दमक/ झापाको दमक स्थित हिमालय माध्यमिक बिद्यालयमा गरिव तथा जेहन्दार बिद्यार्थीका लागि ७ लाख रुपैयाँको अक्षय कोष स्थापना गरिएको छ । सोमबार दमक २ स्थित हिमालय माध्यमिक बिद्यालयमा हर्कमान–चमेली अक्षयकोष स्थापना गरिएको हो । दमक ६ निवासी चमेली प्रधानले अक्षयकोष बापतको रकम बिद्यालयका प्रधानाध्यापक दोर्णबहादु्र श्रेष्ठलाई चेक हस्तान्तरण गरिएको छ ।
उक्त अक्षयकोषको ब्याजबाट कक्षा ११ मा अध्ययनरत गरिव जेहन्दार छात्र÷छात्रालाई बितरण गरिने जनाइएको छ । अक्षयकोषको रकम आमा चमेली र छोरी पुनम प्रधानले दमककै लक्ष्मी बैंकको चेक हस्तान्तरण गरिएको थियो । उत्त अक्षयकोष कार्यक्रमको संयोजन महेन्द्र थापाले गरेका थिए ।