काठमाडौं , सोमबार राति समूह ‘एच’ को खेलमा टर्कीले फ्रान्सकै घरेलु मैदानमा १–१ को बराबरीमा रोकिएको हो ।
टर्कीका लागि केन एहानले एक गोल गरे भने फ्रान्सका लागि ओलिभर जिरुउडले एक गोल गरे ।
खेलको ७६ औं मिनेटमा जिरुउडले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । ८२ औं मिनेटमा टर्कीका एहानले गोल गर्दै खेल बराबरीमा ल्याए ।
बराबरीसँगै फ्रान्स ८ खेलबाट १९ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । समान १९ अंक रहेपनि टर्की गोल अन्तरमा शीर्षस्थानमा छ ।
यही समूहको अर्को खेलमा आइसल्यान्डले एन्डोरालाई २–० ले तथा अल्वानियाले माल्दोभालाई ४–० ले पराजित गरेको छ