विचार/वहस विविध सामाजिक सञ्जाल

सिमाना मिचेकोमा नेपालीहरु ‘आगो’ भएका छन्

  • बाँस्काेटा धनञ्जय

 

आज म आगोको कुरा गरिरहेको छु ।
आगोको पूजा ऋगवेदमा भएकोले मात्रै होइन । आगोले दिने चेतनाको कारणले पनि हो ।
आपैंmले आगो लगाएर जलाएका संस्कृत कितावहरु बिद्यालयको पाठ्यक्रममा हाल्न शिक्षामन्त्रीले गरेको सिफरिसलाई मैले आगोको चेतना भनें ।
लिपुलेक नेपालको हो र भारतले सिमाना मिचेको बिषयलाई लिएर नेपालीहरु अहिले ‘आगो’ भएका छन् ।
यो नेपालीहरुलाई बेला बेलामा आगो हुन उक्साउने भारतीय प्रबृति पनि गज्जवकै छ । यो आगोले राष्ट्रियताको जग बलियो बनाएको छ भनेर हामीले चिच्याएको सात दशक भयो ।
यो सात दशकमा हामीले दुईवटा काम ग¥यौं ।
पहिलो, चिच्यायौं भारतको बिरुद्ध । दोश्रो, आप्mनै देशमा हतियार उठाएर राज्य कमजोर बनायौं । यो आगोको परिणाम हामी खोजिहेका छौं अहिले ।
आज म यी थाङ्ने आगोको कुरा गरिरहेको छैन ।
आगोका अक्षरहरुको कुरा गरिरहेको छु ।
मैले, हामीले र सबैले पढनु पर्ने अक्षर ।
ती संस्कृतका अक्षर ।
२०७१ सालको बैशाख महिना, गर्मी त थियो नै । रातभरीको बस यात्राले अर्धचेतन अवस्थामा हामी बिहान आठ बजे बुटवल पुग्यौं । रातभरीको गाडीको यात्राले थकित मनहरुमा कुनै उत्तेजना हुनु नपर्ने । बरु थकान, निद्रा र आलस्य हुनु पर्ने थियो । खुट्टा र हात झुमझुमाउनु पर्ने थियो । खुट्टा भतभती पोल्नु पर्ने थियो । आँखा टर्र्रा हुनु पर्ने थियो । जीउ ठाडो नहुनु पर्ने हो । वाकवाकी लागेर भाउन्न हुनुपर्ने । रिंगटा लाग्नु पर्ने । ‘ह्याङओभर फिल’ हुनुपर्ने । केही कुरा खान, बोल्न र हेर्न मन नलाग्नु पर्ने ।
तर त्यसो भएन । जव हामी दुर्गा मन्दिर स्थित ‘दुर्गा बैदिक संस्कृत माध्यमिक विध्यालय’ को परिसरभित्र प्रवेश ग¥यौं, त्यहाँ मैले आपूmलाई रोमाञ्चित महसुस गरें । मन त्यसै फुलेर आयो । मन्दिरका घण्टहरु लगातार बजिरहेका थिए । विध्यार्थीको ठूलो जमात मन्दिर परिसरमा लगातार भक्ति प्रार्थना गरिरहेका थिए । तिनको प्रार्थना गुञ्जायमान थियो त्यो परिसर । ती भक्ति भावले ओतप्रोत थिए । अगर बत्ती, होमादी गरेको आगोको रापले त्यहाँ बैशाखको प्रचण्ड गर्मीमा पनि शान्त र शीतल अनुभूत हुन्थ्यो । ती जोडले बेदका ऋचाहरु प्ढिरहेका थिए । जप गरिरहेका थिए । एउटै उमेर समुहका दुईसय बढी पुर्व ‘टिनएज’ उमेर समुहका ती केटाहरुको कर्कश आवाजमा प्रतिध्वनित भएको संस्कृतका श्लोकहरुको गुञ्जनले एउटा अर्कै युगको, अर्कै भूगोलको र अर्कै सभ्यतामा पदार्पण गरेको जस्तो लाग्यो ।

हामीले ती बिध्यार्थीहरुको दृष्यमा हाम्रो सभ्यताको प्राचिन विरासत पाएको अनुभव भयो । तिनले माथि भोटो र तल धोती लगाएका थिए । माथि शिरमा कपाल मुण्डन गरेका र त्यो भन्दा माथि टुसुक्क परेका टुप्पी थिए । पाइतालामा कसैका चप्पल थिए भने कसैका खुट्टा खाली थिए । ती विहानको काम सकेपछि खाना खान भनेर चप्पल बाहिर फुकालेर भित्र पसे । लामो मन्त्रोच्चारण पछि मात्र तिनले खाना मुखमा लगाए । अनि आप्mना आप्mना थाल बोकेर धारमा गए । सफा गरेर ल्याएर राखे । तिनको अनुशासन र लगावले हामीलाई गिज्याइरहेको थियो ।

ती मध्ये केहीको समुहिक फोटो खिचें । ती हर्षको उन्मादले आए र शान्त भएर मेरो क्यामेराका अगाडि निश्चल उभिए । ती मध्ये कक्षा ६ मा पढने एघार बर्षे ओम प्रकाश खरेल सबैको प्रतिनिधी जस्तै भएर मेरो उत्कण्ठालाई शान्त पारिरहेका थिए । उनी आप्mनो दिनचर्या मलाई सुनाउन पाउँदा हर्षले उन्मादित भए । ओम प्रकाश त्यो समग्रताको प्रतिनिधी पात्र थिए ।
ओम प्रकास र उनका सबै साथीहरु बिहान सभा चार बजे उठछन् । तिनलाई प्राय बोलाई रहनु पर्दैन । ती कुखुराका भाले भएछन्, उज्यालोको अनुभूति स्वयं गर्न सक्ने । उज्यालो देख्न सक्ने । अँध्यारो देख्न सक्ने । तिनले उज्यालो र अँध्यारोको भेद थाहा पाएछन्, खुशी लाग्यो । हामीले आज देखिरहेका छौं, यो उज्यालो हो भन्दा पनि अनुभूत गर्न नसक्ने जमातले रंगिएको सभ्यतामा यी त आँपैm उज्यालो देखिरहेछन् । यी त आपैंm अँध्यारो देखिरहेका छन् ।

त्यसपछि उनीहरु नुहाउन बनाइएका सामुहिक धारामा भीड लाग्छन् । तिनले नुहाउँछन् । आप्mना साबुन र अन्य सामानको हेरचाह आपैंm गर्छन । आप्mना नाडी जत्रा र उस्तै सुन्दर देखिने ब्रशका डण्डी ती आमाका दूधका मुण्टा समात्ने कलिला हातले समातेर ती ब्रश गर्छन् । त्यसपछि ती एक घण्टा जप गर्न मूल मंन्दिरमा भेला हुन्छन् धोती र कुर्तामा । तिनले जप गर्छन् । अनि आरती गर्छन् । त्यसपछि उनीहरु पढनको लागि कक्षामा जान्छन् । वीचमा चियाको घण्टी लाग्छ । चिया पिए पछि उनीहरु काम गर्न निस्किन्छन् । तिनको काम भनेको कोठा र भान्सा बढार्ने हो । आप्mना लुगा सफ ागर्ने हो । तिनको काम सब्जी काटने हो । गाइको गोबर सोर्ने हो । गाई चराउने संमको काम हो । तिनले खाना बनाउने काममा सरीक हुनुपर्छ । तिनलाई आप्mनो भोजनको ब्यावस्था आँपैंm गर्ने काममा गौरव हुन्छ । आज हाम्रा घरमा हामीसंग बसेका छोराछोरी जस्ता परभक्षी थिएनन् ती । तिनलाई अर्काले तयार गरिदिएको खाना खाएर परभक्षी हुन मन छैन रहेछ भन्ने लाग्यो । त्यसपछि उनीहरु पालैले चर्पी र धारा सफा गर्छन् । त्यसपछि ती खाना खाने तयारीमा पहेंलो कुर्तामा सेतो धोतीको ड्रेश लगाएर जान्छन् । ती भक्ति प्रार्थना गर्न जान्छन् । अनि ती कक्षामा जान्छन् १० देखि ४ बजेसंम । तर तिनले बिचमा आधा छण्टा टिफिन पनि पाउँछन् ।

४ बजे स्कूलबाट फर्किएर आएपछि ती प्रार्थना गर्न जान्छन् । प्रार्थना सकेर ती होमबर्क गर्न जान्छन् । जिब्रो फडकारेर पढछन् । संस्कृतका श्लोकहरुले गुञ्जायमान भएको त्यो मन्दिर परिसर अलौकिक संसार बिम्बित हुन्थ्यो । त्यसपछि ती पुनः आप्mनो नित्य कर्ममा लाग्छन् । ती कोठा र स्कूल परिसर बढार्न निस्किन्छन् । मैलो संसारलाई तिनले घृणा गर्दारहेछन् । ती सब्जी काटछन् । खाना पकाउन सहयोगी भूमिका खेल्छन् । त्यसपछि ती गोबर सोर्न र गाईलाई चराउने काम गर्छन् । तिनले पालैले चर्पी र धारा सफा गर्न विभवता ब्यक्त गर्छन् । त्यसपछि ती फेरी जप गर्न जान्छन् मूल मन्दिरमा । तिनले साँझ ६ः३० तिर पूजा गर्न जान्छन् । पूजा सकेपछि ती खाना खान जान्छन् । सफा गर्छन् । बेलुका १० बजेसंम पढछन् र सुत्न जान्छन् । विहान पुःन सभा चार बजे उठछन् ।

तिनलाई मोवायल पनि चाहिएको छैन । आमाको न्यानो मायाँ पनि चाहिएन । बाबुको पाठशाला पनि चाहिएन । अहिले समाजशास्त्र र मनोविज्ञानले भनेका परिवारको अनावश्यक महिमालाई तिनलु ठाडो चुनौति दिए । तिनलाई होमसिकनेस पनि हुँदैन । एक्लोपनाको महसुस पनि हुँदैन । ती अध्यात्म र ज्ञानको ज्योतीले धपधपी बलेको पनि देखें । ती बेचैन थिएनन् । अहिले कथित सभ्य भनिने समाजे भन्ने गरेको ‘फ्रष्ट्रेशन’ अर्थात नैराश्यता थिएन त्यहाँ । बरु त्यहाँ उमङ्ग थियो । ती हर्षले बसेका थिए । तिनका अनुहारमा सुन्दरता र कान्ति थियो । जग्मगाएको प्रज्वलित मन थियो ।

ओम प्रकाश खरेलको दैनन्दिनीले तिनका अक्षरहरू किताव र कपीवाट निस्किदैनन् भन्ने पुष्टि ग¥यो । तिनका अक्षरहरु धुप र समाधीबाट निस्केका आगाका लप्काबाट बनेका रहेछन् । तिनका अक्षरहरु बेदका ऋचाबाट उत्पन्न भएका रहेछन् । विहानैको समाधिमा बालिएको आगो र धूपले तिनको ध्यान, पाठ र अध्ययनमा मन जग्मगाइदिँदो रहेछ । तिनको मनमा हजारौं सूर्य एकैसाथ प्रज्वलित भएर तिनको चेतनालाई चम्काइरहेका थिए । चारवटा बेद जुरुक्कै उठेर त्यहाँ आएको अनुभूति गरें । बेलुका र विहान उच्चारण हुने ती ऋचाहरुले मलाई मेरा अनाधिपति कौडिन्य ऋषि पलेंटी मारेर ध्यानमग्न भएको पनि देखें मैले । ती एउटा ऋषिका सन्ततीले खोलामा बगाउँदा पनि बाँचेर आएको राजेश हमालको फिल्मी भूमिका जस्तै मरणासन्न हुनेगरी पिटाइ खाएको त्यो बैदिक भण्डार बाँचेर लुरुलुरु आएको पनि देखें मैले । त्यो आगोले जलाएर रोल्पा र रुकुमवाट बगाएको खरानी बुटवलमा आएर जुरुक्क उठेको पनि देखें मैले । ती गुरुकूलमा बसेर पढने बिध्यार्थीहरुलाई मैले पाँचसयबर्ष पछि मर्ने र आप्mनै खरानीवाट पुःन जीवन प्राप्त गर्ने इजिप्टको पुराणमा आउने फिनिक्स चरो देखें । ती आप्mनै खरानीले आप्mनो जीवन प्राप्त गरिरहेका थिए ।

ती तिनका दैनन्दिनीले बनाएका सभ्य, सुसंस्कृत र दर्शनको भारीले थिचिएर बनेका ज्ञानका प्रतिमूर्तिहरु थिए । तिनले जीवन र जगतको अर्थ पढिरहेका थिए । जीवनको र अध्यात्मको संबन्ध स्थापित गरिरहेका थिए । तिनले अनुशासन र सत्मार्गको सडक खनिरहेका थिए । आज हामी देखिरहेका छौं, मानवीयता हस भएर गयो । अनुशासन भन्ने नै केही रहेको छैन । यस्तो खडेरीमा ती बर्षत बनेर आएको पनि देखें । साउने झरी भएर किसानलाई हँसाएको पनि देखें । हामी आँखा अन्यत्र नलगाई तिनको जीवनचर्यालाई नजर लगाईरह्यौं ।

तिनको कठिन तपस्या देखेर, तिनको समर्पण देखेर एउटा कुरा भन्न मन लाग्यो । त्यो के भने, अहिलेका हाम्रा घरका केटाकेटीहरु ज्ञानको नाममा बिकृत मनस्थिति बोकेर हिंडिरेका छन् । तिनले शिक्षा भनेको आजको तकनिकिले मात्र बुझेका छन् । हामी आज विज्ञानको युगको हवाला दिएर आप्mनो चेतनाविहिनताको परिचय दिइरहेका छौं । कम्प्यूटरले हाम्रो सज्ञानात्मकता बढाउँदैन । सिर्जनशीलता बढाउँदैन । कल्पानाशीलता बढाउँदैन । प्रविधी भनेका त औजार हुन, तिमीलाई काम गर्न सहयोग पु¥याउने । जस्तै, अहिले म हातले लेख्नु पर्ने कामबाट मूक्त भएर कम्प्यूटरमा लेख्छु । हुलाक वा मान्छेलाई प्रयोग गरेर कागजात पठाउँथे, अहिले मेल गर्छु । किताव, पत्रीका, रेडियो र टिभीबाट नयाँ कुरा सिक्थे, अहिले धेरै कुरा इन्टरनेटबाटै सिक्छु । अनि फरक चाहिँ के भयो ? सिर्पm औजार परिवर्तन भयो प्रविधी मार्पmत । तर त्यो औजारको परिवर्तले नानीहरुको दिमाग बढाइदियो भन्ने तर्क अचेतनताको द्योतक हो । म आपैंmले मेरो प्रविधी प्रयोग गर्दा दिमाग बढेको महसुस गरेको छैन । बरु किताव पढेर जुन संज्ञान मैले पाएको थिँए, त्यो अहिले गुम्ने क्रममा पो छ । यस्तै महसुस गरेको छु । म प्रमाणपत्र तहमा पढदा क्याल्कुलसका, लगका, अंकगणितका ठूला हिसावहरु विना क्याल्कुलेटर गथ्र्यौं । लामो समय पनि लाग्दैनथ्यो । कठिन महसुस पनि कहिले भएन । अहिले सामान्य जोड घटाउमा पनि क्याल्कुलेटर प्रयोग गरिन्छ । यसलाई ज्ञान बढेको भन्ठानेर अभिभावकहरु मख्ख छन् । तिनलाइ थाहा नहुन सक्छ, किताव पढदा आउने मज्जा प्रविधीले आँखाको इलयूजन पस्किरहँदा पनि आँदैन । यसले गर्दा कतिपय कुराहरुमा हामी अतिततिर जानु पर्ने पनि हुन्छ ।

यसर्थ हाम्रो घरमा बसेर फोनमा र इन्टरनेटमा झुण्डिएकोलाई ज्ञान भन्ने लाटो युगका प्रतिनिधि बनेका रहेछौं भन्ने लाग्यो । स्कूल गएर पढने हाम्रा घरका केटाकेटी र ती बिध्यार्थीको विचमा कुनै पनि ठाउँबाट तुलना हुन सकेन । हाम्रा घरका ती बिध्यार्थीले सभा चार बजे उठनु पर्दैन । तिनले नुहाउनु पर्दैन । ब्रश गर्नु पर्दैन । जप गर्नु पर्दैन । आरती गर्नु पर्दैन । कक्षामा आउने सबेरै आउनु पर्दैन । चिया खान चियाको घण्टी पर्देन । तिनले चिया होइन, हर्लिक्स खान्छन् । तिनले कुनै पनि काम गर्नु पर्दैन । तिनले कोठा बढार्नु पर्दैन, आमा वा घरमा काम गर्ने अरु कसैले गरिदिन्छ । तिनले सब्जी काटनु पर्दैन, गोबर सोर्नु पर्दैन, गाइ चराउनु पर्दैन, खाना बनाउनु पर्दैन । तिनले पालैले चर्पी र धारा सफा गर्नु पर्दैन । खाना खान कुनै विधि पुरा गर्नु पर्दैन । खाएको थाल सफा गर्नु पनि पर्दैन । अर्काले तयार गरिदिएको ड्रेश लगाएर जान पाउँछन् तर तिनले प्रार्थना गर्नु पर्दैन । कक्षामा जाने १० देखि ४ बजेसंम तर बिचमा आधा छण्टा टिफिन । स्कूलबाट फर्किएर आएपछि प्रार्थना गर्नु पनि पर्दैन । तिनको होमवर्क गरिदिने ट्यूशन शिक्षक हुन्छन्, कि त बाबु आमाले नै सिकाइदिन्छन् । मनले पढनु पर्दैन, आवाजले पढे पुग्छ । त्यसपछि तिनले बढार्नु पर्दैन, सब्जी काटनु पनि पर्दैन, गोबर सोर्नु, गाइ चराउनु, खाना बनाउनु, पालैले चर्पी र धारा सफा गर्नु केही पनि पर्दैन । तिनले साँझमा जप गर्नु, पूजा गर्नु पनि पर्दैन, बरु खेल्न जान पाउँछन् । खाना खाएपछि सफा गर्नु पनि पर्दैन । बेलुका १० बजेसंम टी. भी। हेर्ने वा कम्प्यूटर खेलाउने गरेर ती सुत्न त जान्छन् तर तिनमा समय सीमा हुँदैन ।

तर यी सबै कर्म पुरा गरेर एउटा जिम्मेवार नागरिक बन्ने मार्गमा लम्किरहेका ती संस्कृत पाठशालाका बिध्यार्र्थीहरुलाई मनबाट निकाल्न नसकि तिनको फोटो खिचेर म फर्किएँ । तिनले हाम्रो सिंगो संस्कार, ब्रम्हज्ञान र सभ्यतालाई ताँदो लगाएरु जुरुक्कै उचालेको पनि देखें । तमाम हाम्रा घरका केटाकेटी बोइलर कुखुरामा रुपान्तरित भएको ह्दयविदारक चित्र पनि देखें मैले । घरका बोइलरलाई ‘ज्ञानी’ वा महान भन्ने र ती संस्कारी बालकलाई ‘अनावश्यक’ भन्ने स्वाँठ युगलाई पदार्पण गर्दै घर आइपुगें ।
कतिलाई थाहा छ, अमेरिकारको बिज्ञान केन्द्र ‘नासा’ ले भविष्यमा पृत्वीलोक देखि अन्तरिक्षमा सम्वाद गर्न मिल्ने संसारको एउटा मात्र भाषा हुने छ र त्यो हो संस्कृत भनेर भनेको छ । अमेरिकाले संस्कृत भाषामा चल्ने कम्प्यूटर बनाउँदैछ । बिज्ञान पढनेहरुलाई आज अंग्रेजी भाषा जति जान्न जरुरी छ, अवको केही दशक पछि त्यतिनै संस्कृत जान्न जरुरी हुँदैछ । यो कुरा हाम्रा शिक्षामन्त्रीलाई थाहा नहुने कुरा पनि भएन । त्यही भएर उहाँले कक्षा १ देखिनै संस्कृत भाषालाई पढाइ गर्न स्वीकृत गर्नुभएछ ।
त्यो आगोको चेतना थियो ।

Author

You may also like