समाचार

दर्जी परिवारलाई कारितासको सहयोग

सुरुङ्गा/दुबै मिर्गाैला बिग्रिएर मृत्यु वरण गरेकी झापाको कनकाई नगरपालिका–३ रेडक्रस टोलकी ३१ वर्षीया सुधा दर्जी (यसोदा) को परिवारलाई कारितास नेपालले २५ हजार रुपैँया आर्थिक सहयोग गरेको छ । सुधाको घरमै पुगी कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, कारितास नेपालस्थित सुरक्षित वैदेशिक रोजगारी परियोजना अधिकृत हिमालय अधिकारी, परियोजनाका कनकाई नगरपालिकाका वरिष्ठ सामाजिक परिचालक विवेश शिवाकोटी , कनकाईका सामाजिक परिचालक होमप्रसाद भट्टराई, नेपाल पत्रकार महासंघ प्रदेश समिति सदस्य लीलाराज झापालीले दुःखद अवस्थामा रहेको दर्जी घरमै पुगि उक्त रकम हस्तानतरण गरेका हुन् । कारितास जर्मनको सहयोगमा उक्त रकम सहयोग गरिएको परियोजना अधिकृत अधिकारीले जानकारी गराए  ।
कारितास नेपालले कनकाई नगरपालिकाको समन्वयमा कनकाईका ३ वटा वार्डहरुमा सुरक्षित रोजगारी परियोजना संचालन गर्दै आएको छ । सुधाका श्रीमान प्रकाश दर्जी केहि वर्ष अगाडि रोजगारीका लागि साउदी अरबमा भेडा चराउने काममा गएका थिए । अप्ठ्यारो काम भएकाले एक वर्षमै स्वदेश फर्किएका प्रकाश गाउँमा जुत्ता सिलाउने काम गरी ३ छोरा र श्रीमतीको लालनपालन गर्दै आएका थिए । आफ्नी श्रीमतीको समेत दुबै मिर्गाैला बिग्रिएर मृत्यु भएपछि श्रीमतीको उपचारका क्रममा आफ्नो परिवारमा ठूलो ऋण लागेको प्रकाशका दाजु प्रेम दर्जीले बताए । सुरक्षित रोजगारीमा जानका लागि युवालाई सहयोग र सल्लाह दिने तथा समस्यामा परेका वैदेशिक रोजगारीबाट फर्केका परिवारलाई समेत सक्दो सहयोग गर्दै आएको सुरक्षित वैदेशिक रोजगारी परियोजनाका कनकाई नगरपालिकाका वरिष्ठ सामाजिक परिचालक विवेक शिवाकोटीले प्रष्ट पारे । उनले कार्यक्रममा बोल्दै कनकाई नगरपालिकाले अब चाडै मिर्गाैला रोगीको डायलासिसका लागि मेशिन राख्ने तयारी थालेको जानकारी दिए ।

Author

You may also like