झापा/ झापाको दमक–८ स्थित मदन भण्डारी स्मृति प्रतिष्ठानमा कार्यरत कर्मचारी मुक्तिनाथ दाहालको रहस्यमय मृत्यु प्रकरण अझै चर्कंदै गएको छ ।
दमकस्थित इलाका प्रहरी कार्यालयमा दुरुत्साहन विरुद्धको मुद्दा दर्र्ता नभको तथा घटनाका मुख्य आरोपी मानिएका मदन भण्डारी स्मृतिका कार्यकारी निर्देशक बिनोद अर्याललाई पनि प्रहरीले रिहा गरेको परिवारले जनाएको छ ।
विगत २५ वर्षदेखि प्रतिष्ठानको प्रशासन र लेखा अधिकृतमा कार्यरत दाहालले तीन दिनअघि झापाको दमकस्थित कार्यकक्षमा मृत अवस्थामा भेटिएका थिए ।
दाहालको निधन अस्वभाविक भएको भन्दै स्थानीय र परिवारजनले शव उठाउन नमोपछि सहमती जुटाउँदै दाहालको अन्तिम संस्कार गरिएको थियो ।
प्रतिष्ठानका अध्यक्षसमेत रहेका नेकपा केन्द्रीय सदस्य गुरु बराल, प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेको उपस्थितिमा चार बुँदे सहमति भए पनि कार्यान्वयन नभएको भाइ मदनले बताएका छन् ।
‘एकातिर हाम्रो मुद्दा दर्ता भएन,’ उनले थपे, ‘अर्काेतिर मुख्य आरोपी भनिएका व्यक्तिलाई नै बिनासोधपुछ छाडिएको छ ।’