज्र्याएका तरंगहरु मान्छेको ढुकढुकी हुन्थे ।

यसले टाढा भएका मनहरुलाई एकाकार गराउँथ्यो। आजको भौतिकवादी तनावले गाँजेको मान्छे हरपल ‘अमेरिकन् ड्रिम’ अर्थात पैसाको लागि तँछाड मछाड गर्ने प्रतिश्पर्धामा पनि अलिकती मन साँचेर घरलाई ल्याइदिन्थे । समानताको विकास भनेकै सामाजिक एकाकार हो । पारिवारिक एकाकार हो । साक्षातकार हो । यही साक्षातकारमा हामी र हाम्रो विरासत चलेकोे हुन्छ । त्यही सोच्थे मान्छेले । परिवारका सवैजना भेला भएर एकैठाउँमा टीका लगाएर सामूहिक भोजन गर्ने र पिङ्ग खेल्न जाने चाँजो पाँजो मिलाउँथे । हामी सवै पिङ्गमा झुण्डिन्थ्यौं ।
पिङ्गमा चढेर कराउँदाको उत्तेजना, उन्मिूक्ति, ताप र राप कहिल्यै कमी हुँदैनथ्यो । फेरी उही रोटे पिङ्गमा मंगाला दाई हुन्थे । उनी त्यो पिङ्गका निर्माता र ब्यावस्थापक । उनी मान्छेलाई खेलाउँदै पठाउँथे । छेवैमा लिङ्गे पिङ्ग हुन्थ्यो । दोहारी खेल्थे युवायुवती । तिनका सुकिला लुगामा उडेको तिनको शरीर हेरेर मान्छे रमाउँथे ।

गाउँका मान्यजन नभएको मौका पारेर ती पिङ्गमा जोडी जोडी भएर झुण्डिन्थे । अनि धान नाचको गीतमा रम्थे । केटी लजाउँथे तर केटाले तिनलाई जवरजस्ती पिङ्गमा उठाउँथे । अनि सवै ताली पडकाएर तिनलाइ मच्चाइदिन्थे । त्यो शरीरका सवै भावभंगेनीमा कंपन उत्पन्न गराउने हुन्थ्यो । त्यो कंपन आजका कुन फिलिम र सिरियल हेर्दा उत्पन्न हुन्छ ? कुन गीत सुन्दा उत्पन्न हुन्छ ? कुन बजारको कृतिम सजावटमा राखिएका कृतिम मानवको दृष्य देख्दा हुन्छ ? त्यसरी पिङ्गमा चढाइदिएकी सोल्टिनीका हात समातेर दोहोरी पिङ्ग खेल्दा खेल्दा दुलही बनाएर घरमा ल्याए र तिनैसंग जीवन विताउनेहरुका कथा कति आनन्दमयी हुन्छन् ? त्यो प्रेमलीलालाई ताली पडकाएर स्वागत गर्ने त्यो दुनियाँ पोइल गएको छ अरे आजकल ।
त्यो विरासत आज क्रमशः भत्किंदै गएको छ । मक्किदै गएको छ । म अहिले यी गल्र्याम्मै ढल्दै गरेको देखिरहेको छु । आजकर्ल ढाकरमा सुँगुरका खुट्टा ठाडा पारेर ससुराला जाने संस्कृति मरणसन्न भएको छ । कोही ढाकर बोक्दैनन् । सुँगुरका खुट्टा ढाडा पारेर पनि हिंडदैनन् । पिङ्ग बनाउन र खेलाउन पनि छाडिसके । युवायुवती भेला भएर मुक्तकण्ठले नहाँसेको लामै भएछ । दोहोरी पिङ्ग नखेलेको शदियौं भएछ । आज उनीहरु त्यो संवेगात्मकतालाई छाडेर राज्य खोज्दैछन् । राज्य चाहिने भएछ । शक्ति चाहिने भएको छ । तिनको त्यो इतिहास तिनलाई चाहिएन रहेछ । तिनले रोपेका यी मानवीय अन्तस्करणहरु तिनैले जातीय नारामा साटन थालेछन् । तिनले दोहोरी खेल्दा पडकाइदिने तालीहरु तिनका ‘दुष्मन’ भएछन् । सामन्ती भएछन् ।

शोषक भएछन्। अनि मान्छेको संवेगात्मकता राजनीतिमा स्खलित भयो । किनभने दशैं, तिहार, तीज जस्ता चाडहरु हिन्दूहरुका मात्रै चाड होइनन् । ती समग्र नेपालीहरुका चाड हुन् । भारतमा सभा अर्व हिन्दु छन्, तर ती न त दशैंमा चामलको रातो टीका लगाउँछन्, न त तिहारमा भाइ टीका लगाउँछन् । तर ती हिन्दु हुन् । अनि नेपालीहरुले टीका लगाउँदा ‘हिन्दुहरुको’ भनेर बिरोध गर्नेहरुलाई यति कुरा थाहा हुनु पर्दैन ? हामी मूर्ख तर्कलाई सत्य मान्छौं, यही भइरहेको छ नेपाली राजनीतिमा ।
अहिले मंगला दाइ मेरो नोष्टाल्जीयाको भण्डार हुन्, जसको ढोका उघारिसकेपछि मेरो मनको भण्डार खचाखच भरिन्छ । आज देशैभर यस्तै मंगलादाईहरु जन्मिाइएछन्, ती त्यो ह्दयस्पर्शी मानव सदभाव र संबन्धलाई धारेहात लगाएर आँफूलाई अग्रगामी भनिरहेछन् । अनि यी सवै विरासत नष्ट गरेर राष्ट्रियताको मुरली फुक्ने विसंगत पात्रहरु गाउँगाउँमा छिरेका छन्। मानवता भन्दा ठूलो राजनीति होइन । मानवीय राजनीति होस, सामाजिक रंगमा बागमतिको ढल नमिसाइयोस, यत्ति कामना गरे यो देशको भलाइ होला ।बडादशैं २०७८ ले हाम्रा बुद्धिको बिर्को उघारोस ।

 

 

 

You may also like