विराटनगर वारियर्सले काठमाडौं किंग्स इलेभेनलाई ७ रनले पराजित गर्दै एभरेष्ट प्रिमियर लिग (ईपीएल) चौथो संस्करणको यात्रा सकाएको छ।
विराटनगरले एक सय ५ रनको लक्ष्य दिए पनि काठमाडौंले निर्धारित ८ ओभरमा ३ विकेट गुमाउँदै ९७ रन मात्र बनाउन सक्याे।
काठमाडौंका विकेट किपर रहमानउल्लाह गुरबाज १५ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक २८ रनमा आउट भए।
राजु रिजाल १५ बलमा २ चौका र १ छक्का सहित २४ रनमा अविजित रहे। सुबास खकुरेल १० बलमा ३ छक्का सहित २६ रनमा अविजित रहेपनि जितको लागि पर्याप्त हुन सकेन।
विराटनगरका रायनखान पठानले सर्वाधिक २ विकेट लिए । प्रतिश जिसी ले १ विकेट लिए ।
त्यसअघि टियु मैदानमा टस हारेर ब्याटिङ थालेको विराटनगरले निर्धारित ८ ओभरमा ५ विकेट गुमाउँदै १ सय ४ रन बनाएको थियो। विराटनगरका अनिल १६ बलमा २ चौका र ५ छक्कासहित ४५ रनमा अविजित रहे।
ओपनर रयानखान पठान ११ बलमा २ चौका र ३ छक्कासहित ३० रन बनाउँदै आउट भएका थिए।
करण केसी ११ बलमा १ चौका र १ छक्कासहित १५ रनमा आउट भए । सौरभ खनाल ५ रनमा अविजित रहे।
काठमाडौंका रायन बर्ल, गुलशन झा र सन्दीप लामिछानेले १–१ विकेट लिए ।
जितसँगै विराटनगर ५ खेलमा ४ मा हार र १ मा जितसहित २ अंकका साथ पुछारमा रहेर बाहिरिएको छ।
काठमाडौंले भने प्लेअफमा स्थान बनाउन बाँकी दुवै खेलमा जित निकाल्नुपर्ने हुन्छ। काठमाडौंले सोमबार पोखरा राइनोजसँग खेल्नेछ।
अंक तालिकामा स्थान
चितवन ३ खेलमा ६ अंकका साथ शीर्षस्थानमा छ । पोखरा ४ खेलमा २ जित र १ मा हार सहित ५ अंकका साथ दोस्रो स्थानमा छ।
भैरहवा ३ खेलमा १ मा जित र दुई खेलमा अंक बाड्ँदै ४ अंकका साथ तेस्रो स्थानमा छ।
ललितपुर ४ खेलमा १ मा जित, २ मा हार सहित ३ अंक जोड्दै बाँड्दै चौथो स्थानमा छ। काठमाडौं ३ खेलमा १ मा जित र २ मा हार सहित २ अंकका साथ पाँचौं स्थानमा छ। विराटनगर वारियर्स ५ खेलमा ४ मा हार र १ मा जितसहित पुछारमा रहँदै बाहिरियो।