खेल

साफ यू–१८ फुटबलः पहिलो खेलमा नेपाल र माल्दिभ्स बराबरी

काठमाडौं, तेस्रो संस्करणको साफ यू–१८ फुटबल च्याम्पियनसिप फुटबलको पहिलो खेलमा घरेलु टिम नेपाल र माल्दिभ्सले बराबरी खेलेको छ । शुक्रबार एपीएफको हलचोक मैदानमा भएको उद्घाटन खेलमा नेपालले माल्दिभ्ससँग १–१ गोलको बराबरी खेलेको हो ।

खेलको १४ औं मिनेटमा माल्दिभ्सले गोल गर्दै अग्रता बनाएपनि खेलको ७६ औं मिनेटमा हेड गोल गर्दै नेपाल मनिष डाँगीले खेललाई बराबरी अवस्थामा ल्याए । नेपालका लागि धेरै अवसरहरु प्रप्त भएपनि त्यसको सदूपयोग भने गर्न सकेन र अन्तमा खेल बराबरीमा टुंगियो । प्रतियोगिताको समूह ए मा रहेको नेपालले दोस्रो खेलमा आइतबार भुटानसँग खेल्नेछ ।

You may also like