खेल देश–समाज राष्ट्रिय समाचार

नेपाल आइसिसी महिला यु–१९ ट्वान्टी–२० विश्वकपमा छनोट

दमक । नेपाल आइसिसी महिला यु–१९ ट्वान्टी–२० विश्वकपमा छनोट भएको छ। एसिया छनोटमा आयोजक युएईलाई हराउँदै नेपालले विश्वकपमा स्थान बनाएको हो। युएईले दिएको ८४ रनको लक्ष्य नेपालले १४।४ ओभरमा जितेको थियो। नेपालका लागि सना प्रविनले अविजित ३५ रन बनाइन्। त्यस्तै कप्तान पूजा महतोले १८ बलमा २१ रन बनाइन्। त्यस्तै साबित्री धामीले १२ रन बनाउँदा सोनी पाख्रिनले अविजित १३ रन बनाइन्। यसअघि युएईले टस जितेर निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८३ रन बनाएको थियो। युएईलाई ८३ रनमै रोक्न कृष्मा गुरुङले ४ विकेट लिए। त्यस्तै रिया शर्मा र सीमा केसीले दुई(दुई र रचना कुमारी चौधरीले एक विकेट लिए। त्यस्तै युएईका लागि समैराले सर्वाधिक ३१ रन बनाइन्। त्यस्तै रिनिथाले २०, लभन्याले १० र इन्धुजाले १० रन बनाए।

Author

You may also like