समाचार

शिशु मृत अवस्थामा फेला

 

चैत्र २७ गते । सुनसरीको ईटहरी उप-महानगरपालिका-८ गैसारमा रहेको नमुना कलेज पुर्वपट्टीको कल्भटमा नवजात शिशुको शव फेला परेको छ ।

बुधवार उक्त स्थानमा भर्खरै जन्माएर फालेको जस्तो देखीने स्त्री जातको नवजात शिशु मृत अवस्थामा रहेको भनी स्थानीयहरुले सूचना दिएसंगै ईलाका प्रहरी कार्यालय ईटहरीबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया पुरा गरी शव परिक्षणको लागी बि.पी. कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाएको छ भने अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Author

You may also like